सोमबार, मंसिर २०, २०७८ |Mon Dec, 2021
अक्ल्याण्डको समय: २१:२४ |सिड्नीको समय: १९:२४ |काठमाडौंको समय: १४:०९

अबको एनआरएनएको बाटो

डा. केशव पौडेलसेप्टेम्बर २१, २०२१


This image has an empty alt attribute; its file name is keshav-paudel.jpg


सन् २००३ मा स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ८३ वटा राष्ट्रमा फैलिसकेको छ । यी राष्ट्रहरु बाहेक पनि नेपालीको उपस्थिति रहेका अन्य राष्ट्रहरुमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले गैर आवासीय नेपाली संघको सक्रियता देखिन्छ । एक पटकको नेपाली, सँधैंको नेपाली भन्ने मार्मिक वाक्यांशालाई लिएर नेपालसँग देश बाहिर भावनाको देशमा रहेका नेपालीलाई जोड्नका निम्ति स्थापना भएको गैर आवासीय नेपाली संघ देश बाहिर रहेका नेपालीका निम्ति मात्र होइन नेपाल सरकारको दृष्टिकोणमा समेत एउटा महत्वपूर्ण सहयोगी संस्थाको रुपमा उभिन सकेको छ ।


हामी जहाँ रहेपनि नेपाली थियौं, छौं र रहनेछौं भनेर गैर आवासीय नेपाली संघले सुरु गरेको अभियान समयसँगैं बलियो बन्दैं गएको छ । यो अभियानसँगसँगैं उठाइदैं आइएका अन्य सरोकारजन्य बिषयहरु समेत क्रमिक रुपमा सम्बोधन हुँदैं आएको छ ।
संस्था दिनानुदिन सुदृढ बन्ने दिशामा अघि बढिरहँदा यसले गर्नुपर्ने दायित्वका क्षेत्रहरु समेत फराकिलो बनिरहेको छ । गैर आवासीय नेपाली संघको बारेमा चर्चा गर्नुअघि गैर आवासीय नेपालीका बारेमा केही चर्चा गरौं । गैर आवासीय नेपाली संघको नजरमा र उसको दायित्वको रुपमा हेर्दा नेपाल बाहिर रहेका नेपाली सबैं गैर आवासीय नेपाली हुन् । नेपालको संविधानले प्राविधिक रुपमा गैर आवासीय नेपाली को हुन् भनेर परिभाषित गरेको छ । जसका कारण गैर आवासीय नेपाली संघको सदस्यता सार्क मुलुक बाहेकमा अन्य देशहरुमा कम्तिमा २ वर्षदेखि बस्दैं आएका नेपालीले मात्रैं पाउन सक्ने रहेपनि जिम्मेवारीका ढंगले नेपाल बाहिर रहेका सबैं नेपाली गैर आवासीय नेपाली हुन् ।



अहिले विश्वका अधिकांश देशमा नेपालीको उपस्थिति रहेको छ । प्रत्येक देशको कानुन र आप्रवासीलाई दिईने सेवा सुविधा अनुरुप गैर आवासीय नेपाली कतिपय देशमा स्थायी बसोबासको सुविधा सहीत बसेको अवस्था छ । कतिपय श्रम सम्झौता अनुरुप रोजगारीका लागि सिमित बर्षका निम्ति विभिन्न देशहरुमा रहेको अवस्था छ । अध्ययनका निम्ति देश बाहिर रहेका युवा विद्यार्थीको संख्या पनि ठूलो छ । नेपाली बालबालिका जो आफ्ना अभिभावकको काखमा देश बाहिर हुर्किरहेका छन् उनीहरुको संख्या पनि अधिक रहेको छ ।
गैर आवासीय नेपालीले व्यापार–व्यवसाय र रोजगारी गरिरहेका छन् । सानो लगानीको व्यापार व्यवसाय देखि लिएर अन्तराष्ट्रिय ब्रान्डका विश्वभर संजाल रहेका विभिन्न व्यवसायहरुमा समेत गैर आवासीय नेपालीको हिस्सेदारी रहेको छ । विश्व प्रसिद्व कम्पनीका विभिन्न ओहोदामा समेत नेपालीहरुको उपस्थिति छ ।


यसरी हेर्दा संघर्षको चरणमा रहेकादेखि केही गर्न सक्ने अवस्थामा गैर आवासीय नेपालीहरु रहेका छन् । समान्यतया: आप्रवासीको रुपमा नेपाल बाहिर रहेका गैर आवासीय नेपालीको उपस्थितिलाई हामीले चार पुस्तामा वर्गिकरण गर्न सक्छौं । पहिलो पुस्ता जो बाध्यताले बाहिरियो, दोस्रो पुस्ता जो अवसरको लागि बाहिरियो, तेस्रो पुस्ता जो अवसर निर्माण गर्ने हैसियत बनायो र चौथो पुस्ता जो नेपाली डायस्पोराको स्वर्णिम भविष्य निर्माण गर्न कुरिरहेको छ । आज गैर आवासीय नेपाली दिन सक्ने भएका छन् । र त्यो गैर आवासीय नेपाली जो दिन सक्ने भएका छन् , केही गर्न सक्ने भएका छन् उनीहरुले गर्ने भनेको मातृ भूमि नेपालका लागि हो , नेपाल र विश्वभर रहेको नेपालीको निम्ति हो ।


नेपाली डायस्पोरा बलियो बन्दैं गएको छ । डायस्पोरा सक्षम बनिरहेको छ । पुँजीको हिसाबले नेपालमा केही गर्न सक्ने भएका छन् । दक्षता, सिप, ज्ञान र अनुभवले खारिएको नेपाली डायस्पोरा तयार भइसकेको छ । र त्यो नेपाली डायस्पोरा नेपालसँग जोडिरहेको छ । नेपालको बिकास र समृद्दिको सहयात्री बन्न लम्किरहेको छ । व्यक्तिगत होस् वा सामुहिकको रुपमा लगानीको लागि नेपाली डायस्पोरा तयार छ, त्यसको सुरुवात समेत भैसकेको छ । विदेशमा सिकेको दक्षतालाई नेपाली माटोसँग जोड्ने क्रम पनि सुरु भैसकेको छ । यति मात्र नभई सेवाको क्षेत्रमा समेत गैर आवासीय नेपालीको सक्रियता उत्तिकैं रहेको छ । सामुहिक देखि व्यक्तिगत रुपवाट गैर आवासीय नेपालीले विभिन्न सामाजिक कार्यमा आफूलाई जोडेका छन् । र यी सबैं कार्यहरु गैर आवासीय नेपाली संघ मार्फत संभव भएको हो । एनआरएनए अभियानले विश्व भर रहेका नेपालीलाई जोडेको मात्र छैन नेपालको एउटा अहं हिस्सा बनाइदिएको छ ।


स्थापनाको समय र अहिले आइपुग्दाको समयमा हाम्रा आवश्यकताका क्षेत्रहरु र प्राथमिकताका विषयहरु केही तल माथि हुन गयो होला तर पनि दिन दिनैं गैर आवासीय नेपाली संघको भूमिका झन् झन् बढेर गएको छ । यो अवधिमा गैर आवासीय नेपाली संघ के हो ? यो किन चाहिएको हो ? एनआरएनए अभियानले के गर्छ भन्ने जस्ता विषयहरु समय क्रमसँगैं स्वत: प्रमाणित भैसकेको अवस्था छ । गैर आवासीय नेपालीका लागि गैर आवासीय नेपाली संघ किन आवश्यक छ भन्ने पक्ष यो बिचमा एनआरएनए अभियानले प्राप्त गरेको सफलताबाट सिद्द भैसकेको छ । र नेपालको निम्ति गैर आवासीय नेपालीले के गर्न सक्छन्, गैर आवासीय नेपालीलाई नेपाल सँग जोड्न सक्दा त्यसको उपलब्धी के हुन्छ, गैर आवासीय नेपाली संघलाई हातेमालो गर्न सक्ने वातावरण दिंदा देशले के फाइदा लिन सक्छ भन्ने विषय पनि देशले भुकम्पवाट व्यवहोरेको क्षतिको समयमा होस् वा बाढी पहिरो जस्ता अन्य प्राकृतिक प्रकोपको समयमा होस् एनआरएनहरुले खेलेको भूमिका देखि व्यक्तिगत तथा सामुहिक रुपमा एनआरएनहरुवाट भैरहेको लगानीहरुले पनि त्यसको उपदायतालाई चित्रित गरेको छ । सामाजिक सेवाका विभिन्न क्षेत्रमा समेत गैर आवासीय नेपालीको उपस्थितिले पनि त्यसलाई थप परिभाषित गरिदिएको छ । अझ पछिल्लो समय पुँजी सँगैं नेपाल भित्रिरहेको सिप र ज्ञानको सम्मिश्रणले भविष्यमा एनआरएनहरुबाट नेपालले लिनसक्ने दुरगामी महत्वको पक्षको समेत संकेत गरिसकेको छ ।



गैर आवासीय नेपाली संघलाई नेपाल सरकार, नेपालका राजनितिक दल, नागरिक समाज लगायत सम्बद्व सबैले सकारात्मक रुपबाट लिएको देखिन्छ । त्यही कारणले एनआरएन अभियान अघि बढ्दैं जाँदा केही महत्वपूर्ण उपलब्धीहरु समेत प्राप्त भएको छ । झण्डैं ५० लाख जनसंख्या देश बाहिर रहेको पक्षलाई नेपाल सरकारले सम्बोधन गर्ने काम गरेको छ । गैर आवासीय नेपाली संघले निरन्तर आवाज उठाइरहदा गैर आवासीय नेपालीले गैर आवासीय नेपाली नागरिकता पाउने अवस्था बनेको छ । नेपालको संविधानले गैर आवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने सुनिश्चित गरिसकेको अवस्था छ । यो महत्वपूर्ण उपलब्धीको जगमा टेकेर गैर आवासीय नेपाली संघले अन्य विषयहरुमा आफूलाई भविष्यमा उभ्याउनुपर्ने हुन्छ । नेपालको विकास र समृद्दिको सहयात्री बन्दैं गैर आवासीय नेपाली संघले गैर आवासीय नेपालीको हक, हित तथा अधिकारका निम्ति आगामी बाटो कोर्नुपर्नेछ ।


सन् २०१६ मा अमेरिकाको न्यूजर्सीमा भएको क्षेत्रीय सम्मेलन मार्फत आधार तय भएको एनआरएनए आइसिसीले बोकेको भिजन २०२० एण्ड बियोण्डले निर्धारण गरेको मिसन अन्तर्गत गैर आवासीय नेपाली संघ अघि बढ्नुपर्ने हुन्छ । क्षेत्रीय रुपमा अमेरिकावाट सुरु गरी नेपालमा अन्तराष्ट्रिय ढंगवाट सम्पन्न गरिएको एनआरएन विज्ञ सम्मेलनले तयार पारेको प्रतिवेदनको कार्यन्वयनको दिशामा गैर आवासीय नेपाली संघले तदारुकता देखाउनुपर्ने छ । गैर आवासीय नेपालीको पुँजी, ज्ञान, सिप र अनुभवलाई नेपालको बिकास र समृद्दिमा जोड्नका निम्ति नेपाल सरकारसँग मिलेर योजनाबद्व रुपमा कार्यक्रमहरु गर्नुपर्नेछ ।


गैर आवासीय नेपालीले पाउने नागरिकता सहज र सरल ढंगले पाउनका निम्ति आवश्यक कानुन निर्माणमा संघले प्रभावकारी भूमिका खेल्नुपर्ने हुन्छ । यी बाहेक एक पटकको नेपाली, सधैंको नेपाली हुन् तसर्थ नागरिकतामा विभेद हुन नहुने पक्षमा समेत संघ उभिदैं एकै प्रकारको नागरिकताको व्यवस्था मिलाउन पहल गर्नुपर्ने हुन्छ, सँग सँगैं समय क्रमसँगैं राजनितिक अधिकार प्राप्तिको दिशामा समेत अघि बढ्नुपर्दछ । विश्वभर रहेका नेपालीले जहाँ बसिरहेका छन् त्यहीबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन तथा नागरिकता समेत सम्बन्धित देशमा रहेका नेपाली नियोगबाट पाउने अवस्था निर्माण गर्न संघले भूमिका खेल्नुपर्दछ ।



कतिपय देशमा बस्ने नेपालीलाई दोहोरो करका कारण समस्या रहेको छ, त्यसलाई हटाउनका लागि समेत सम्बन्धित पक्षसग संघले छलफल गर्नुपर्दछ । नेपालमा लगानी भित्र्याउन र आवश्यक परेको अवस्थामा आफू बसेको मूलूकमा पुँजी स्थानान्तरण गर्नका लागि सरल वातावरण निर्माण गराउन पनि संघले पहल गर्नुपर्दछ । वैदेशिक रोजगारीमा रहेका गैर आवासीय नेपालीहरुका निम्ति संघले प्रभावकारी कार्य गर्दै अहिलेको वैदेशिक रोजगार राहत कोषको आकारमा वृद्दि गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित र सम्मानित बनाउनका लागि आवश्यक निति तर्जुमा गर्न सहयोगी भूमिका संघले खेल्नुपर्नेछ । नेपालमैं पनि सिप सिकाउने र सकभर सिपयुक्त जनशक्तिलाई नेपालमैं राख्नको निम्ति वातावरण निर्माण गर्ने,नभए सिप सिकेर मात्रैं देश बाहिर जानका निम्ति आवश्यक पूर्वाधार बनाउने तर्फ एनआरएनएले भूमिका खेल्नुपर्दछ ।


संस्थाको नेपाल पोलिसी इन्ष्टिच्युटलाई प्रभावकारी बनाउँदैं विदेशमा हुर्किरहेको भावी पुस्तामा नेपालको भाषा तथा संस्कृतिको पुस्तानान्तरण गर्न पनि संघले आवश्यक कदम चाल्नुपर्नेछ । संघको सदस्यता किन लिने भन्ने प्रश्न समेत यदाकता सुनिन्छ, यो प्रश्नको जवाफ संघले आफ्नो भूमिकाबाट दिन सक्नुपर्दछ । नेपालीको उपस्थिति रहेको देशहरुमा संगठन विस्तार गर्दै एनआरएनएमा गैर आवासीय नेपालीलाई गोलबन्द गर्ने र युवा, विद्यार्थी र महिलाको उपस्थिति बढाउन लक्षित कार्यक्रमहरु संचालन गर्नुपर्दछ ।
नेपाल विकास र समृद्दिको यात्रामा अघि बढिरहेको छ । यो अवस्थामा हामी गैर आवासीय नेपालीले समेत त्यसमा देखिने गरी योगदान गर्नुपर्ने आवश्यकता रहेको छ । अब संघले नयाँ ढंगबाट ठोस योजना सहीत विभिन्न परियोजनाहरुलाई प्राथमिकताका आधारमा वर्गिकरण गर्दै ती योजनाहरुलाई सम्पन्न गर्ने गरी अघि बढ्नुपर्दछ ।

संस्थागत ढंगवाट समेत सुदृढ, मित्यव्ययी र पारदर्शि संघ निर्माणमा हाम्रो जोड हुनुपर्दछ । अहिले जसरी खर्चिलो चुनावी प्रक्रिया छ, यसलाई परिवर्तन गर्नुपर्दछ । संस्थाको सदस्य बन्नेहरुलाई कुनैं पनि क्षेत्रवाट भएपनि सहुलियत पाउने अवस्था निर्माण गर्नुपर्दछ । राष्ट्रिय समन्वय परिषद्हरुलाई बढी भन्दा बढी अधिकार दिई शक्तिको विकेन्द्रीकरणको अवधारणामा जानुपर्दछ । संघको सचिवालयलाई चुस्त राख्दैं सबैं गैर आवासीय नेपालीको पहुँचको केन्द्र बनोस् भन्ने गैर आवासीय नेपालीले चाहिरहेका छन् । संघ गैर आवासीय नेपालीको भरोसाको आधार, विश्वासको प्रतिमूर्ति र भविष्य निश्चितताको प्रारुप बन्न सक्नुपर्दछ ।


गैर आवासीय नेपाली संघ नेपाल बाहिर रहेका हामी आम गैर आवासीय नेपालीको विश्वासको थलो हो । आशा अनि अपेक्षाको केन्द्र पनि हो । त्यसैले संघले क्षणिकता र निहित स्वार्थ केन्द्रीत कुनै पनि योजना र कार्यक्रम ल्याउँदा केवल सिमित कार्यसमिति वा कार्यकाललाई मात्र होइन त्यसले दुरगामी रुपमै एनआरएनए अभियानलाई आघात पुर्याउँछ भन्ने हेक्का राखिनु जरुरी छ । ल्याइने कार्यक्रम र योजनाहरु विश्वसनियताको धरातलमा खरो उत्रन सकेको हुनुपर्दछ । यदि संघले ल्याएका योजनाहरु विश्वसनिय हुन सकेनन् भने त्यसको प्रभावकारितामा मात्रै प्रश्न उठ्दैंन आम गैर आवासीय नेपालीको भावनामा समेत त्यसले चोट पुर्याउदछ ।

मैले यस अघि पनि संघले ल्याएका केही कार्यक्रमहरु वारे टिप्पणी गरेको थियो । आलोचनात्मक ढंगले सुझाव समेत दिएको थियो । सस्तो लोकप्रियताको जगमा टेकेर ल्याइने कार्यक्रमले दुरगामी रुपमा संस्थाको अभियानलाई नै बाधा पुर्याउँछ भन्ने मेरो भनाई रहँदै आएको छ । एकल वा सिमित घेरावाट ल्याइने योजना र कार्यक्रमले आम गैर आवासीय नेपालीको भावना बोक्न सक्दैन,र यसले परिणाम पनि सकारात्मक दिदैंन भन्ने तर्फ मैले खबरदारी गर्दै आएको छु । विगतमा पनि निशुल्क सदस्यता, प्रतिनिधि चयन, एमआइएस सिष्टम र अनलाइन निर्वाचन प्रणालीका सन्दर्भमा मैले सुझाव सहीतको आलोचनात्मक दृष्टिकोण राखेको थिए । तर कतिपय एनआरएनए अभियानलाई कछुवाले पृथ्वी थेगेजस्तै ठान्नेहरुले सकारात्मक रुपमा लिएनन् । जसको परिणाम गैर आवासीय नेपालीहरुले भोगिरहनुपर्ने अवस्था छ । विश्वका विभिन्न देशमा असन्तुष्टिका चाङ लागेको छ, शंकाको पहाड खडा भएको छ, निष्पक्ष रुपमा निर्वाचन हुने आधार दिन हम्मे हम्मे परिरहेको अवस्था देखिन्छ, सदस्यहरुको डाटा सुरक्षाको सन्दर्भमा पनि गैर आवासीय नेपालीको विश्वास जित्न गाह्रो परेको अवस्था छ । यस्ले के देखाउँछ भने नेतृत्वमा जानेले सबैको सहभागिता विना आफूले निर्णय लाद्ने कोशिष गर्दा धरातलमा व्यवहारिक कार्यन्वयन गर्न भने त्यसले जटिलता थप्दछ भन्ने प्रष्ट पार्दछ । यसर्थ हाम्रो एनआरएनए संस्थालाई सबैको साझा संस्था बनाउँदैं गैर आवासीय नेपालीसँग अन्तरसम्बन्धित हरेक समस्याको समाधानको थलो बनाउने अनि मनैवाट एनआरएनहरुले अपनत्व अनुभूति गर्ने घर बनाऊ ।
जय एनआरएन । जय एनआरएनए ।

(लेखक: एनआरएनए आइसिसी, महासचिव पद्का उम्मेद्वार हुन्)

तपाइँको प्रतिक्रिया