शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २३:४७ |सिड्नीको समय: २१:४७ |काठमाडौंको समय: १७:३२

अहा! क्या सुन्दर हुम्लाको लिमी उपत्यका

नुर्बु जंबु लामा/हुम्लाजुन १४, २०२१

उत्तरी हुम्लाको सुन्दर उपत्यका लिमी हिमाली पदयात्रामा रूचि राख्नेहरूका लागि एउटा सपनाकै संसार हो । चीनको तिब्बतसँग सिमाना जोडिएको यो क्षेत्र भौगोलिक जटिलताले बाँकी नेपालसँग भने कमैमात्र सम्पर्कमा हुन्छ । हुम्लाको सदरमुकाम सिमकोटबाट यहाँ पुग्न ३ दिन लगातार पैदल यात्रा गर्नुपर्छ । तिब्बती संस्कृति र उच्च हिमाली वातावरण, बन्यजन्तुमा रूचि राख्नेहरूको ठूलो आकर्षणको केन्द्र यो ठाउँ ।

लिमी उपत्यका आफैमा सुन्दर छँदै छ, यहाँसम्मको यात्रामा भेटिने प्रकृतिक दृष्य पनि कम्ता रोमान्चकारी छैनन् । लिमी यात्राका क्रममा फोटोग्राफर नुर्बु जंबु लामाले एएनजेड खबरकालागि खिचेका तस्वीरहरू ।

तपाइँको प्रतिक्रिया