शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:५९ |सिड्नीको समय: १७:५९ |काठमाडौंको समय: १३:४४

एनएसडब्लुमा लोकतन्त्रवादी समूहको एनआरएनए उम्मेदवार घोषणा, नेतृत्व प्रतिज्ञा अधिकारीले गर्ने

एएनजेड खबरजुन २२, २०२१


This image has an empty alt attribute; its file name is nrn.jpg

एनआरएनए अस्ट्रेलियाको चुनाव नजिकिँदै जाँंदा अष्ट्रेलियाको ब्यापारिक राज्य न्यूसाउथवेल्स (एनएसडब्लु)का विभिन्न समूह र स्वतन्त्र उम्मेदवारहरुले आसन्न निर्वाचनका लागि उम्मेदवार घोषणा र प्रचारप्रसारलाई तिव्रता दिन थालेका छन् । यहाँको नेपाली समाजले चासोका साथ हेरिरहेको यस निर्वाचनमा उम्मेदवारहरुको घोषणा सहितका गतिविधि बढ्दै गएको छ ।

यहि क्रममा अस्ट्रेलियामा बसोबास गर्ने लोकतन्त्रवादीहरुले एनएसडब्लु राज्यको एनआरएनए राज्य परिषद्को लागि संयोजक सहितको उम्मेदवारी घोषणा गरेका छन् ।

This image has an empty alt attribute; its file name is nrn1.jpg


आइतबार रकडेलको इन्द्रेणी फंग्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच एनआरएनए अभियन्ता एवं सामाजिक अगुवा प्रतिज्ञा अधिकारीलाई आगामी २०२१–२३ का लागि राज्य संयोजक पदको उम्मेदवार तोकिएको लोकतन्त्रवादी समूहले जनाएको छ । लोकतन्त्रवादी समूहको तर्फवाट नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्चका अध्यक्ष समेत रहेका सुरेन्द्र सापकोटाको नेतृत्वमा उम्मेदवार छनौट समिति गठन गरि संयोजक सहित अन्य पदहरुमा उम्मेदवार घोषणा गरिएको जनाइएको छ ।

घोषणा गरिएका अन्य पदहरुमा उपसंयोजक पदमा चोलाकान्त कोइराला –विष्णु), सचिव पदमा विनोद कुवँर सह–सचिवमा राकेश जोशी, र कोषाध्यक्षमा भावना श्रेष्ठ उम्मेदवारका रुपमा उभिएका छन् । त्यस्तै एनएसडब्लु राज्य परिषद्को युवा संयोजकमा विक्रम दाहाल र युवा उप–संयोजकमा राजेश टण्डनलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

राज्य परिषद् सदस्य पदका लागि सन्दिप अधिकारी, रोजी पन्त, भावना पराजुली, सागर रिजाल, सारंगा श्रेष्ठ, एकनाथ सुवेदी, राज गुरुङ, सुमन ओली, प्रमोद भट्टराई, आशिष उप्रेती, रविन सापकोटा, धनेष चौधरी, र कृष्णप्रसाद सेढाईलाई उम्मेदवार बनाउने निर्णय गरिएको सापकोटाले बताए ।त्यस्तै युवा सदस्यहरुमा सुजन सापकोटा, प्रशान्त सापकोटा र प्रकाश बराललाई उम्मेदवार बनाइएको छ ।

राज्य समितिको घोषणा सभा भएपनि कार्यक्रममा एनआरएनको आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार नन्दु गुरुङ्ग, आईसीसी सदस्य पदका उम्मेदवार प्रज्जवल भट्टराई लगायतको पनि मञ्चमा उपस्थित थियो ।

घोषणा सभा कार्यक्रममा उम्मेदवारहरुले आफ्नो पृष्ठभूमि, सामाजिक सेवाप्रतिको लगाव र आगामी दिनमा गर्न चाहेका एजेण्डाहरुलाई संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए भने संयोजक पदकी उम्मेदवार अधिकारीले आफ्नो टीमले मतदाताको मन जित्ने खालको मात्र नभई अष्ट्रेलियाका नेपाली समुदायमा बढ्दो विद्यमान समस्याको दीर्घकालीन उपाय सहितको एजेण्डा अघि सारेर आफू समूह सहित निर्वाचनमा जान लागेको बताएकी छन् ।

This image has an empty alt attribute; its file name is nrn2.jpg




अधिकारीले एनआरएनए अभियान प्रति सबै गैर आवासीय नेपालीहरुको अपनत्व महसुस गराउन ब्यापक सामुदायिक सहकार्यमूलक कार्यक्रमहरु ल्याउन, मातृभूमि नेपालमा पहँुच नपुगेका गरिब, दःखी, तथा असहायहरुका लागि कल्याणकारी परियोजनाहरुलाई अरु बिस्तार गर्न, समुदायको हितमा अस्ट्रेलिया सरकारद्वारा प्राप्त हुन सक्ने सरकारी अनुदानका लागि बिज्ञहरु सहितको एउटा ‘ग्रान्ट कमिटी’ गठन गर्ने लगायतका जिम्मेवारी पूरा गर्नको निमित्त आफूले उम्मेदवारी दिएको बताइन् ।



सो घोषणा सभामा समाजका अगुवाहरु महेन्द्रकुमार लम्साल, रन्जु थापा, विवेक थापा, एनएडिएफका महासचिव भिष्म भण्डारी, सचिव सत्यप्रकाश कँडेल, एनआरएन आईसीसी सदस्य अरुण ठाकुर, नयाँका अध्यक्ष प्रकाश अर्याल लगायतका वक्ताले उम्मेद्वारहरुलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा जनसम्पर्क समितिका एनएसडब्लु अध्यक्ष इथान शाक्य(थानु), शितल खाँड गिरि, एनआरएन अष्ट्रेलियाका पूर्व प्रवक्ता डिला खरेल, एनआरएनए अष्ट्रेलियाका पब्लिक रिलेशन अफिसर कोमलराज पाठक, , रामजी बस्नेत, प्रदीप पाठक, एनएडिएफका उपाध्यक्ष हरिभक्त अधिकारी, पब्लिक रिलेशन अफिसर हरिकृष्ण अधिकारी, कल्चर कोअर्डिनेटर एवं सामाजिक अभियन्ता अन्जना वस्नेत, नारी निकुञ्ज एनएसडब्लु संयोजक मोनी लिम्वु, विपी युवा नेतृत्व विकास मञ्चका अध्यक्ष रमेश अधिकारी, समाजसेवी महेश भट्टराई, क्षितिज बुढाथोकी विकास सापकोटा, ब्यवसायी लक्ष्मण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।


तपाइँको प्रतिक्रिया