आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १७:३३ |सिड्नीको समय: १५:३३ |काठमाडौंको समय: ११:१८

मास्क नलगाउँदा अष्ट्रेलियाली उपप्रधानमन्त्रीलाई २ सय डलर दण्ड

एएनजेड खबरजुन २९, २०२१

लकडाउनको नियम उल्लंघन गरी प्रेमिकासंग अंगालो मार्दा मन्त्री पद गुमाएका ब्रिटिस मन्त्रीको चर्चा सेलाउन नपाउँदै अष्ट्रेलिया सरकारका उपप्रधानमन्त्री बार्नवी जोयश सरकारले तोकेको जनस्वास्थ्य आदेश (पब्लिक हेल्थ अर्डर) उल्लंघन गरेको आरोपमा २ सय डलर जरिवानामा परेका छन् ।
सोमवार विहान न्यू साउथ वेल्स राज्यको आर्मेडेल स्थित एक पेट्रोल स्टेशनमा मास्क नलगाइ उपप्रधानमन्त्री जोयश पुगेपछि कसैले नजिकको प्रहरी कार्यालय न्यू इंग्लैण्ड पुलिस डिष्ट्रीक्टलाई खवर गरेको थियो ।
उप–प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक स्थलमा सरकारको आदेशको उल्लंघन गरेको पाइएकाले प्रहरीले तत्काल २ सय डलर जरिवाना गरेको डेपुटी पुलिस कमिसनर ग्यारी वोरब्वाईजले जनाएका छन् । ग्यारीका अनुसार प्रहरी समक्ष उपप्रधानमन्त्री जोयशले राम्रो र सहयोगी ब्यवहार देखाएका थिए ।
सोमवार साझ स्काई न्यूजसंगै कुरा गर्दै जोयसले भनेका छन् , म एयरपोर्ट जादै थिए मेरो पाटनर (प्रेमिका) भिक्की क्याम्पियनको कारमा इन्धन भर्नु थियो त्यसैले काल्टेक्स सर्भिस स्टेशनमा तेल भरेर पैसा तिर्न ३० सेकेन्ड मात्र छिरेको मात्र थिए, २०० डलर जरिवाना लाग्यो । ‘’तर केही छैन, दयाट्स लाईफ ‘ त्यही नै जीवन’ हो ।
सन् २०१८ मा विविध आरोपका कारण पदवाट राजिनामा दिएका जोयश हालैमात्र उपप्रधानमन्त्री पदमा फर्र्किएका हुन् ।

photo source : abc.net.au

तपाइँको प्रतिक्रिया