मंगलबार, जेठ ८, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०३:२७ |सिड्नीको समय: ०१:२७ |काठमाडौंको समय: २१:१२

मेलम्ची बाढीपीडितको लागि सहयोगमा जुट्दै नायिका श्वेता

एएनजेड खबरजुन १७, २०२१

सिन्धुपाल्चोकको इन्द्रावती नदीमा ३ दिनदेखि आएको भिषण बाढीले धेरै धनजनको क्षति पुर्याएको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ । बाढीले हेलम्बु गाउँपालिकाको मेलम्ची बजारमा पुरै क्षति पुरयाएको छ ।
यसैक्रममा नायिका श्वेता खड्काले सिन्धुपाल्चोकका बाढी पहिरो पिडितको लागि सहयोग अभियान सुरु गरेकी छिन् । श्वेताको अभियानमार्फत हाम्रो टिम नेपालले ५० वटा सिरक र डस्ना लगायतका अन्य राहत सामाग्री दिने घोषणा गरेको छ ।
यसैगरी, श्वेताले मेलम्ची बासिन्दाको पीडा कम गर्न हिमालयन एयरलाइन्सका विजय श्रेष्ठले १० हजार र रमेश कुमारले २५ हजार रुपैयाँ सहयोग गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । श्वेता राहत लिएर मेलम्ची जाने तयारी गरको बताउदै आफ्नो योजनामा सहयात्री बन्नसमेत आग्रह गरेकी छिन् ।

This image has an empty alt attribute; its file name is Shweta-Khadka-e1563012199721.jpg

श्वेताले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ! मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो । यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु । मेरो यो पाइलामा समाजसेवी ईशा गुरुङ्ग दिज्युको पहल मा Hamro Team Nepal ले पनि ५० ओटा सिरक र डस्ना लगायत अन्य राहत सामग्री दिएर सहयात्रीको भूमिका निर्वाह गर्ने भएको छ । पर्सी सुक्रवारका दिन मेलम्चीको लागी प्रस्थान गर्ने हाम्रो योजनामा सहयात्री बन्न ईच्छुक सबैलाई स्वागत छ ।’

तपाइँको प्रतिक्रिया