शुक्रबार, वैशाख २१, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०२:३५ |सिड्नीको समय: ००:३५ |काठमाडौंको समय: २०:२०

जब अमेरिकी राष्ट्रपतिले अष्ट्रेलियाका प्रधानमन्त्रीको नाम बिर्सिए !

एएनजेड खबरसेप्टेम्बर १७, २०२१



This image has an empty alt attribute; its file name is biden-morrison-1024x651.jpg
photo source : scott morrison facebook.

सिडनी । अमेरीकाका राष्ट्रपति जो बाइडेनले नयाँ सुरक्षा गठबन्धनमा सहभागी भएकोमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई धन्यबाद त दिए, तर मारिसनको नाम चाहिँ बिर्सिए ।
अवसर थियो, इन्डो प्यासिफिक क्षेत्रमा चिनको बढदो सैन्य प्रभाव रोक्न अष्ट्रेलिया, अमेरिका र बेलायतबीच भएको त्रिपक्षीय सुरक्षा सम्झौतापछिको भर्चुअल बैठक ।
‘ओकस’ नाम दिइएको सो सम्झौताबारे भर्चुअल बैठकमा बोल्ने क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले भने, ‘धन्यबाद बोरिस अनि म यी अष्ट्रेलियाइ बन्धुलाई पनि धन्यबाद दिन चाहन्छु, धेरै धेरै धन्यबाद मित्र, हामी यसको सराहाना गर्छौ प्रधानमन्त्री ।’
टेलिभिजनमा हवाइटहाउसको तर्फबाट गरिएको घोषणामा देखाइएको भिडियोमा बेलायतका प्रधानमन्त्री बोरिस जनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनपनि देखिन्थे । दुबै भर्चुअल रुपमा सहभागी थिए । अमेरीकी राष्ट्रपतिले बोरीसको नाम त उच्चारण गरे, तर मोरिसनको नाम बिर्सिएर ‘यी बन्धु’ मात्र भने ।
अमेरीकाजस्तो महाशक्ति मुलुकका राष्ट्रपतिले आफ्ना सुरक्षा साझेदार मुलुक अष्ट्रेलियाका प्रधानमन्त्रीको नाम बिर्सेको घटनाले अष्ट्रेलियामा मात्र हैन, विश्वर आश्चर्य छायो । वाइडेनको यो ‘गल्ती’लाई अष्ट्रेलियाका मिडियाले उछाले ।
‘सिडनी मर्निङ हेरल्ड’ले समाचार विश्लेषणमा लेख्यो, ‘सुरक्षा साझेदारीको त्यो सानदार सुरुवात हुन सकेन, जुन मारिसनले अपेक्षा गरिरहेका थिए । निश्चित रुपमा जब जो वाइडेनले महत्वपूर्ण घडीमा उनको ( अष्ट्रेलियाली प्रम)को नाम बिर्सिए ।’
सिडनीको ‘डेली टेलीग्राफ’मा जेम्स मोरोले लेखे, ‘यो अन्योलले भरिएको क्षणमा यो विशेष सम्झौताको महत्व कम गर्न सकिंदैन । यो सम्झौता यस्तो समयमा भएको छ, जब एसिया प्रशान्त क्षेत्रमा चीन सेना आफ्नो प्रभाव बढाइरहेका छन् ।’
अमेरीकी राष्ट्रपतिबाट नाम बिर्सेको मात्र हैन, देशकै नाम गलत उच्चारण गरेका घटना यसअघि भएकै हुन् । पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई ‘निपल’ भनेको घटना ताजै छ ।
अष्ट्रेलियाका प्रमको नाम बिर्सिए पनि राष्ट्रपतिको नियतमा भने कसैले खोट लगाउने ठाउँ छैन । मुख्य कुरा, ओकस सुरक्षा साझेदारी हो, जस अन्तर्गत अष्ट्रेलियाले पहिलो पटक परमाणु उर्जामा आधारित पनडुब्बी निर्माण गर्ने सम्झौतामा उल्लेख छ । सोही कारण अष्ट्रेलियाले फ्रान्ससँग गरेको पनडुब्बी खरिद सम्झौता रद्द गरिसकेको छ ।



तपाइँको प्रतिक्रिया