मंगलबार, मंसिर २१, २०७८ |Tue Dec, 2021
अक्ल्याण्डको समय: २२:१४ |सिड्नीको समय: २०:१४ |काठमाडौंको समय: १४:५९

आरकेको जेल स्मरण ‘केपी ओलीलाई खुसी पार्न चुरोट दिनुपथ्र्यो, नत्र मुन्टो फर्काउँथे’

एएनजेड खबरजुलाइ १४, २०२१

केन्द्रीय कारागारको गोलघरमा केपी ओली अल्सर र टीबी रोगले लामो समयदेखि थलिएका थिए । उनको शारीरिक अवस्था अत्यन्त कमजोर बनिसकेको थियो । अल्सरका कारण रगत नै बान्ता गर्थे । त्यस्तो विरामीका लागि हामीसंग पौष्टिक आहारका नाममा उसिनेको चामल र गान्टेमुलाको झोलबाहेक केही थिएन । त्यसमाथि केपी सा¥है स्वादे मान्छे । उनी जे पाक्छ त्यही नखाने । फर्माइसी गरेर आफ्नै स्वादमा बाँच्न खोज्थे । जेलका कठिन दिनहरुमा समेत उनलाई थोरै किन नहोस, स्वादिलो तरकारी चाहिन्थ्यो । त्यो नहुँदा गाँसै अडकेलाजस्तो गर्थे । जेलमा कहाँबाट यस्ता मीठा चिज पाउनु ? टीबी र अल्सरले सिकिस्त भएपनि खाना खान बस्दा कहिले खुर्सानी माग्थे, कहिले घिउ लेउ भनेर हैरान पार्थे । सिद्धान्तसंग खाना खान सकिदैन, स्वादसंग मात्र खान सकिन्छ भन्ने तर्क गर्थे ।


केपी कतिसम्म सोखिन थिए भने हामी बिँडी भएपनि रमाएर पिउँथ्यौं । तर उनी बिँडी देख्नासाथ मुन्टो बटार्थे । चुरोट पाए मात्रै पिउँथे । आफ्नो पारिवारिक, आर्थिक परिवेश विपरीत थियो उनको जीवनशैली । लाग्थ्यो, केपी जन्मजातै राजसी छाँटका व्यक्ति हुन । खाना खानुअघि चुरोटको कस मात्रै पाए पनि उनी दुई तीन गाँस बढी खान्थे । केपीको यही सोखलाई पूरा गर्न हामीले मेसबाट दिनको दुई खिली चुरोट ल्याइदिने व्यवस्था मिलाएका थियौं । त्यतिबेला गैंडा नामको चुरोट चल्तीमा थियो । उनी त्यो चुरोट विहानको खानाअघि र बेलुकाको खानापछि मज्जाले पिउँथे । म अहिले पनि सम्झन्छु , केपीलाई जेलमा अलिकति खुसी बनाउनुप¥यो भने एक खिल्ली चुरोट दिनुपथ्र्यो । अनि मात्रै खिसिक्क हाँस्थे । नत्र सधैं पानी पर्न लागेको बादलजस्तै धुम्म अनुहार लगाएर बस्थे ।


उनलाई विमारले उठ्नै नसक्ने हालतमा पु¥यायो । रोगले थलिएका केपीले खाना नखाएपछि जीउमा हड्डी र करङ मात्र देखिन थाल्यो । स्थिति दिनानुदिन खराब बनेर उठ्नसमेत अरुको सहारा चाहिने भयो । त्यसपछि मैले बिरामी स्याहार्न मेरो ढोका खोली पाऊँ भनेर जेलरलाई दरखास्त हालें । धन्न जेलरले ढोका खोलिदियो । यसपछि मैले सिकिस्त भइसकेका केपीलाई स्याहारें । मैले केपीको शरीरमा नछोएको कुनै अंग छैन । दिसा गर्न जाँदा उनी आफ्नो कपडासमेत खोल्न नसक्ने अवस्थामा पुगेका थिए । मैले अन्डरपाइन्ट खोलिदिनेदेखि दिसा धोइदिनेसम्म गरें । उनी दिसा आफैं धुन्छु त भन्थे तर हात कामेर मलद्वारमा हात पु¥याउन नसक्ने भइसकेका थिए । मैले नुहाइदिनेदेखि शरीरमा तेल घस्नेसम्म गरिदिएँ ।


एकपटक हप्ता दिनसम्म लगातार बाडुली लागेपछि केपीको मुखबाट ह्वालह्वाली रगत आयो । केन्द्रीय कारागार अस्पतालका डा. पुष्कल भारतीले तुरुन्तै औषधि दिएर निको पारिदिए । जेलमा छँदा मलाई घरबाट महिनामा दुई तीन सय रुपैयाँ आउँथ्यो । पैसा आउन कहिलेकाहीँ तीन महिना पनि लाग्थ्यो । नारद वाग्ले र नरेश खरेलको घरबाट पनि फाटफुट केही रुपैयाँ आइरहन्थ्यो, वर्षमा दुई तीन पटक । हामी तीनजना बाहेक अरु कसैको बाट सुको आउँदैनथ्यो । यही रकम जम्मा पारेर केपीलाई कुखुराको एउटा अन्डा दैनिक ख्वाउन थाल्यौं । यसपछि उनी क्रमशः तंग्रिन थाले । जेलभित्र प्रेम उप्रेती, दधिराम उप्रेती, छविलाल राजवंशी, भेटला राजवंशीलाई पनि टीबीले सताएको थियो । उनीहरु टीबीग्रस्त भएको समयमा मलाई लागेको टीबी भने बिसेक भइसकेको थियो ।


वास्तवमा केन्द्रीय कारागारका पुष्कल भारतीले केपीको ज्यान बचाइदिएका हुन । केपीको मात्र किन, डा. भारतीले राखेको सदाशयताले मलगायत धेरैको ज्यान जोगिएको थियो । उनको ससुराली झापाका चिया उद्योगी गिरी बन्धुहरु रहेछन् । झापालीसित नाता जोडिएकाले उनी हामीप्रति उदार बनेका थिए वा उनमा मानवीय भावना उर्लिएको हो । हुन त डा. भारती अन्य कैदीहरुलाई समेत एकदमै ध्यान दिएर उपचार गर्थे । त्यसो त केपी ओली जेलमा बसुन्जेल राष्ट्रभक्त युवा थिए । महाकाली सन्धिसम्म उनको यो छवि चम्किरह्यो । त्यसपछि भने क्रमशः उनको छविमा दाग देखिन थाल्यो । महाकाली सन्धिकै सेरोफेरोदेखि उनको सम्बन्ध बाह्य शक्तिसंग स्थापित भएको हो ।

अहिलेका केपी र संघर्षका दिनका केपीबीच अतुलनीय बदलाव देखिन्छ । उहिलेका केपीमा देशप्रेम थियो । पार्टीप्रेम थियो । साथीप्रेम थियो । निस्वार्थी थिए । प्रष्ट वक्ता थिए । राजनीतिमा आवद्ध भएको शुरुवाती चरणदेखि नै केपी शारीरिक रुपमा धेरै क्रियाशील नभएपनि चिन्तनगत रुपमा निश्छल र उर्जाशील थिए । तर अहिलेका केपीले विगतका दुखका दिन सितिमिति सम्झन छोडेका छन् । बरु बाल्यकालदेखि नै सम्पन्नतामा हुर्केको कथा सुनाउन कस्सिन्छन् ।

केपी बद्लिएको देख्दा म जेल बस्दाकै एउटा घटना सम्झन्छु । हामी सेन्ट्रल जेलमै छँदा चौकीदार थिए, करवीर थापा । भोजपुरतिरका करवीर श्रीमती मारेको मुद्दामा जेल परेका थिए । दुख र गरिबीले पिल्सिएका युवा थिए करवीर । उनी चौकीदार भएपछि ७, ८ सय बन्दीको सागसब्जी, मासु र रासनको बजार नियन्त्रण गर्न सक्ने भए । अर्थात कैदीलाई चाहिने सामानको आपूर्तिकर्ता भए करवीर । यसपछि बन्दीहरुको खानेकुराको मात्रामा तलमाथि पारेर उनले ठूलै रकम कमाए । बन्दीहरुको शोषण उनको पेशाजस्तै बन्यो । हाम्रै सामुन्ने अरुले फालेको ठुटो र जुठो बिँडी मागेर खाने करवीर रुपैयाँ कुम्ल्याएपछि भन्न थाले– ‘बाले घरमा याक चुरोट किन्न पठाउँदा पठाउँदै त्यही पिउने बानी बस्यो । अहिले नि याक बाहेक अरु तान्नै मन लाग्दैन ।’

समय बदलिँदै गएपछि केही मानिसहरुमा आफ्नो अतीत पनि बद्लिएको भान पर्दोरहेछ । त्यस्तै हिजोका सर्वहारा जीवनशैलीमा रमाउने केपी पनि आज आँगनमा २,४ सय जयजयकार गर्ने मानिस भएनन भने आफू नेता नै नभएको जस्तो गर्न थालेका छन् । आफूभन्दा वरिष्ठ र समकक्षी मित्र हुन सक्दैनन भन्ने चिन्तनले सताउन थालेको छ । केपीको सुन्दरता के भने उनले उग्रवादको डटेर विरोध गरेका छन् । आफ्ना विश्वासपात्रलाई राम्रैसंग च्याप्छन् । प्रधानमन्त्री बनेपछि उनले देश विकास र समृद्धिको सपना देखाइदिएका थिए । तर ओली हालैमात्र पूर्व प्रधानमन्त्रीको हैसियतमा पुगेका छन् ।

तपाइँको प्रतिक्रिया