मंगलबार, जेठ ८, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०५:०२ |सिड्नीको समय: ०३:०२ |काठमाडौंको समय: २२:४७

कलाकार चम्सुरीका दुबै मिर्गौला फेल, सहयोग जुटाउन अष्ट्रेलियाका कलाकार सक्रिय

एएनजेड खबरजुलाइ १८, २०२१

मिर्गौला सम्बन्धी समस्याका कारण हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अस्पताल भर्ना भएकी छन् । उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको र तत्काल मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने भएको उपचारमा संलग्न चिकित्सकले बताएको परिवारले जनाएका छन् ।


कलाकार डंगोलको स्वास्थ्य अवस्थाका बारेमा समाचार माध्यमबाट सार्वजनिक भएलगत्तै अष्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका कलाकार रमन रेग्मीको पहलमा आर्थिक संकलन सुरु गरिएको छ । एएनजेड खबरसंग कुरा गर्दै रेग्मीले भने,‘ दुबै मिर्गाैला फेल भएका कारण लोकप्रिय कलाकार पल्पसा डंगोल जीवनमरणको दोसाँधमा रहनुभएको खबरले अत्यन्त मर्माहत बनाएको छ । किड्नी प्रत्यारोपण लगायतका उपचारमा सहयोग गर्ने हेतुले मेरो पहलमा आर्थिक सहयोग जुटाउन आजैदेखि लागेका छौ ।’ स्मरण रहोस्, गायक रमन रेग्मीकै पहलमा यस अघि पनि कलाकार निशा घिमिरेको सहयोगार्थ अष्ट्रेलियावाट आर्थिक संलन जुटाईएको थियो ।

This image has an empty alt attribute; its file name is palpasadangol.jpg


पारिवारिक स्रोतका अनुसार कलाकार चम्सुरीलाई केही वर्षदेखि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो । सो समस्याका कारण गत एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।

कलाकार दीपाश्रीका अनुसार उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।
दीपाले पल्पसाको अवस्थाको बारेमा आफ्नो सामाजिक संजाल फेसबुकबाट समेत सार्वजनिक गरेकी छन् । जसमा उनले स्वास्थ्य लाभको कामना गर्न र सहयोग गर्न समेत अनुरोध गरेकी छन् ।


तपाइँको प्रतिक्रिया