मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २१:४८ |सिड्नीको समय: १९:४८ |काठमाडौंको समय: १४:३३

नेपालमा पुस्तकालय, हिजोदेखि आजसम्म

सरिता पाण्डेजुन १२, २०२१
This image has an empty alt attribute; its file name is sarita-humagain-pandey.jpg

सर्वश्रेष्ठ,सिर्जनशीलप्राणी भएको कारण नै मानिसले ओडार र गुफामा कष्टकरफिरन्ते जीवन गुजारेपनि रुखको बोक्रा र सेउला आदिबाट शरिर ढाक्न , दर्शन ढुंगाघोटेर आगो बालेर काँचो मासु र कन्दमूल पोलेर खान सिक्दै आएको मानव मनलेविचार सम्प्रेषण गर्ने माध्यम खोज्न थाल्यो । ढुंगा ,माटोको डल्लो ,रुख आदिमकोरेर ,खोपेर विचार अभिव्यक्त गर्दै कोरिएका ,कुंदिएका सामग्री एक स्थानबाटअर्को स्थानमा जाँदा हराउने, नासिने डरले कुनाकन्धरामा लुकाए ।

प्राचीनसमयका मानव उत्खनन्का क्रममा फेला पारिएका कागज ,मसि र पुस्तककोसुरुवात् नभए पनि आफ्ना भावना,विचार आदिलाई अभिव्यक्त गर्न माटाकाखबटा,काठ, ढुंगा आदिमा चित्र, संकेतद्वारा मनका भाव,विचार कोरेका पुरानासंकलित सामग्री संग्रहालयमा सुरक्षित राखिएको देख्न, सुन्न र पढ्न ।

यी सबैलाईआधार मानेर हेर्दा पुस्तकालयको सुरुवात् मानब सभ्यताको विकाससंगसँगै भएकोपाइन्छ । विगत देखि वर्तमानसम्म आइपुग्दा मानव समुदायले विचार अभिव्यक्तगर्ने माध्यमको रुपमा क्ले-ट्यावलेटदेखि इ -ट्यावलेटसम्म आइपुगेकोछ।इतिहासको पाना पल्टाएर हेर्ने हो भने प्राचीनकाल र मध्यकालमा मठमन्दिर,बिहार, गुम्वा ,गुरु पुरोहितको घरमा ज्योतिष, धार्मिक विधि विधान, तन्त्र,सिकार, लडाइँ, जडिबुटी औषधी निर्माणका कुराहरु भोजपत्र,ताडपत्र, शिलालेखआदिमा कुँदेर ,लेखेर संरक्षण गरेको पाइन्छ भने मल्ल कालमा मल्ल राजाहरूलेपुस्तकालयलाई ग्रन्थालय, ग्रन्थकुटी नाम राखी पुस्तक संकलन गर्ने गरेको पाइन्छआधुनिककालमा आइपुग्दा पृथ्वीनारायण शाहले उपत्यका विजय गरे पश्चात् देशकामुख्य दरवारहरु गोरखा, नुवाकोट, ललितपुर, भक्तपुरमा संग्रहित हस्तलिखितग्रन्थहरु बसन्तपुर स्थित हनुमान ढोका दरबारको पुजा कोठामा राखि राजकीयपुस्तकालय भनेको पाइन्छ ।

तत् पश्चात् पृथ्वीनारायण शाहको पनाति राजागीर्वाणयुद्ध विक्रम शाहले विक्रमसंवत् १८६९ भदौ १५ गते दरवारमा संकलितपुस्तकहरूलाई “इह चिताइ तहबिल” भनि लालमोहर लगाइ पण्डित केदारनाथझालाई बार्षिक १२ रुपैयाँ तलबमा लाइब्रेरीयन पदमा नियुक्ति दिएको रलालमोहर अनुसार दुई जना टहलुवाको पनि ब्यबस्था गरी कानुनी मान्यता दिईपुस्तकालय सुरूवात् गरेको पाइन्छ । यसरि स्थापना भएको पुस्तकालयमा नियुक्तिभएकाहरुको काम नित्य पूजा आजा गर्नु , साँझमा बत्ती बाल्नु पुस्तकादिग्रन्थहरुलाई मुसा ,किरा, ढुसि आदिबाट जोगाउनु थियो । बिगत केही बर्षदेखिविक्रम सम्वत १८६९ भदौ १५ गते नै पुस्तकालय सुरुवात् भएको कानुनी मान्यतापाएको दिन मानेर राष्ट्रिय स्तरमा भदौ १५ मा पुस्तकालय दिवस मनाउने गरिएकोछ।यसरी प्राचीनकालदेखि मध्यकालसम्मको पुस्तकालयको इतिहास हेर्दा वर्तमानकोपरिभाषा र उपयोगिताको दृष्टि अनुसार त्यो पुस्तकालय नभइ पुस्तकादि ग्रन्थहरुसंग्रह गरेर राखिएको ठाउँ भन्दा अत्युक्ति नहोला तापनि ती संग्रहित ग्रन्थहरुलेसिंगो जिवित इतिहास बोकेको छ ।

पछिल्लो समयमा आएर शिक्षाको महत्व बढ्दैजाँदा विद्यालय र क्याम्पसहरु खोल्ने होडबाजीसंगै जब विक्रम सम्वत् २०१६ मात्रिभुवन विश्वविद्यालयको स्थापना भयो र जस अन्तर्गत त्रिपुरेश्वरमा १२०० थानपुस्तक राखेर पुस्तकालय खुल्यो र बिक्रम सम्बत २०१९ मा आफ्नो भवनमात्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको रुपमा सर्यो । हाल त्रिभुवनविश्वविद्यालय परिसरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय देशकै ठूलोपुस्तकालयको रुपमा रहेको छ ।

यस पुस्तकालयले विश्व विद्यालयका शिक्षार्थीदेखिस्वदेशी तथा विदेशी अनुसन्धान कर्ता, विषय विशेषज्ञलाई सेवा दिने देखि पुस्तकप्रकाशनका सन्दर्भमा ISBN नम्बर उपलब्ध गराउने काम पनि गरिरहेको छ।त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयदेखि देशको शैक्षिक संस्था, सरकारी,गैर सरकारी संघ संस्थाहरुमा दक्ष ,अनुभवी लाइब्रेरीयनको अभाव महशुस गरीपुस्तकालय प्रेमी,पुस्तकालय विकासमा समर्पित अग्रजहरूले पुस्तकालयकोमहत्वलाई पहिचान गराउन ,पुस्तकालयप्रति आकर्षित गर्न चाल्नुभएको कदमप्रसंशनीय छ ।

अग्रजहरु र त्रिभूवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको पहलमाविक्रमसंवत् सम्वत् २०५२ देखि एक बर्षे स्नातक पुस्तकालय विज्ञान विषय(B.lib.sc) मा पढाई सुरु भयो । सात वर्ष सम्म एक बर्षे स्नातक अध्यापन गराएरदक्ष लाइब्रेरीयन उत्पादन गर्दै आएको त्रिभूवन विश्व विद्यालयले बिक्रम सम्बत्२०५९ देखि एक बर्षे स्नातक हटाएर पुस्तकालय तथा सूचना विज्ञानमा स्नातकोत्तर(Master’s Degree in library and information science) तहमा दुई वर्षेपढाई सुरु गर्यो ।

पछि बिक्रम सम्बत् २०७१ देखि हालसम्म चार सेमेष्टरमा पढाइपुरा हुने गरि स्नातकोत्तर (Master’s Degree in library and informationscience)तहमाअध्यापन गराएर अन्तर्राष्ट्रिय स्तरका प्रोफेसनल लाइब्रेरीयन नेपालमा नैउत्पादन गरिरहेको छ । यस भन्दा अघि पुस्तकालय तथा सूचना विज्ञानमास्नातकोत्तर अध्ययन गर्न भारत, चाइना, अमेरिका जस्ता देशमा जानु पर्दथ्यो।

अहिले त्रिभुवन विश्वविद्यालयको परिसरमा गान्धी भवनमा सेमेस्टर सिष्टममापढाईका साथ प्रयोगात्मक कक्षा ,इन्टर्नसिप लगायतका अभ्यासबाट पुस्तकालयब्यबस्थापन म्यान्युअल देखि डिजिटलाइजेसन DDC सिष्टमबाट Classification,cataloguing, Subject Heading, Koha WINISIS ,Data Entry आदिमादक्ष बनाउनुका साथ Degree हासिल गराउने देखि समय समयमा त्रिभूवन विश्वविद्यालयले ३५ दिने ,तीन महिने अल्पकालिन तालिम समेत सञ्चालन गरिरहेकोकाम प्रशंसनीय छ। फलस्वरूप अध्ययन पुरा गरेका र तालिम प्राप्त व्यक्तिहरूलेसरकारी कार्यालयका खरदार देखि उपसचिवसम्म,गैरसरकारी संस्थयुयन,युनेस्को,भारतीय, अमेरिकन राजदुतावास,सार्वजनिक आदि पुस्तकालयमारहेर सेवा दिने अवसर पाउनु गौरवको कुरा हो ।

पुस्तकालयका विकासको सन्दर्भमा विश्वका धेरै विशिष्ट व्यक्तित्वहरूको योगदानरहेको भएता पनि अग्रपङ्क्तिमा आउने व्यक्तित्व अमेरिकाका Meilville LouisKossuth Deway अर्थात् Melvil Deway जसलाई संसारमा आधुनिकपुस्तकालय विज्ञानका पिता पनि भनिन्छ । उनले सहायक लाइब्रेरियनको रुपमाकाम गर्दै गर्दा नै दशमलव वर्गीकरण पद्धति Decimal Classification Scheme(DDC) विकास गरे जुन आज पनि अमेरिकाको Library of Congress देखिविश्वका ९० प्रतिशत भन्दा बढी पुस्तकालयहरुमा पुस्तकालय व्यवस्थापनमा प्रयोगहुंदै आएको छ ।

उनी भन्दा अघि र पछि पनि धेरै पुस्तकालय तथा सूचनाविज्ञानको अध्ययन अध्यापनमा विशिष्ट योगदान दिंदै आएका व्यक्तिहरु भए पनिपुस्तकालयमा संकलित, प्रकाशित पुस्तकलाई कसरी व्यवस्थित गरी सजिलै भेटाउनसकिन्छ भनेर सन् 1867 मा निकालेको Deway Decimal Classification(DDC) System प्रसिद्ध भएको छ। जति पनि प्रकाशित भएका पुस्तकहरु छन् ।

त्यसलाई मेल विल डिवेले 100 देखि 900 सम्म विभाजन गरे र 100 देखि 900सम्ममा नपरेका कम्प्युटर विज्ञान, पत्रकारिता विज्ञान, पुस्तकालय विज्ञानआदिलाई 000 वर्गमा राखे ।जुन आज पनि संसारका अधिकांश पुस्तकालयमापुस्तक मात्र होइन अन्य डकुमेन्ट छुट्याउन , वर्गीकरण गर्न DDC नै प्रयोगगरिन्छ।

मेल विल डिवेले 10 वर्गीकरणलाई उपविभाजन समेत गरेर एक सरलदशमलव पद्धतिको सुरुवात पनि गरेका थिए ।हाम्रो सन्दर्भमा पनि सरकारी देखि गैर सरकारी कार्यालय, विद्यालय ,विश्वविद्यालयतह सम्मका पुस्तकालयमा वैज्ञानिक ढंगबाट नै पुस्तकालय व्यवस्थापनगर्न सकेमा पुस्तकालय व्यवस्थापनमा सरलता,सहजता ,उपयुक्तता देखिन्छ।संसारभर रहेका पुस्तकालयमा DDC मात्र नभई UDC ,CC ,LC जस्ता Systemपनि नचलेकाले त होइनन् तापनि DDC System लाई नै सहज र सरल सिष्टमकोरुपमा लिइएको छ।

जसले लाइब्ररियनलाई मात्र होइन पुस्तकालय प्रयोगकर्तालाईपनि सहज,सरल र समयको बचत भएको छ।त्रिभुवन विश्वविद्यालयले मानविकी सङ्कायमा पुस्तकालय विज्ञानमास्नातकोत्तरतहमा अध्यापन गराएर अन्तर्राष्ट्रिय वैज्ञानिक प्रणालीमा काम गर्न सक्नेदक्ष मानव स्रोत उत्पादन गर्दै आएको भएतापनि पुस्तकालय, पुस्तकालय कर्मीलाईविश्वविद्यालय, विद्यालय , सरकारी निकायबाट वेवास्ता गरिएको पाइन्छ। देशकोशिक्षाको धरोहर थाम्ने केही पुस्तकालयमा धुलै धुलो ,किरा र ढुसिले भरिएकोमुसाले खेल मैदान र आहारा बनाइरहेको खबर सुन्दा र देख्दा मनमा पीडा छटपटिहुन्छ ।

शिक्षाको महत्वपूर्ण थलोको रुपमा रहेको विद्यालयतह देखि विद्यार्थीमापढ्ने,खोजमूलक कार्यमा उत्प्रेरणा जगाउने, पुस्तकालय प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा बेवास्ता गरिएको पाइन्छ । विद्यालयदेखि नै अध्ययन अनुसन्धान ,पठनसीपको विकासको लागि विद्यालयको दैनिक कार्यतालिकामा नै हप्तामा कम्तीमापनि दुई दिन भए पनि पुस्तकालय प्रवेश गराउने , पढ्न लगाउने ,पुस्तकालयकोमहत्व बताउने हो भने मात्र भोलिका कर्णधार मोवाइल र ट्याबका गेममा होइनपुस्तक र खोजमुलक काममा रमाउने छन् ।

त्यसैले पुस्तकालय व्यवस्थापनदेखिखोजमूलक कार्यका लागि पुस्तकालयको ढोका भित्र विद्यार्थी,गुरुवर्ग,सर्वसाधरणलाई प्रवेश गराउने , पुस्तकालय प्रयोगमा उत्प्रेरणा जगाउने कार्यमासम्वन्धित निकायको ध्यान जानु आवश्यक छ ,जरुरी छ।

तपाइँको प्रतिक्रिया