आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १८:३८ |सिड्नीको समय: १६:३८ |काठमाडौंको समय: १२:२३

अष्ट्रेलियाका शहरमा प्रदर्शन हुँदै फिल्म ‘बोक्सीको घर’

एएनजेड खबरमे ६, २०२४

काठमाडौं । बैशाख १४ गतेबाट नेपाल भर प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ विदेशमा पनि प्रदर्शन हुने भएको छ । प्रदर्शनको अधिकार पाएको मुग्लान इन्टरटेनमेन्टले अष्ट्रेलियामा प्रदर्शनको तयारी गरिरहेको छ ।

फिल्मको पहिलो शो मे ७ तारिख मेलबर्नमा गर्दैछ । मंगलबार साँझ ६ः१५ बजेबाट सुरु हुने उक्त प्रिमियर शो को सम्पूर्ण टिकट बिक्री भइसकेको मुग्लान इन्टरटेनमेन्टका निर्देशक सन्देश श्रेष्ठले जानकारी दिए।

त्यस्तै क्वीन्सल्याण्डको ब्रिजवेनमा मे १३ तारिख फाइभ स्टार सिनेमा घर न्यु फार्ममा फिल्म प्रदर्शन हुनेछ । आइतबार साँझ ५ः४५ बाट सुरु हुने फिल्म ‘बोक्सीको घर’ को ब्रिजवेन शो को बुकिङ खुला गरिएको जनाइएको छ । अष्ट्रेलियामा वितरण तथा प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले पाएको हो ।

अभिनेत्री केकी अधिकारीको प्रस्तुतिमा निर्मित फिल्म ‘बोक्सीको घर’ सुलक्षण भारतीद्वारा निर्देशित छ । फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ। फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् भने लाइन प्रोड्युसर रुपक अधिकारी हुन्।

तपाइँको प्रतिक्रिया