आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ११:५५ |सिड्नीको समय: ०९:५५ |काठमाडौंको समय: ०५:४०

स्वर्ण जितेका निरज चोपडालाई नगद पुरस्कारको ओइरो

एएनजेड खबरअगस्ट ८, २०२१

एजेन्सी, २४ साउन । टोकियो ओलम्पिकमा भारतका एकमात्र स्वर्ण पदक विजेता निरज चोपडालाई नगद पुरस्कारको ओइरो लागेको छ । ज्याभलिन थ्रोतर्फको स्वर्ण जितेका २३ वर्षीय चोपडालाई धमाधम नगद पुरस्कारको घोषणा हुन थालेको छ ।

पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले २ करोड भारुको घोषणा गरेका छन् । हरियाणा राज्यको पानीपतस्थित खान्द्रा गाउँमा जन्मिएका चोपडा भारतीय सेनामा कार्यरत छन् ।

हरियाणाका मुख्यमन्त्री एम एल खट्टरले ६ करोड नगद पुरस्कार पाउने बताइसकेका छन् ।


भारतको क्रिकेटसम्बन्धी संस्था बीसीसीआईले १ करोड नगद पुरस्कार घोषणा गरिसकेको छ । चेन्नाई सुपर किंग्सले पनि एक करोड भारुको घोषणा गरेको छ । हवाई कम्पनी इन्डिगोले एक वर्षको निशुल्क यात्राको घोषणा गरेको छ ।

भारत सरकारबाट भारु ७५ लाख, मणिपुर सरकारबाट १ करोड, इन्डियन ओलम्पिक एशोशिएसनबाट ७५ लाख र इलान रिएल्टी ग्रुपबाट २५ लाखको घोषणा भइसकेको छ । उनलाई झण्डै १३ करोड भारु पुरस्कारको घोषणा भइसकेको छ ।

तपाइँको प्रतिक्रिया