शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:२० |सिड्नीको समय: १९:२० |काठमाडौंको समय: १५:०५

मल्टीकल्चर सोसाईटीको भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न

एएनजेड खबरजुन १७, २०२१


सिड्नीको पारिलो घाम, केहीदिन देखि धुम्म परेको आकाश खुलेर आएको थियो । सिड्नीका अति ब्यस्त वजारभन्दा टाढा सुनसान सानो सवअर्व ल्यूमिया आईतवार दिउसो देखि नै नितान्त फरक देखिएको थियो । रेल स्टेशनको नजिकै रहेको क्याम्पवलटाउन फनल्यान्डवाट नेपाली, हिन्दी, पाकिस्तानी, वंगाली र केही अंग्रेजी गीतहरु घन्किरहेका थिए । सडकका आसपास नेपाली दौरासुरुवाल, ढाका टोपी अनि गुन्युचोालो र रंगीविरंगी सारीमा चन्द्रसुर्य अंकित राष्ट्रिय झन्ढा वोकेर हिडिरहेका युवायुवतीको लर्कन थियो । अनि संगै भारतीय, वंगाली, पाकिस्तानी मुलका नागरिकहरु आफ्नो संस्कृति र पहिचान झल्किने पोशाकमा ठाटिएर रहेका थिए । ल्यूमियामा रहेको क्याम्पवलटाउन फनल्याण्ड बेहुली झै सिंगारिएको थियो । बंगलादेशी, भारतीय, नेपाली खानाका स्टलवाट आइरहेको स्वादिष्ट परिकारले भिडलाई एकत्रित गरिरहेको थियो ।

This image has an empty alt attribute; its file name is 199345229_197085562325885_2751315578235739515_n.jpg

मञ्चमा नेपाल लगायत विभिन्न मुलुक गीत, नृत्य र संस्कृति झल्कने कायक्रम चलिरहेका थिए । क्याम्पवलटाउन काउन्सीलसंगको सहकार्यमा बहुसांस्कृतिक समाज क्याम्पवलटाउनले आयोजना गरेको बैशाखी पर्व तथा नयाँ वर्ष २०७७ साझको विशेष कार्यक्रममा सहभागि वन्न आइपुगेका संघिय सांसद एनोलक च्यान्ताबोंग दक्षिण पश्चिम सिड्नीमा आप्रवासीहरुको भिड देखेर उत्साहित हुदै नजिकै रहेका आयोजकहरुसंग अंग्रेजीमा भन्दै थिए, यो उत्साह, उमंग र पहिरन नै अष्ट्रेलियन वहुसांस्कृतिक समाजको पहिचान हो, यसलाई हामी सवै मिलेर निरन्तरता दिनुपर्छ ।

This image has an empty alt attribute; its file name is 201849481_2955342734784860_2322748906322332418_n.jpg

मल्टीकल्चर सोसाइटी क्याम्पवलटाउनका अध्यक्षका इनाम हकको उपस्थितिमा कार्यक्रममा नेपाल लगायतका विभिन्न देशका सयौंको सहभागिता रहेको थियो । दक्षिण पश्चिम सिड्नीमा आप्रवासीहरु बसाई सर्ने क्रम दिनानुदिन बढ्दै गएको अहिलेको अवस्थामा बहुसांस्कृतिक पहिचान झल्किने यस्ता कार्यक्रमहरुको आयोजना हुनु अति नै खुसी लाग्दो विषय भएको कार्यक्रममा प्रायोजक मध्येका एक विस रियल स्टेटका प्रवन्ध निर्देशक प्रज्जवल भट्टराईले एएनजेड खवरलाई बताउनुभयो । त्यस्तै भनाई थियो सेजहोम लोनका निर्देशक एवं युवा व्यवसायी समिर श्रेष्ठको पनि, हामी संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई भुल्न सक्दैनौं, आज नयाँ वर्ष २०७६ को अवसरमा बहुसांस्कृतिक समाजको आयोजनामा भएको यो विशेष कार्यक्रममा हामीले जस्तो उपस्थिति र सकृयता देखायौ, आगामी दिनहरुमा यसलाई अझ भब्य र सकृयताका साथ लगेर नेपाली संस्कृति र पहिचानलाई यो क्षेत्रमा स्थापित गर्न लाग्नेछौ, समिरको तर्क थियो । यति भब्य र सभ्य कार्यक्रमलाई सफलतपूर्वक सञ्चालन गरेकी थिईन् अनिता ढकालले । मल्टीकचरल सोसाईटी कार्यसमिति सदस्य समेत रहेकी ढकालको उत्कृष्ट बोल्ने शैलीको सवै देशका प्रतिनिधिहरुले प्रशंसा गरेका थिए । प्रवासमा रहेरपनि आफ्नो विशिष्ट पहिचानलाई उत्कृष्ट तवरले झल्काएको देखेर खुसी थिईन्, होम केयरिंगकी प्रमुख शर्मिला वस्ताकोटी । होम केयरले यस कार्यक्रमको प्रायोजन गर्न पाएकोमा खुसी हुदै सामाजिक अभियन्ता वस्ताकोटीले भनिन्,क्याम्पबलटाउन क्षेत्रमा अहिले नेपालीको संख्यामात्र बढेको हैन, यस्ता कार्यक्रमले अरु देशका प्रतिनिधिका अगाडी हाम्रो सामाजिक पहिचान समेत उच्च वनेको छ ।

कार्यक्रममा रिलायन्स कन्भेन्सिगका हरिकृष्ण अधिकारी, ओरानपार्क नेपलिज कम्युनिटिकी अध्यक्ष डिनु प्रधान कोईराला, प्रदीप शाह, सिर्जना, सितल अर्याल, जीया भण्डारी, सनाया पण्डित, सजना गिरी,सायन भट्टराई,सिजन श्रेष्ठ,उर्मिला श्रेष्ठ,ईशान कुवर, करुणा शेर्पा लगायतका नेपालीको सहभागिता रहेको थियो ।

This image has an empty alt attribute; its file name is IMG-20210524-WA0016_1621959349.jpg

स्मरण रहोस्, मल्टीकल्चर सोसाईटी क्याम्पवलटाउनमा नेपालीहरुको तर्फवाट उपाध्यक्षमा प्रकाश हुमागाई, कोषाध्यक्षमा हरिभक्त अधिकारी र कार्यसमिति सदस्यमा अनिता ढकालले प्रतिनिधित्व गरेका छन् भने सल्लाहकारमा सल्लाहकारमा डाक्टर देवेन्द्र सापकोटाले उल्लेख्य भूमिका निर्वाह गर्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया