शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २३:१० |सिड्नीको समय: २१:१० |काठमाडौंको समय: १६:५५

नौ महिलालाई सम्मान गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

एएनजेड खबरजुन १४, २०२१

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।

समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मान गर्ने भएको हो । यसैगरी गायनमा सपना श्री, अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्ने भएको छ ।

समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समितिको सिफारिसमा उक्त निर्णय गरेको हो ।

साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित चयन समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका थिए ।

आगामी अगष्ट महिनामा अमेरिकामा एक कार्यक्रम गरि दुईसय पचास अमेरिकी डलरसहित पुरस्कृत गरिने संयोजक अधिकारीद्वारा प्रेषित समाचारमा जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया