आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०९:०६ |सिड्नीको समय: ०७:०६ |काठमाडौंको समय: ०२:५१

पारस खड्काले सुनाए आफ्नो भावी योजना

एएनजेड खबरअगस्ट ४, २०२१

नेपाली क्रिकेट राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफ्नो भावी योजना सुनाएका छन् । उनले आफू राजनीतिमा पनि आउनसक्ने संकेत गरेका छन् । ईन्टरनेश्नल क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट आज होटेल हिमालयमा पत्रकार सम्मेलन गर्दै खड्काले यस्तो सुनाएका हुन् । उनले आफ्नो पहिलो प्राथमिकता भनेको नै एकेडेमीमा समय दिने रहेको सुनाए ।

उनले भने,‘मेरो पहिलो प्राथमिकता एकेडेमीमा समय दिने हो । यसको अलावा म क्रिकेट संघमा काम गर्नपनि ईच्छुक छु ।’ उनले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने पनि सम्भावना सुनाए । खड्काले क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर लैजाने योजना पनि साझा गरे । उनले भने,‘म क्रिकेटबाट टाढिएको होइन, अब बेग्लै भूमिका हुन सक्छ । यो मैले धेरै सोचेर लिएको निर्णय हो ।’

8 July 2015; The Irish launch of the ICC World Twenty20 Qualifier that is being co-hosted by Ireland and Scotland from July 9 – 26. Ireland’s first game is on July 10th in Stormont, Belfast. The captains are pictured with the ICC World Twenty20 Trophy for India 2016 that 6 teams will qualify for from the Qualifier in Ireland and Scotland. In attendance at the launch is Nepal captain Paras Khadka. Titanic Visitor Centre, Titanic Quarter, Belfast, Co. Antrim. Picture credit: Oliver McVeigh / ICC / SPORTSFILE (Photo by Sportsfile/Corbis/Sportsfile via Getty Images)

तपाइँको प्रतिक्रिया