शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १०:४६ |सिड्नीको समय: ०८:४६ |काठमाडौंको समय: ०४:३१

अफगान महिलाले अलग्गै विद्यालय र विश्वविद्यालयमा पढन पाउने

एजेन्सीसेप्टेम्बर १३, २०२१


This image has an empty alt attribute; its file name is afgan-women.jpg

अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारले महिलाले अलग्गै विद्यालय र विश्वविद्यालयमा पढन पाउने बताएको छ । तर अनुहार छोपेर मात्रै पठनपाठनमा सहभागी हुन पाउने पनि उसले जनाएको छ ।
अफगानिस्तानको उच्च शिक्षा मन्त्री अब्दुल बकी हक्कानीले आइतबार शिक्षा सम्बन्धमा नयाँ नीति ल्याउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराउँदै यसप्रकारको धारणा राखेका हुन् । २० वर्षपछि तालिबान नेतृत्वको सरकारको पुनरागमन हुँदा महिला अधिकारबारे थुप्रै संशय उब्जिएको थियो । तालिबानको पछिल्लो शासनकालमा महिलाको पठनपाठन र पेशा ब्यवसाय गर्न पाउने अधिकारबाट बञ्चित गरिएको थियो ।
हक्कानीले बिगत्को भन्दा महिला अधिकारमा तालिबान उदार हुने दाबी गरेका छन् । यद्यपि महिलालाई खेलकूद गतिविधिमा सहभागी हुन भने रोक लगाइएको छ । महिलालाई लक्षित गरी सञ्चालनमा रहेको विश्वविद्यालयका लागि पनि केही संहिता तयार गरिने उनले बताए । महिलाले पढ्न जाँदा टाउको र अनुहार अनिवार्य रुपमा छोप्नुपर्ने नियम आउने जानकारी दिदै उनले भने, “हामीले केटा र केटीलाई सँगै पढ्न अनुमति दिने छैनौं ।”

तपाइँको प्रतिक्रिया