मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २१:२१ |सिड्नीको समय: १९:२१ |काठमाडौंको समय: १४:०६

न्यूजिल्याण्ड टेक्दाको त्योे आत्मगौरव

सत्यमोहन जोशीजुन १५, २०२१
This image has an empty alt attribute; its file name is Satya_Mohan_Joshi01-1024x1002.jpg



यस धरामा पाइला टेकेका कति मानिसको जीवनलीला विचित्रको हुन्छ । उनीहरु दीर्घायुले मात्र नभई सत्कर्मले समाजमा बन्दनीय हुन्छन् । सत्यमोहन जोशी १०२ वर्षमा पनि सक्रिय जीवन बाँचिरहेका छन् । जोशीले काम हैन, कामले उनलाई खोजिरहेको हुन्छ । न्यूजिल्याण्डमा पहिलो पाइला टेक्ने पहिलो नेपाली, चीनमा नेपाली भाषाको प्रशिक्षक, देशका कुना कुना पुगेर संस्कृतिको अन्वेषण गर्ने देखि लिएर तीनपटक मदन पुरस्कार प्राप्त गर्ने अद्वितिय प्रतिभाका रुपमा पनि उनी पूज्य छन् । तिनै सत्यमोहनले ६ दशकअघि पुरातत्व विभागको महानिर्देशक भएर सेवा गरिसकेका छन् । पहिलोपल्ट न्यूजिल्याण्ड पाइला टेकेपछि उनले कस्तो अनुभव गरे । यस्तो छ उनकै शब्दमा सात दशकअघिको अनुभव ।
‘स्काईमास्टर’ नाम गरेको फ्लाईङ्ग बोटमा मस्तसंग सुतेर आएको त जिउमा अलि अलि चिसिन थालेपछि बल्ल बिउँझे । यसो घडी हेर्छु त विहानको साढे सात बजिराखेको । अष्ट्रेलियाको सिड्नी शहरबाट ७, ८ घण्टा नन्स्टप उडान भइसकेको रहेछ । सूचना पनि प्रसारित हुनथाल्यो– ‘प्रिय मित्रहरु, हामी न्यूजिल्याण्ड आइपुग्यौं । एकछिनपछि राजधानी बेलिङ्गटन शहरको पोर्टमा हामी उत्रने छौं । तपाईंहरु तयार हुनुहोस् ।’ अष्ट्रेलिया महाद्वीपबाट पनि दक्षिणपूर्व हान्दै १२ सय माइल पर आइपुगेको पत्तै भएन ।
सबजना झ्यालको पर्दा खोल्न लागे । मैले पनि पर्दा खोलें । झ्यालबाट यसो हेर्छु त पानी परिरहेको । हवाइजहाज बादलको तहबाट निकै तल ओर्लिसकेको रहेछ । समुद्री किनारमा लम्पसार परिरहेको बेलिङ्टन शहर आमुन्नेसामुन्ने देखा पर्न थाल्यो । फ्लाईङ्ग बोटले अनन्त सागरको सतह छोयो र त्यो पानीकै बाटो भएर विस्तारै बन्दरगाहतिर रोकिन पुग्यो । झ्यालबाट फेरि यसो हेरेको त अलिपर हजारौं मानिसहरुको ताँती देखें । म दौरा सुरवालको पहिरनमा थिएँ । त्यसमा त झन् शिरमा भादगाउँले टोपी लगाउने वित्तिक्कै नै नेपाली राष्ट्रियताले छोपिहाल्यो । दायाँबायाँका यात्रुहरुले मलाई हेर्न लागे । एकजना स्टुवार्डले त आएर सोधिहाले– ‘महाशय, तपाईं कुन देशको नागरिक हुनुहुन्छ ?’ मैले बडो पूmर्तिसाथ जवाफ दिएँ– ‘ म नेपाली, म मेरो देश नेपाली ।’ त्यो स्टुवार्ड अष्ट्रेलियन नागरिक थियो । सबजना बाहिर निस्कने हतारमा थिए । तर यहाँ पनि हवाइजहाजको ढोका खुल्ने वित्तिक्कै किटनासक औषधि छर्कने मानिसहरु भित्र पसे । यात्रुहरुले बाहिरबाट रोगको किटाणु बोकेर ल्याएको भए, त्यसलाई नियन्त्रण गर्न त्यसो गरेको रहेछ ।
बाहिर निस्कँदा हवाइजहाजसंग जोडिराखेको फल्याकको धुले पुलले जमिन जोडिराखेको देखें । यात्रुहरु लाममा बसे । म चाहिँ लामको बीचमा परें । पानी रोकिएको थिएन । जाडोले मुटु कमाइरहेको थियो । मेरो अगाडि पछाडिका सवै यात्रुहरु हावापानी नछिर्ने ओभरकोटमा थिए । मेरो जिउमा एउटा कोट मात्र थियो । जेठ महिनाको प्रचण्ड घाममा घरबाट निस्किएकाले यहाँ पनि यस्तै ठानेको थिएँ । अनि सम्भेंm आपूmले टिपोट गरेका कुरा– बेलायतमा रात परेको भए न्यूजिल्याण्डमा दिउँसो घाम लाग्ने, नेपालमा गृष्म ऋतु भए न्यूजिल्याण्डमा शिशिर ऋतु हुने ।
यत्तिक्कैमा एकजना भलाद्मी मान्छेले मसंग आएर सोधे– ‘एक्स क्यूज मी, नेपालबाट पाल्नुभएको जोशी यहाँ नै हुनुहुन्छ कि ?’ मैले जवाफ दिएँ– ‘हो, ठीक ठम्याउनु भो । मिस्टर जोशी म नै हो ।’ अनि त्यो भलाद्मी मानिसले मसंग हात मिलाउँदै भने– ‘ म तपाईंलाई नै स्वागत गर्न वैदेशिक मामिला विभागबाट खटिएर आएको हुँ । मेरो नाम ईबी वेस्टर हो ।’ म त्यसै पनि नौलो देशमा खुट्टा टेक्ने नौलो नेपाली । मलाई त्यहाँ के गरुँ के भनुँ जस्तो भयो । त्यसपछि उनले मेरो पासपोर्ट र स्वास्थ्य प्रमाणपत्र मागे । मैले उनलाई सवै कागजात बुझाइदिएँ । त्यसपछि उनले मलाई भीआइपी कोठामा लगे । त्यहाँ त थुप्रै पत्रकारहरु बसेका रहेछन् । वेस्टरले पत्रकारहरुलाई सम्बोधन गर्दै मेरो बारेमा भने– ‘हाम्रो देशमा सर एडमन्ड हिलारीका साथमा माउन्ट एभरेष्टको टाकुरा पुग्ने शेर्पा तेन्जिङ् नोर्गेका गाउँले साथी यहाँ हुनुहुन्छ । उहाँको नाम हो– सत्यमोहन जोशी । उहाँ हाम्रो देशमा टीए युनिटबाट छात्रबृत्ति प्राप्त गरी तथ्यांक विषयमा तालिम लिन आउनुभएको हो ।’ त्यसपछि त के थियो, क्यामेराका लेन्स मतिर सोझिन थाले । प्रश्न गर्न थालियो । एउटी अधबैंसे महिलाले सोधिन– ‘मिस्टर जोशी, हिलारी र तेन्जिङले माउन्ट एभरेष्ट विजय गरेको खबर तपाईंले कहाँ कुन बेला सुन्नुभयो ? त्यो खबर सुन्दा तपाईंलाई कस्तो लाग्यो ?’ मैले जवाफ दिएँ– ‘म यता आउन घरबाट निस्किएको थिएँ । कलकत्तामा अमृतबजार पत्रिकामा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा विश्वको सर्वोच्च माउन्ट एभरेष्टको चुचुरोमा भन्ने खबर छापिएको रहेछ । आफ्नो देशको नागरिक पनि विश्वको सर्वोच्च शिखरमा पुगेको समाचार सुन्दा आपूmलाई हुनसम्म खुसी लाग्यो ।’ अर्का पत्रकारले प्रश्न गरे– ‘एडमण्ड हिलारी न्यूजिल्याण्डर हुन भन्ने तपाईंलाई थाहा छ ?’ अकमकिएँ । मलाई यो थाहा थिएन । मैले स्पष्ट भनिदिएँ– ‘अहँ थाहा छैन । उनी त इंगलिस म्यान हुन क्यार हैन ?’ मेरो कुरा सुनेर प्रेसम्यानहरु हाँसे । वास्तवमा कुरा के रहेछ भने त्यो न्यूजिल्याण्ड भन्ने देश कमनवेल्थ कन्ट्री अन्तर्गत ब्रिटिस साम्राज्यभित्रै पर्दोरहेछ । एडमण्ड हिलारी न्यूजिल्याण्डर नै भएपनि ब्रिटिस साम्राज्यकै नागरिकसरह रहेछन् । अरुहरुले पनि मसंग थुप्रै प्रश्न गरे । मैले पनि मेरो देश र नेपालीको प्रतिष्ठा उचो हुने किसिमले चलाखीपूर्ण उत्तर दिएँ ।
माउन्ट एभरेष्ट विराजमान भएको हिमाली मुलुक नेपालबाट एकजना नेपाली न्यूजिल्याण्डमा आइपुग्दा त फेरि एक अर्को सानो जात्रा नै थपिएजस्तो पो भएछ । अनि न्यूजिल्याण्ड टेक्दा मैले पाएको अभूतपूर्व आतिथ्य सत्कारको रहस्य मलाई स्पष्ट हुँदै आयो । मैले मनमनै सोचें– अब फेरि के के हुने हो ? वास्तवमा न्यूजिल्याण्ड निवासी एडमण्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको अभियानमा संगसंगै एकै समयमा विश्वको सर्वोच्च हिमशिखरमा पुग्न सफल हुनु अनि ठीक त्यसै बेलातिर सगरमाथा भएको मुलुक नेपाल अधिराज्यका एक नागरिकले विश्वको सवभन्दा गहिरो प्रशान्त सागरमा अवस्थित न्यूजिल्याण्डको मुख्य भूमिमा समुद्र सतहको विन्दुमा नेपालीको नाताले पहिलोपल्ट खुट्टा टेक्न पुग्नु अनि फेरि प्रसंगवश नेपाल र न्यूजिल्याण्डबीचमा निकटतम सम्बन्धको एउटा मितेरी रेखा तानिनु त्यसबेला त्यस क्षणमा तीन छक्क पर्नुपर्ने कुरा जस्तो पो भयो । संवाददाताहरुसंग भएको वार्तालाप सकिएपछि वेबस्टरले मेरो सुटकेश बोक्नुभयो । मलाई भने लाज लाग्यो । मैले मेरा सुटकेश लिन खोज्दा उहाँले भन्नुभयो– ‘तपाईं त माउन्ट एभरेष्ट भएको देशबाट आउनुभएका हाम्रा आदरणीय पाहुना ।’ वरिपरि हेरें, यहाँ त कुल्लीलाई माल बोकाउने चलन नै रहेनछ । सवैजना आफ्नो सुटकेस आपैंm बोक्दा रहेछन् । मेरो शरीरको अवस्था हेरेर वेबस्टरले भने– ‘तपाईंलाई यहाँको जाडो निक्कै सताएजस्तो छ । सुटकेस पो खोल्ने हो कि ?’ मैले नधकाइ जवाफ दिएँ– ‘मैले ओभरकोट नै ल्याउन बिर्सें । उनले हाँसेर ठट्टा गर्दै भने– हिमालयमा जाडो भएपनि हिमालय मुन्तिरको तपाईंहरुको गाउँ शहरमा यतिबेला त गर्मीयाम नै हुन्छ क्यार । यतिबेला तपाईंलाई पानीले पनि नछुने, जाडो पनि नहुने ओभरकोटको अति आवश्यकता छ ।’ यति भनेर उनले आफ्नो ग्याबरडिनको ओभरकोट ओल्टाइपल्टाइ गरेर देखाए । त्यो ओभरकोट त जाडो र पानी दुवैलाई काम लाग्ने रहेछ । अनि मैले भनें– ‘मिस्टर, वेबस्टर मैले तपाईंको कुरा बुभेंm ।’ मिस्टर वेब्स्टारले मलाई उनकै मोटरमा राखेर बेलिङ्टन शहरको मध्यभागमा अवस्थित रिजेन्ट होटलमा पु¥याए । होटल भव्य रहेछ । बाथरुम बैठक सब जोडिएको, सबतिर वातानुकूलित । मलाई त एउटा सानो होटेल बस्न पाए पनि हुने भन्ने लघुताभासले छोयो । तर मिस्टर वेबस्टरलाई केही नभनीकनै त्यहीं बसें । उनी मलाई दिउँसोको खानाका लागि बोलाउन आए । एउटै टेबलमा हामी खाना खान बस्यौं । नौलो मानिस देखेर खाना खान बसेका मानिसहरु मलाई हेर्न थाले । म चाहिँ आफ्नै लबेदा सुरुवाल र भादगाउँले टोपीमा थिएँ । मिस्टर वेबस्टरले कुरा उठाए– ‘मिस्टर जोशी न्यूजिल्याण्ड फ्रिलायन्स पत्रिकाका सम्पादकले तपाईंलाई भरे ५ बजे भेटन आउने भनेर फोन गरेका छन् । नोट गर्नुहोला ।’ हुन्छ भन्दै मैले टिपोट गरें । त्यसैगरी उनले रेडियो न्यूजिल्याण्डले पनि अन्तर्वार्ताका लागि समयको मागेको सुनाए । उनले फोनमा भएको कुरा सुनाउँदै भने– ‘अब तपाईं दिन तपाईं जहाँ गएपनि यहाँका मान्छेहरुले तपाइँको देशको माउन्ट एभरेष्ट बारे कुरा सुन्नका लागि घेर्नेछन् । नभन्दै भनेकै समयमा आएर न्यूजिल्याण्ड फ्रिलायन्सका सम्पादक आएर मेरो लामो अन्तर्वार्ता लिएर गए । रेडियो न्यूजिल्याण्डका प्रतिनिधिहरुले पनि तेन्जिङ शेर्पाको गाउँका लोकगीत गाउन आग्रह गरे । त्यतिमात्र हैन, मैले शेर्पा भाषाका गीत पनि सुनाइदिएँ । यति भएपछि त रेडियो प्रतिनिधिहरु दंग परेर गीत भरेर गए । त्यो दिन डिनर खाने समय हुनेवित्तिक्कै म तल लाउञ्जमा ओर्लिएँ । ठीक समयमा मिस्टर वेबस्टर आफ्नी पत्नीसहित आए । उनले आपूmले हातमा बोकेर ल्याएको पत्रिका मलाई थमाए । पत्रिका पल्टाउँदा त मुख्यपृष्ठमा मेरै तस्वीर र खबर छापिएको रहेछ ।
आफ्नो बारेमा खबर पढ्दै जाँदा एउटा गल्ती महसूस भयो । हो, म त्यसबेला कलाकार पत्रिकाको सम्पादक र प्रकाशक पनि थिएँ । तर त्यो पत्रिका पाक्षिक नभएर त्रैमासिक थियो । मैले वेबस्टरलाई आफ्नो गल्ती सम्झाएँ । उनले हाँस्दै भने– मिस्टर जोशी, सानातिना कुरामा चिन्तित नहुनसुस् । अब यहाँ तपाईंका लागि मुख्य विषयवस्तु माउन्ट एभरेष्ट, नेपाल, नेपाली र तेन्जिङ् नोर्गे हुनेछन् ।
त्यसपछि हामी गोलो टेबलमा बसेर हामीहरु डिनर खान थाल्यौं । त्यसबेला श्रीमती वेबस्टरले मसंग नेपाली खाना, नेपाली रहनसहन र थितिरीतिका बारे धेरै जिज्ञासा राखिन । मैले जानेका कुरा सविस्तार बताइदिएँ । त्यसदिन मलाई रातभर निद्रा परेन । उही एउटा कुरा मनमा खेलिरह्यो– ‘न्यूजिल्याण्डमा खुट्टा टेक्नेवित्तिक्कै नै मलाई कस्तो काकताली पर्न आएको । यस्तो होला भन्ने कुरो त मैले कहिल्यै सपनामा पनि चिताएको थिइनँ । अझ के के हुने हो क्यार !’


तपाइँको प्रतिक्रिया