आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १९:३४ |सिड्नीको समय: १७:३४ |काठमाडौंको समय: १३:१९

जापानमा नेपालीहरुको संख्या १ लाख ७६ हजार पुग्यो, सबैभन्दा धेरै विद्यार्थी

एएनजेड खबरमे ४, २०२४

टोकियो । जापानमा नेपालीहरुको संख्या १ लाख ७६ हजार ३ सय ३६ पुगेको छ । जापान सरकारको अध्यागमन विभागले हालै जापानमा रहेका विदेशीहरुको तथ्यांक प्रकाशित गर्दा नेपालीहरुको संख्या सार्वजनिक गरेको हो ।

सन् २०१३ को अन्त्यय सम्ममा जापानमा बसोबास गर्ने नेपालीको संख्या ३१ हजार५ सय ३७ मात्र थियो । हाल यो संख्या बढेर १ लाख ७६ हजार ३ सय ३६ पुगेको हो ।

यसले आफ्नो अध्ययन वा रोजगारीको लागी कर्मथलोको रुपमा जापान रोज्ने नेपालीहरु बढ्नुको साथै दुई देशबीचको सम्बन्ध समधुर रहेको र अझ गहिरो हुँदै गएको देखाउँछ ।

नेपालीहरुलाई भिसाको आधारमा हेर्दा सबैभन्दा धेरै विद्यार्थी रहेको र त्यसपछी क्रमशः डिपेन्डेन्ट परिवार, इन्जिनियर तथा अन्तराष्ट्रिय सेवा, कुक लगाएतका विशेष दक्षताका व्यक्तिहरु, स्थायी बसोबास गर्नेहरु, निर्दिष्ट सीपका कामदारहरु, प्रशिक्षार्थी कामदारहरु, जापानी नागरीकका परीवारहरु आदि रहेको देखिन्छ ।

विद्यार्थीको हकमा सन् २००० मा करिव ३ सय १२ जना रहेकोमा हाल यो संख्या ५५ हजार ६ सय ४ पुगेको छ । गत वर्षसम्म जापानमा अध्ययन गर्ने कुल विदेशीहरुमा चीन, भियतनामपछि नेपालीहरु तेस्रो स्थानमा थिए भने यो वर्ष भियतनामलाई तेस्रो पार्दै नेपाली विद्यार्थीहरुको संख्या दोस्रो भएको छ ।

जापानमा बसोबास गर्ने नेपालीहरुको संख्यामा वृद्धि हुनुमा विविध कारणहरु हुन सक्छन् । नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि वा उज्वल भविष्यको खोजीमा विदेश जाने चलन भइसकेको छ ।

तपाइँको प्रतिक्रिया