आइतबार, वैशाख १६, २०८१ |Sun Apr, 2024
अक्ल्याण्डको समय: ००:५७ |सिड्नीको समय: २२:५७ |काठमाडौंको समय: १८:४२

सचिव पदका उम्मेदवार विनोद कुँवरको आत्मकथा

एएनजेड खबरजुलाइ ३०, २०२१


विनोद कुँवर, अष्ट्रेलिया र विशेष गरि सिड्नीमा रहेका नेपाली माझ नौलो नाम हैन । शनिवार हुने एनआरएनए निर्वाचनमा सवै भन्दा वढि मतदाता रहेको न्यूसाउथ वेल्स राज्यवाट सचिव पदमा उम्मेदवारी दिएका विनोद सामाजिक सेवाका हकमा भने चर्चामा रहेको नाम हो ।

विनोदका लागि चुनाव एउटा सामान्य प्रक्रिया हो । मतदान नभएसम्म चन्द्रमा झार्ने आश्वासन सबैले दिने नै भए । एजेण्डाका त कुरै नगरौं, नगर्ने र नहुने त कुनै विषय नै बाँकी रहँदैनन । गैरआवासीय नेपाली संघ, राज्यको सचिव पदमा उम्मेद्वारी दिएका विनोद यस्ता विषयबाट निरपेक्ष छन् । उनी कर्मले जवाफ दिन्छन् । मुख कम, पाखुरी बढी चलाउँछन् । त्यसैले त अस्ट्रेलियामा उनको परिचयमा निस्वार्थ समाजसेवीका अलावा युवा उद्यमीको फुर्को समेत जोडिएको छ । साझा एनआरएनए, सवल एनआरएनए समूहबाट सचिव पदमा प्रत्यासी रहेका विनोदका जीवनका पाटाहरु साच्चै चाखलाग्दो छ ।
एउटा सफल ब्यवसायी एनआरएनए निर्वाचनमा चाहि किन सहभागि भएको भन्ने प्रश्नमा उनको उत्तर हाजिर छ- ‘ पहिलो सेवा, दोस्रो सेवा अनि तेस्रो सेवा नै ।’ अनि भन्छन्, म लामो समयदेखि कर्मभूमिको यो आँगनमा रहँदा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर आफ्नो अभिभारा निस्वार्थ तवरले पुरा गर्दै आएको छु । मैले जीवनका महत्वपूणर् समय सुखसयल र मोजमस्ती भन्दापनि अष्ट्रेलियामा रहेका नेपालीका लागि, मातृभूमिका लागि र सामाजिक सद्भावका लागि खर्च गरेको छु । अव एनआरएनए मार्फत अझ बढि गर्न चाहान्छु ।

स्कुलदेखि नै उनी अब्बल विद्यार्थी थिए । अरुले बनाएको बाटोमा नभएर आफूले खनेको बाटोमा अरुलाई हिँडाउने अपूर्व सोच पालेका थिए । त्यसैले त उनी अहिले नेपाली विद्यार्थीहरूको आशा र भरोसाको केन्द्र बन्न सफल भए । आफ्नै लगानीमा एक्स्ट्राटेक नामक इन्स्टिच्युट खोलेर मार्गदर्शन गर्ने सपनालाई पूरा गर्न विनोद यतिबेला एनआरएनए मार्फत सामाजिक सेवामा अझै सक्रिय रहने सोचका साथ निर्वाचनको मैदामा आएका छन् । ३ सय ५० नेपाली विद्यार्थीलाई सेवा दिँदै आएका उनले आइटीका साथसाथै एक्स्ट्राटेक वेल्फेयर फण्डको स्थापना गरी एनआरएन अष्ट्रेलियाको कोभिड फण्डमा ५ हजार डलर र महावीर वेलफेयर फण्डलाई ६० वटा अक्सिजन सिलिण्डर सहयोग गरेर आफ्नो भनाइलाई व्यवहारमै देखाउन सुरु गरिसकेका छन् ।

नेपालको प्रशासनिक क्षेत्रमा अहिले एउटा शब्द प्रचलित छ- ग्याप्स । जसलाई अंग्रेजीमा GAPS भनिन्छ । यसको अर्थ हो- गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जा । यो भूगोल मात्र हैन, चेतनाको एउटा सुन्दर उपवन हो । नेपालको प्रशासननिक क्षेत्रको नेतृत्व अहिले यही क्षेत्रको भूगोलले गरेको छ । सरकारी सेवामा उनीहरुको रहरलाग्दो उपस्थिति छ । प्रज्ञालाई उनीहरुले शिरमा राखे । पढ्नुलाई संस्कृति बनाए । एउटा सफल मानिसको जीवनलाई अरुले हुबहु पछ्याए । अनि त के थियो र ! सफलता उनीहरुको दास भएर टाँसियो । यो आयतन नेपालको माटोमा मात्र हैन, विदेशमा समेत फैलियो । विदेश जानेहरुले सुगन्धका रुपमा यो संस्कार बोकेर लिएर गए । आखिर एउटा सुसंस्कृत विरुवा जहाँ रहेपनि त्यसले दिने शितल छहारी नै हो ।

गुल्मीको म्यालपोखरीमा जन्मिएको एउटा ठिटो उखुजस्तै छ । तपाईं जति सानो इकाइमा त्यसलाई भाँचेपनि आखिर त्यसबाट निसृत हुने भनेको गुलियो नै हो । हो, अस्ट्रेलियाको परदेशी भूमिमा गमक छर्ने प्रतिभाको नाम हो- विनोद कुँवर । उनी नामजस्तै विनोदी छन् । सिद्धहस्त आईटी इन्जिनीयरको परिचय बनाएका यी पात्र आफूलाई जन्माउने अभिभावक मात्र हैन, समाजकै प्रतिष्ठित सत्पात्र बन्ने अभियानमा छन् । आफ्नै गाउँको सामुदायिक विद्यालयबाट कखरा आरम्भ गरेका उनी प्राज्ञिक मर्यादाको उपल्लो श्रेणी प्राप्त गर्न सफल छन् ।

‘तिमी सोच म पुर्‍याउँछु’ भन्ने उक्तिलाई आत्मसात गर्दै ग्रामीण जीवनलाई केही समयका लागि थाती राखेर अस्ट्रेलिया पुगेका गुल्मेली ठिटो विनोद नेपाल छँदै लुम्बिनी इञ्जिनियर कलेजबाट इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन इञ्जिनियरिङमा स्नातक गरी उनी उच्च शिक्षाका लागि सन् २०१४ मा अष्ट्रेलिया प्रवेश गरे । उनीभित्र केही गरौं भन्ने छटपटी थियो । मेहनती मानिसले मह बनाउन मौरीको चाका खोज्दैन । उसंग आत्मविश्वासको यस्तो अथाहा उर्जा हुन्छ कि उसले झारपातबाट मह बनाउन सक्छ । विनोद एउटा त्यस्तै कर्मी मौरी हो । उच्चशिक्षा हासिल गर्दै गर्दा उनले आइटी पढेका विद्यार्थी अलमलिएको देखे । त्यो पंक्तिको गाँठो फुकाउन ट्रेनिङ इन्स्टिच्युटको परिकल्पना गरे । यसबाट आफू मात्र नभई नेपाली विद्यार्थीहरू नै लाभान्वित हुने आंकलन गरिसकेका थिए ।

निर्वाचनमा ब्यस्त रहेका विनोद भन्छन्,‘म कर्म र इमान्दारीतामा विश्वास गर्छु, र एनआरएनएलाई यहाँ रहेका सबै नेपालीको साझा र सबल मञ्च बनाउनुपर्छ भन्ने मेरो दृष्टिकोण रहेको छ । एनआरएनएका आफ्ना उद्धेश्यहरु छन्, कार्ययोजना छ । यो एउटा पवित्र संस्थाको उचाइ र गरिमालाई माथि लैजान हाम्रो समाजमा भएका धेरै विषयवस्तुहरुलाई समेट्न अझै बाँकी भएको हामी धेरैले महसुस गरेकै छाँै । म अहिले नै यसो गर्छु, उसो गर्छु भन्दापनि सम्पूणर् शुभचिन्तक तपाइँहरुको आवाजलाई समेट्दै आफ्ना एजेण्डाका साथ अघि बढ्छु भन्ने प्रण गर्दछु ।’


तपाइँको प्रतिक्रिया