आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १८:३८ |सिड्नीको समय: १६:३८ |काठमाडौंको समय: १२:२३

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी आयोगमा दर्ता

एएनजेड खबरमे ७, २०२४

काठमाडौं । निर्वाचन आयोगले सङ्घीय संसद् सचिवालयलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी पठाएको छ । सोमबार आयोगले अशोक राई नेतृत्वको दललाई दल दर्ताको प्रमाणपत्र दिएसँगै उक्त जानकारीको पत्र पठाएको हो ।

अशोक राईसहित जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग विद्रोह गरेर दल विभाजन गराएका थिए । दल दर्ताका लागि निवेदन दिइएकोमा आज आयोगले दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताए । पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जाने आफूहरु निष्कर्षमा पुगेको बताए ।

तपाइँको प्रतिक्रिया