आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १९:५९ |सिड्नीको समय: १७:५९ |काठमाडौंको समय: १३:४४

एक सय रुपैयाँको नोटमा अब चुच्चे नक्शा

एएनजेड खबरमे ३, २०२४

काठमाडौं । सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्शा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ ।

बैशाख २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन । यस भन्दा पहिला पुरानो नक्शा भएको नोट रहेको थियो । त्यस्तै सरकारले वैशाख २८ गते शुक्रबारका दिन २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया