मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २२:२९ |सिड्नीको समय: २०:२९ |काठमाडौंको समय: १५:१४

युरोपका मान्छे मार्ने हिटलरको त्यो कारखानाको कथा

एएनजेड खबरजुन ३०, २०२१
This image has an empty alt attribute; its file name is hitler_4500980_835x547-m.jpg


समृद्ध मानिने युरोप कुनैबेला मान्छे मार्ने कारखानाका रुपमा परिचित थियो । त्यसो त विश्वको सर्वशक्तिशाली मुलुक अमेरिकामा कालागोराको तुष अझै मेटिएको छैन । युरोपमा यहुदीप्रति गरिने दुव्र्यवहार सुन्दा पनि रौं ठाडो हुन्छ । एउटा सन्की तानाशाह एडल्फ हिटलरले मृत्युलाई व्यापार बनाए । जर्मनीमा जन्मिएका शताब्दीकै अभूतपूर्व वैज्ञानिक आइन्स्टाइन यहुदी भएको नाममा बेलायतको शरणमा जाँदा जर्मनीका विद्वानहरुले धर्तीमै ग्रहण लागेको भनी टिप्पणी गरेका थिए । गुन्द्रुकसरह खाँदेर ल्याइएका मान्छे चेम्बरमा घान हाल्दा ऐया, आत्थु गर्नुको औचित्य हुँदैनथ्यो ।

This image has an empty alt attribute; its file name is hitler-parade-xlarge.jpg

अहिले पनि मान्छे मार्ने कारखानाको अवशेष कायमै छ । अंश तलमाथि होला, भूगोल, जातका नाममा विश्वमै विभेद कायमै छ । अमेरिकी राजनीतिमा काला अपहेलित छन् । त्यहाँको राजनीतिमा कालाभन्दा बढी महिला राजनीतिज्ञप्रति अविश्वास गरिन्छ । नेपालमा त विभेदको प्रलय बारम्बार आउने गर्छ । यो सामग्री द्वितीय विश्वयुद्धताका समग्र युरोपको हो । यो मान्छे मार्ने कारखानामा अष्ट्रेलियाबाट समेत बन्दी पु¥याइन्थे । पोल्याण्डको पुरानो राजधानी कक्रोवदेखि ६१ किलोमिटर टाढा मान्छे मार्ने कारखानाको रुपमा परिचित एक संग्रहालय छ । जसलाई आश्वित्ज संग्रहालय भनिन्छ ।

द्वितीय विश्वयुद्ध ताका भय, आतंक, त्रास र मृत्युको अर्को नाम नै यो संग्रहालय थियो । सन् १९४० मा विभिन्न देशका राजनीतिक बन्दी, यहुदी, पोल र जिप्सीहरुलाई एकै ठाउँमा स्वाहा पार्ने उद्देश्यले यो मान्छे मार्ने कारखानाको निर्माण गरिएको थियो । जसका निर्माता थिए– एडल्फ हिटलर । यसप्रकारको जघन्य उद्देश्य प्राप्तिका निम्ति यस ठाउँलाई चुन्नुका पछाडि दुई कारण भेटिन्छ । प्रथमतः यो शहरको पूर्वी युरोपका सम्पूर्ण देशसंग रेलमार्ग सम्पर्क कायम भएको छ भने दोस्रो चारैतिरबाट पहाडले घेरिएकाले सुरक्षाकवच प्राप्त थियो ।

This image has an empty alt attribute; its file name is hitler-1024x666.jpg

सन् १९४० को जून महिनामा तारनोबबाट प्रहरीले राजनीतिक बन्दीहरुको पहिलो डप्mफा यहाँ ल्याएको थियो । मान्छे मार्ने कारखानाको प्रथम कमाण्डरको नाम थियो– रुडोल्फ हेस । यसै समयदेखि कैदीलाई क्रुर ढंगले मार्ने काम शुरु भयो । तात्कालिन सोभियत संघ, चेकोस्लोभाकिया, युगोस्लाभिया, हंगेरी, फ्रान्स, जर्मनी, हल्याण्ड आदि देशका कैदी यहाँ ल्याइन्थे । शुरुमा बीस कोठा बनाइयो । कैदीका लागि भने ६ कोठा छुट्याइएको थियो । सन् १९४१– ४२ मा कैद गरिएका कैदीको श्रम उपयोग गरेर थप आठ कोठा बनाइए । यसरी भान्सा, भण्डार कक्षसमेत गरी सम्पूर्ण कोठाको संख्या २८ पुगेको थियो ।

कैदीका निम्ति छुट्याइएको ६ कोठामा १६ हजारसम्म कैदी राखिन्थ्यो । कैदीहरुलाई दराजमा राखिएको किताव भैैंm खातमाथि खात गरेर राखिन्थ्यो । कैदीको संख्या बढेको खण्डमा त्यहाँबाट तीन किलोमिटर टाढा बजेजिका गाउँको बन्दीगृहमा पठाइन्थ्यो । जसलाई आश्वित्ज २ नाम दिइएको थियो । सन् १९४२ मा यही प्रयोजनका लागि अन्य ४० शाखा थपिए । बाँकीलाई आश्वित्ज ३ नामाकरण गरियो । सम्पूर्ण बन्दीगृह कलकारखानाको नजिकै बनाइएको थियो । जसबाट कैदीहरुसंग निशुल्क काम लिन सजिलो होस् ।

विभिन्न प्रलोभन दिएर बन्दीगृहमा ल्याइएका कैदीहरुलाई अनेकौं प्रलोभन दिएर मारिन्थ्यो । भोक, अत्यधिक परिश्रम, क्रुर चिकित्सा, शास्त्रीय प्रयोग र सामूहिक मृत्युदण्डबाट अधिकांश कैदीलाई कालको मुखमा पु¥याइन्थ्यो । यहाँ उपलब्ध रजिष्टरको आधारमा १२ हजार सोभियत र २१ हजार जिप्सी कैदी बन्दी बनाइएको स्पष्ट हुन्छ । यी मध्ये ८ हजार बढी रुसी र सवै जिप्सी कैदीलाई मारिएको प्रमाण छ । मारिएका सम्पूर्ण कैदीको बहाना भने फरक फरक देखाइएको छ । मारिनेमध्ये यहुदीको संख्या भने दर्ता थिएन ।

यहुदीहरुको संख्या नै दर्ता नगरी एक्कैचोटि ग्यास चेम्बरमा लगेर मृत्यु उपहार दिइन्थ्यो । नाजीहरुलाई राम्रो व्यापार व्यवसायको लोभ देखाएर ल्याइन्थ्यो । उनीहरुलाई त्यहाँबाट २४ किलोमिटर टाढा रहेको बन्दीगृहमा छुट्टै कैद गरिन्थ्यो । पैदलयात्रा अवधिभर उनीहरु खानाबाट पुरै वञ्चित रहन्थे । गन्तव्य पुग्नुअघि नै धेरैजसो केटाकेटी, बुढाबुढीको प्राणपखेरु उडिसक्थ्यो । भोक र थकानका कारण बाँकी रहेकाहरु संग पनि प्रतिरोध गर्ने क्षमता रहँदैनथ्यो । काम लिन सकिने खालका कैदीलाई कारखानामा पठाइन्थ्यो । लुलालंगडा, अपाङ्ग, बुढाबुढी र केटाकेटीलाई सम्पूर्ण कपडा उतारेर ग्यास चेम्बरमा हालिन्थ्यो । ग्यास चेम्बर बाथरुमजस्तो थियो । जसको छतमा सानो प्वाल थियो । बाहिरबाट सम्पूर्ण ढोका बन्द गरेर नाजी सैनिक त्यसै प्वालबाट ‘साइक्लोन बी’ नामको ग्यास छोड्थे । १५–२० मिनेट बीचमा सम्पूर्ण कैदी निष्प्राण हुन्थे । मरेका सम्पूर्ण कैदीको कपडा उतार्ने र कपाल खौरिने काम समाप्त गरेपछि दाह भट्टीमा जलाइन्थ्यो । मुर्दा जलाइएको खरानी मल र खाल्डो पुर्ने काममा उपयोग हुन्थ्यो ।

This image has an empty alt attribute; its file name is hitler-1024x666.jpg

सन् १९४४ मा कुनै कैदीद्वारा गोप्य रुपमा लिइएको तस्वीर आज पनि संग्रहालयमा सुरक्षित छ । जसमा केही महिलालाई ग्यास चेम्बरतर्फ लगिदै गरेको दृश्य छ । अनुसन्धान क्रममा त्यस ठाउँमा साइक्लोन बीका हजारौं रित्ता र बन्द बट्टाहरु भेटिए । उक्त बट्टामा गिप्mट ग्यासको लेभल लगाइएको थियो । रुडोल्फ हेसले पछि दिएको बयान अनुसार १५ हजार मान्छे मार्न ५ किलो ग्यास पर्याप्त हुन्छ । १९४२– ०४३ मा २० हजार किलो ग्यास प्रयोग गरिएको थियो । क्याम्पमा जम्मा भएपछि सम्पूर्ण बन्दीले सामान बन्द गर्नुपथ्र्यो । ती सामान मध्ये कतिपय जर्मनी पठाइन्थ्यो भने कति सिपाहीहरुले प्रयोग गर्थे । त्यसपछि सम्पूर्ण कैदीको कपाल काटिन्थ्यो । नुवाई धुवाई गरेपछि एक नम्बरको लोगो भिराइन्थ्यो । कैदीहरुलाई लगाउन सैनिकहरुको तर्पबाट नाम मात्रको कपडा दिइन्थ्यो । पोल्याण्डको चिसो हावापानीमा त्यो कपडा अपर्याप्त थियो । कैदीहरुलाई लगाएको कपडा धुने अनुमति थिएन । अपर्याप्त दूषित भोजनका कारण उनीहरु सधैं रुग्ण देखिन्थे । खुल्ला जमिनमाथि परालको ओछ्यानमा सुतेर कैदीले रात काट्नुपथ्र्यो । अर्काथरि कैदीलाई वरिपरि जालीले घेरेको फलामे ¥याकमा राखिन्थ्यो । जसको चौडाई तीन फुट मात्र हुन्थ्यो । प्रत्येक कैदीले आपूसंग एक बच्चा राख्न पाउँथे । दैनिक १५–२० घण्टा श्रम अनिवार्य थियो । काम गर्दागर्दै कोही थकाई मार्न ठाडो बस्यो भने तत्काल ग्यास चेम्बरमा पठाइन्थ्यो । शिविरको चारैतर्पm पर्खालमा करेन्ट प्रवाह गरिएको थियो । त्यहाँबाट भाग्न खोज्ने कैदी कि करेन्ट लागेर मर्थे होइन भने गोलीका तारो बन्थे ।


कालान्तरमा रुसी सैनिकले यी शिविरबाट कैदीलाई मुक्ति दिलाए । भाग्दाभाग्दै भएपनि नाजीहरुले धेरै सामान तथा त्रूmरताका प्रमाण नष्ट गरे । सम्पूर्ण लिखित प्रमाणहरु नष्ट गरिदिए । सम्पूर्ण बस्ती नै आगो लगाइदिए । रुडोल्फ हेस त्यहाँबाट भागेर इंगल्याण्ड गई नाम फेरेर बसे । अन्ततः १९४७ मा उनलाई फाँसीमा चढाइयो । फाँसी चढ्नुपूर्व हेसले बर्बरताको सम्पूर्ण रहस्य खोलिदिए । जुन सुन्दा पनि कहालीलाग्दो थियो । आज पनि संग्रहालयभित्र मारिएका कैदीहरुको चश्मा, भाँडावर्तन, विभिन्न आकारप्रकारका जुत्ता, चप्पल, दाँत माभ्mने ब्रस, बच्चाका दूधदानीको थुप्रो संग्रह गरी राखिएको छ । एक ठाउँमा कैदीहरुको कपालको थुप्रो बट्टामा बन्द गरिएको अवस्थामा भेटिएको थियो । जसको तौल पाँच हजार किलो थियो । कपालबाट बनेका सयौं जोर कपडा उक्त संग्रहालयमा सुरक्षित राखिएको छ ।

तपाइँको प्रतिक्रिया