शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:०० |सिड्नीको समय: १९:०० |काठमाडौंको समय: १४:४५

राज्य समिति निर्विरोध रहेको पश्चिम अस्ट्रेलियामा चुनावी माहौल कायमै

उत्सब प्रताप थपलिया/पर्थजुलाइ २४, २०२१


गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी ३१ तारिखमा हुने निर्वाचनमा राज्य समितिमा निर्विरोध भएपनि पश्चिम अष्ट्रेलियाको चुनावी सरगर्मी झन् तातेको छ ।


एनआरएन अष्ट्रेलियाको राष्ट्रिय समन्वय समिति र अन्तराष्ट्रिय समन्वय समिति –(आईसीसी)मा आफ्नो समूहका उम्मेदवारहरुलाई विजयी बनाउन यहाँका सामाजिक अगुवाहरु सकृय भएका छन् । करिब ७ सय ५० मतदाता रहेको यस राज्यबाट आईसीसी सदस्यमा राजेश बुढाथोकी र नविन भण्डारीले उम्मेदवारी दिएका छन् । त्यस्तै राष्ट्रिय समन्वय समितिको अध्यक्षमा उम्मेदवारी दिएका नन्द गुरुङ्ग समूह र ज्ञानेन्द्र रेग्मी समूहका समर्थकहरु आफ्नो समूहमा यथासक्य मतदान गराउन दुबै पक्ष लागिपरेका छन् ।

तर ‘साझा एनआरएनए,सबल एनआरएनए’ समूहलाई राज्य स्तरमा अत्यधिक पदमा निर्विरोध बनाउन यहाँका लोकतान्त्रिक पक्षधरहरु एकजुट भएको नजिर प्रस्तुत गर्दै स्थानीय सामाजिक अभियन्ता दीपक पराजुली भन्छन्, ‘राष्ट्रिय समन्वय समितिमा समेत पश्चिम अष्ट्रेलियाबाट नन्द गुरुङ्ग समूहको पक्षमा मतदान गर्न यहाँका अधिकांश मतदाता तयार रहेको हामीले पाएका छौँ ।
एनआरएनए अभियन्ताका रुपमा लामो समय समाजसेवामा सक्रिय बुढाथोकी र भण्डारीलाई आइसीसी सदस्यमा निर्वाचित गराउन यहाँका सामाजिक अगुवाहरु लागिपरेका छन् ।

गैरआवासीय नेपाली संघ पश्चिम अस्ट्रेलिया राज्य समितिमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको एनआरएनए निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीमा जनाइएको छ । नयाँ कार्य समितिको कार्यकाल २०२१ देखि २०२३ सम्म रहनेछ ।

निर्विरोध चयन भए सँगै संयोजकमा दिपक बस्नेत निर्वाचित भएका छन् । लामो छलफल, समझदारीबाट बस्नेतको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा भएको हो । संयोजकमा निर्वाचित बस्नेत, यस अघि कृष्णमान श्रेष्ठ संयोजक हुँदा सचिवको जिम्मेवारीमा थिए ।

उनीसंगै उप–संयोजकमा सुनिल श्रेष्ठ, सचिवमा प्रमेश केसी, एनसीसी सदस्यमा मनोज खरेल, कोषाध्यक्षमा महेश लामा, सहसचिवमा गोपाल सापकोटा, महिला संयोजकमा रत्ना गौतम, युवा संयोजकमा बानु लिम्बु निर्वाचित भएको जानकारी गराइएको छ।

त्यसैगरी अन्य पदमा सह–युवा संयोजकमा सरोज कार्की, सह–महिला संयोजकमा योजना पन्त छन्। युवा फोरम तर्फ सुमन संजेल, अनुरोध बसौला, बसन्त खाती, उत्तम न्यौपाने, कृष्ण प्रसाद कंडेल सदस्यमा नियुक्त भए भने महिला फोरम तर्फ प्रतिमा रानाभाट, कन्चन सापकोटा, समिक्षा केसी, निशा रिमाल र गिता भण्डारी सदस्यमा चयन भए। उपसंयोजक, कोषाध्यक्ष, युवा संयोजक र महिला उपसंयोजक पद समावेशीतर्फका उमेद्वारलाई दिएर बाँकी सबै पदमा उनीहरुसँगै एससीसी सदस्यमा भुवन खड्का, बासु सापकोटा, रुस्तम मास्के, किसोर ज्ञवालीहरु परेका छन्। पश्चिम अस्ट्रेलिया राज्य समितीले कार्य समिति चुन्ने प्रक्रिया भने अरु राज्यहरुको लागि उदाहरणीय साबित भने भएको छ।
संयोजकमा निर्विरोध भएका दिपक बस्नेतले सबै विचारधारका मानिसहरु मिलेर काम गर्दा राम्रो हुने भएकाले सहमतिका आधारमा कार्यसमिति तय गरिएको र अव आफूहरुको सम्पूर्ण ध्यान राष्ट्रिय समन्वय समितिको निर्वाचनमा केन्द्रित रहने बताए ।

तपाइँको प्रतिक्रिया