आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १४:३० |सिड्नीको समय: १२:३० |काठमाडौंको समय: ०८:१५

एनआरएन निर्वाचन आज शनिबार, अध्यक्षमा गुरुङ्ग कि रेग्मी ?

एएनजेड खबरजुलाइ ३१, २०२१


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन भोली आज हुँदैछ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाईन मार्फत हुने मतदान प्रक्रियाको सम्पूर्ण तयारी भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यस पटकको एनआरएनए निर्वाचनमा ‘साझा एनआरएनए, सबल एनआरएन’ समूहको नेतृत्व गर्दै नन्द गुरुङ्ग अध्यक्ष पदमा र ‘हाम्रो एनआरएनए, राम्रो एनआरएनए’ समूहको नेतृत्व गर्दै ज्ञानेन्द्र रेग्मी निर्वाचनको मैदानमा आएका छन् ।
साझा, सबल समूहलाई नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरम(एनएडिएफ) सहित अष्ट्रेलियाका आठवटै राज्यमा रहेका जन सम्पर्क समितिको साथ रहेको छ भने रेग्मी समूहलाई कृष्ण गिरी नेतृत्वको जनसम्पर्क समिति (अधिवेशन तयारी समिति) सहित विभिन्न बामपन्थी र समाजवादी समूहको साथ रहेको छ ।
निर्वाचनमा मत आफ्नो पक्षमा पार्न जोडतोडका साथ लागिरहेका दुबै समूहले निर्वाचनमा आफ्नो समूह नै विजयी हुने दाबी गरेका छन् । तर कोषाध्यक्ष पदमा अनिल पोखरेलको निर्विरोध भइसकेको तथा भिक्टोरिया र वेस्टर्न अष्टे«ेलियामा समूह नै निर्विरोध भइसकेको ‘साझा एनआरएन, सबल एनआरएन’ समूहको दाबीलाई बढि विश्वास गर्न सकिने यहाँका सामाजिक अभियन्ताहरुले बताउँदै आएका छन् ।
साझा समूहबाट अध्यक्षको उम्मेदवार बनेका नन्द गुरुङ्ग समाजका सबै तप्कासँग भिजेको र एनआरएनएमा समय दिएर काम गर्न सक्ने उम्मेदवार भएका कारण रेग्मीको तुलनामा उनी बलियो उम्मेदवार रहेको दाबी साझा समूहको रहेको छ । एनसीसी सदस्य, राज्य संयोजक एवं उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका गुरुङ्गले यो कार्यकालमा प्रबक्ताको भूमिका निर्वाह गरेका थिए । कोरोना महामारीका कारण अप्ठेरोमा परेका नेपाली विद्यार्थीलाई राहत सुविधामा सहयोगदेखि उडान अबरोधका कारण अष्ट्रेलियामै रोकिएका नेपाली अभिभावकहरुलाई नेपाल फिर्ता पठाउने अभियानमा गुरुङ्गले देखाएको सक्रिय र अग्रणी भूमिकालाई यहाँका नेपाली समुदायले यो मतदानका बेलामा उच्च मूल्यांकन गर्ने आशा साझा समूहले राखेको छ ।
यता अर्का अध्यक्ष पदका प्रत्यासी एवं वर्तमान महासचिव ज्ञानेन्द्र रेग्मी पनि आफ्नो पक्षमा मत तान्न सक्रिय रुपमा लागेका छन् । उनी लोकतान्त्रिक समूहबाट आफूलाई अध्यक्षको उम्मेदवार बनाउन आवेदन दिएका रेग्मीको साटो नन्द गुरुङ्ग आधिकारिक उम्मेदबार बनेपछि बामपन्थीहरुको समावेशी समूहसँग गठबन्धन गरि उनीहरुकै सहयोगमा अध्यक्षको उम्मेदवार बनेका हुन् । ‘हाम्रो एनआरएनए,राम्रो एनआरएनए’ समूहको नेतृत्व गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका रेग्मी यतिखेर अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका मतदाताहरु समक्ष आफूलाई भोट माग्न इमेल, मेसेज, मेसेन्जेर र फोनमा ब्यस्त रहेका छन् ।
पेशाले इञ्जिनियर रेग्मी सरकारी सेवामा रहेका छन् भने आफ्नै ब्यवसाय पनि रहेको छ । त्यसैले रेग्मीलाई पछिल्लो कार्यकालमा एनआरएनको काम, कार्यवाही र कार्यक्रममा सक्रियता नदेखाएको आरोप लगाउनेहरुको कमी छैन । सामाजिक सञ्जालदेखि बिभिन्न सञ्चार माध्यममा रेग्मीको आलोचनाहरुले निरन्तरता पाउनु यसको कसी हो । तर आफू एनआरएनएमा काम गर्नै भनेर लागेको बताउँदै रेग्मी भन्छन् ‘एनआरएन अष्ट्रेलियालाई समाजप्रति उत्तरदायी र पारदर्शी बनाउन संगठनमा ब्यपाक सुधार गर्दै हाम्रो र राम्रो भनेर सबैले भन्ने एनआरएनए बनाउन म लागिपरेको छु ।’
अष्ट्रेलियाको नेपाली समाजलाई राम्ररी बुझेका विश्लेषक डा. भरतराज पौडेल भन्छन्,‘ अध्यक्ष पदमा रेग्मीले न्यू साउथवेल्सबाट राम्रै मत पाउने देखिएपनि भिक्टोरिया, क्विन्सल्याण्ड लगायतका राज्यका मतदाता गुरुंङ्गको पक्षमा बढि रहेको मेम्बरसीप तथ्यांकबाट स्पष्ट देखिन्छ । यहि परिस्थिति भोली मतदानको अबधिसम्म रहे गुरुङ्गले राम्रै मतान्तरमा विजय हाँसिल गर्नेछन् ।’

तपाइँको प्रतिक्रिया