मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २२:४७ |सिड्नीको समय: २०:४७ |काठमाडौंको समय: १५:३२

कोभिडको कहरमा कालो ढुसीको प्रहार

डा. प्रकाश बुढाथोकीजुन १२, २०२१
This image has an empty alt attribute; its file name is image.png


२० मे २०२१ मा भारतको सञ्चार मन्त्रालयले भारतीय भेरियन्ट लेखिएका सबै पोष्ट हटाउन सामाजिक सञ्जाल कमपनीहरुलाई निर्देशन दियो ।बिश्वका ५० भन्दा बढी देशमा महामारीका रुपमा फैलिरहेको सार्स कोभिड २ को नया भेरियन्ट बी १.६१७.२ लाई भारतीय भेरियन्ट भन्न थालिएपछि भारतले आपत्ति जनाउदै आएको थियो । त्यसो त जुन देशमा पत्ता लाग्यो त्यहि देशसंग जोडेर युके,ब्राजिल,दक्षिण अफ्रिकी भेरियन्ट भन्न थालेको केहि महिना भईसकेको थियो ।पहिलो पटक कोभिड १९ चीनको वुहानमा फैलिदा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्बजनिकरुपमै चिनिया भाईरस भनेपछि चीन सरकारले पनि कडा आपत्ति जनाएको थियो ।
बेलायती स्ट्रेन बी १.१.७ अर्थात अल्फा,७० गुणा छिटो संक्रमण फैलाउने,कम उमेरकामा बढी जटिलताले अस्पतालमा भर्ना हुने र अक्सिजन आबश्यक्ता बढी पर्ने छ ।अफ्रिकन स्ट्रेन बी १.३५१ अर्थात बीटा दोब्बर संक्रामक,उपलब्ध खोप निस्क्रियता र घातक छ । बेलायती स्ट्रेन नेपालमा प्रीस्कुलका ३ बर्षको बिद्यार्थीमा समेत देखिएको छ ।नेपालमा सवै उमेरका लागी जोखिमपुर्ण थप २ भेरियन्ट जेठ ४ गते पुष्टि भएका छन । जिन सिक्वेन्सिङ गर्दा ९७ प्रतिशतमा डबल म्युटेन्ट—बी १.६१७.२ लाई डेल्टा र ३ प्रतिशतमा ट्रिपल म्युटेन्ट— बी १.६१७.१ कप्पा देखिएको थियो ।नया“ भेरियन्ट सवै उमेर समुहमा धेरै संक्रामक र जोखिमपुर्ण देखिएका छन ।पहिलाको भन्दा अत्यन्तै तीब्र गतिमा फैलनसक्ने,बालवालिकामा पनि युवाहरुमा जस्तै सर्नसक्ने देखिएको छ ।शरीरमा बनेको संक्रमण वा खोपले बनेको एन्टिबडीले काम गर्नसक्दैन ।भाईरल लोड अत्यधिक छ,जटिलता धेरै छन ।नेपालमा हाल जति परिक्षणमा पुष्टि भएका छन त्यस्को ५ गुणा बढी देशमा रहने गरेको बिगतको सेरो प्रीभेलेन्सले देखाएको छ ।
नया नामाकरण
बिश्व स्वास्थ्य संगठनले सोमबार एक बिशेषज्ञसमुहसंगको छलफलमा सजिलै उच्चारण र गैरकलंकीत संकेत नामहरु प्रयोग गर्न सिफारिस गरेको हो । देशको नाम उच्चारण गर्दा सम्बन्धित देशको प्रतिष्ठामाथि आ“च आएको गुनासोलाई सम्बोधन गर्दे ग्रीक बर्णमालाका अक्षर अल्फा,बीटा,गामाजस्ता गैरबैज्ञानिक समुह वा श्रोता तथा दर्शकहरुलाई छलफल गर्न सजिलो र अधिक ब्यवहारिक हुने अक्षरहरु प्रयोग गर्न सिफारिस गरेको छ ।


प्राणघातककालो ढुसी
नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितमा एकापट्टिको मुख सुन्निने,आखा सुन्निने,नाकबाट रगत आऊने,आखा वरिपरिको भागमा कालो डाम बस्ने जस्ता समस्या देखिरहेको समाचार आयो ।बैशाख तेश्रो सातातिर बिरगंजबाट शुरु भएको कालो ढुसीको संक्रमण हाल देशैभर फैलिसकेको छ सयौ संक्रमण र दर्जनौ मृत्यृ भईसकेको छ ।कोभिड महामारीमा पहिले तराई मधेशमा यो संक्रमणको उपचार गराउनेहरु बढी देखिने गरेकामा हाल राजधानीमा समेत देखिदैछ ।नेपालगन्जमा संक्रमीतको ३ सातापछि नाक र पीनासमा संक्रमण भएपछि पहिलो जेठ ९ गते शल्यक्रिया भएको थियो । जेठ ११ गते संक्रमणको १० दिनपछि नाक र पीनासमा कालो ढुसीको संक्रमणको उपचार भएको थियो । त्रिवि शिक्षण अस्पतालमा भर्नारत ३ सवैको समयमा शल्यक्रिया गर्दा आखा झिक्न परेन ।वीर अस्पतालमा पनि संक्रमितको आखाको दृष्टिसमेत सन्देहमा पार्दे शल्यक्रिया भयो ।कोरोनाबाट बचेर अर्थात निको भईसक्नेबेला ढुसीको संक्रमणले ज्यानै लिनसक्छ ।
म्युकोरमाईकोसिस
म्युकोरमाईकोसिस एक गम्भिर तर दुर्लभ अवसरवादी फंगसको संक्रमण हो ।रोगसंग लडने प्रतिरक्षा क्षमता कमजोर भएका बिरामी जोखिममा छन ।यस्तो समस्या बढी मधुमेहिमा छ,स्टेरोईडले सुगर अत्यधिक बढ्नाले फंगल संक्रमण देखिएको अनुमान छ ।कोरोना संक्रमितको चिसो अक्सिजनको सहयोगमा पहिलो ६ हप्ताको उपचारमा जोखिम रहन्छ र त्यसैमा अनियन्त्रित सुगरले थप जोखिम बढाएको देखिन्छ । प्रतिरक्षा कमजोर भएका मधुमेही,एचआईभी,प्रतिरक्षा प्रणाली कमजोर बनाउने औषधी,कोभिडका गम्भिर बिरामीमा एन्टिभाईरलदेखी स्टेरोईडसम्म कडा औषधी चलाईदा जस्ले सुगर बढाऊछ ।
अक्सिजनको माग बढीरहेका बेला औद्योगिक अक्सिजन प्रयोग भईरहेकाले संक्रमण फैलिएको बताउन थालिदैछ किनभने स्टेरोईड त सयौ बर्ष पहिलेदेखी प्रयोगमा छन ।कोरोनाको दोश्रो लहर सामना गरिसकेका बेलायत,अमेरिका,ईटाली,चीन,स्पेन लगायतका मुलुकमा भने कालो ढुसीको कुनै समस्या देखिएको थिएन तर खतरनाक भेरियन्ट भारतमा फैलिएपछि महामारीकै सुचीमा सुचिकृत हुनेगरी फैलिएको छ,केस रिर्पाेट गर्नपर्ने बनाईएको छ ।
लक्षण
सामान्यत माटो,बोटबिरुवा,मल र कुहिएका फलफुल तथा तरकारीमा हुने म्युकोर नामक ढुसीसंगको संसर्गबाट सर्छ ।संक्रमित जोगाउन शल्यक्रिया गरी आखा फाल्नपर्ने,मृत्यृदर ५० प्रतिशत भएको यो रोगबाट भारतमा हजारौ संक्रमित भईसकेका छन । समयमै राम्रो उपचार नपाए मृत्यृदर ९४ प्रतिशतसम्म पुग्नसक्छ । कोभिडबाट निको भएको १२ देखी १८ दिनमा ढुसीबाट संक्रमण हुनसक्छ ।कोभिड भन्दा बढी चुनौतीपुर्ण बनेको छ ।
एक ब्यक्तिबाट अर्काे ब्यक्तिमा नसर्ने ४५ देखी ६५ बर्ष उमेर समुह,मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका— क्यान्सरका उपचाररत, र धेरै खाले एन्टिबायोटिक वा स्टेरोईड औषधी सेवन गरिरहेकाहरुलाई कालो ढुसीको संक्रमण हुने उच्च जोखिम रहन्छ ।
बिरामीमा सामान्यतया मुख वा तालुको माथि कालो धब्बा,नाक भरिएका र नाक बग्ने,नाक वरिपरि छालामा कालो धब्बा लक्षणहरुका साथै आखाको दुखाई,सुजन,परेलाको झुकाई र धमिलो र अन्तमा दृष्टि गुम्नेगर्छ ।आ“खाको नसाको माध्यमबाट मस्तिष्कमा पुगेपछि धेरै समस्या हुने गर्दछ । रोग नया होईन । सामान्यत प्रतिरोधी क्षमतामा असर गर्ने औषधी प्रयोग गरिरहेकालाई बढी सताईरहेको छ ।संक्रमणले नाक,आ“खा,साईनस,मस्तिष्क वा फोक्सोलाई असर गर्छ । कोभिड संक्रमण निको भएका ब्यक्तिमा म्युकोर्मिकोसिस सामान्य बन्न थालेको छ ।
ब्यवस्थापन
कल्चर गरी ३,४ सातामा रिर्पाेट आउनसक्छ ,तथापी ल्याबमा निदान गर्न सकिने जनशक्ति र पुर्वाधार नेपालमा छैन ।छिटो समयमै फैलने भएकाले उपचारका लागी पहिलो बिकल्प छोटो समयमै शल्यक्रिया हो । उपचारमा प्रयोग हुने एक सुई लाईपोजोमल एमफोटेरिसीन बी र डिस्चार्जपछि खाने अर्काे औषधी पोसाकोनाजोल हो ।बजारमा औषधी अभाव भएपछि नेपाल सरकारले बिश्व स्वास्थ्य संगठनबाट १ हजार,खरिद २ हजार गरिसकेको छ भने खरिद तयारी १० हजारको छ । त्यसो त एम्फोटेरिसीन बी कालाजारमा पनि प्रयोग गरिन्छ । औषधी नेपालमा अभाव भएपछि भारतबाट ल्याउनपरेको छ ।भारतमा प्रति भायल ५ हजार पर्ने उक्त औषधी शल्यक्रिया र सम्पुर्ण उपचारमा १ सय भायलसम्म अर्थात ८ लाख नेपाली रुपैया लाग्नसक्छ भने अब कति नेपालीले किन्न सक्छन त ?
बचावट
रोकथामका लागी सफा र सुख्खा मास्क प्रयोग गर्ने,डिस्पोजेवल मास्कको पुन प्रयोग नगर्ने,नियमितरुपमा हात धुने वा स्यानिटाईजरको प्रयोग गर्ने,ब्यक्तिगत स्वच्छतामा ध्यान दिने,घरबाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेवल पन्जाको प्रयोग गर्नपर्छ । धेरै धुलो भएको र ओसिलो ठाऊमा नजाने,नुनिलो पानीले नाक सफागर्ने,पोभिडिन आयोडिन भएको तरल पदार्थले घा“टी र मुख कुल्ला गर्नुपर्छ । त्यस्तै जथाभावी स्टेरोईड र एन्टिबायोटिक प्रयोग नगर्ने,सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने,स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने गर्नुपर्छ ।
(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रिय कोषाध्यक्ष हुनुहुन्छ ।)

तपाइँको प्रतिक्रिया