मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १६:०३ |सिड्नीको समय: १४:०३ |काठमाडौंको समय: ०९:४८

अष्ट्रेलियाको नेपाली राजदूतावासले मनायो संविधान दिवस

एएनजेड खबरसेप्टेम्बर २१, २०२१
This image has an empty alt attribute; its file name is embesi-zoom-1024x466.jpg


नेपाली राजदूतावास अष्ट्रेलियाले संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यवाहक राजदूत द्रुपदा सापकोटाको उपस्थितिमा जुम मार्फत भएको सो कार्यक्रममा अष्ट्रेलिया र न्यूजिल्याण्डका कुटनितिक अधिकारी, अवैतानिक वाणिज्यदूत, गैरआवासीय नेपाली संघका प्रतिनिधि र सामाजिक अभियन्ताहरुले बर्तमान परिप्रेक्ष्यमा संविधानको महत्वका विभिन्न आयामहरुको बारेमा चर्चा गरेका थिए ।


कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत सापकोटाले संविधानसभा मार्फत जारी भएको संविधानलाई देश विदेशमा भब्यताका साथ मनाउने परम्पराले संविधानको भावना र मर्मको रक्षाका लागि अझ बल पुग्ने बताइन् । संविधान राज्यको मूल कानुन भएकाले यसको मर्म र भावना बमोजिम राज्य व्यवस्था संचालन गर्न, संविधानमा लिपिबद्ध गरिएका जनताका आधारभूत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्दतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायीक वितरण गर्नेतर्फ नेपाल सरकार लागि परेको कार्यवाहक राजदूत सापकोटाको तर्क थियो ।


त्यस्तै न्यू साउथ वेल्स राज्यका अवैतानिक बाणिज्यदूत दिपक खड्काले नेपाली जनताको बलिदानबाट प्राप्त संविधानको रक्षाको लागि संसारका जुनसुकै कुनामा रहेका नेपालीको भूमिका त्यतिकै रहने बताउँदै भने,‘ संघीयता, धर्मनिरपेक्षता, जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, कानूनी शासन र पूर्ण प्रेस स्वतन्त्रता तथा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्त लगायत लोकतान्त्रिक मूल्य र मान्यता नयाँ संविधानका आधारभूत विशेषता हुन् यसको रक्षाको लागि हामी सबैको उतिकै दायित्व रहेको छ ।’


दूतावासले आयोजना गरेको संविधान दिवसको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै भिक्टोरिया राज्यका अवैतानिक बाणिज्यदूत चन्द्र योन्जनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि संविधानले सुनिश्चित गरेका नागरिकहरुका राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक हक अधिकारहरूको पूर्ण तथा उचित कार्यान्वयन गर्दै कार्यस्थल लोकतन्त्रको स्थापना गर्नु आजको आवश्यकता बताए ।


कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्गले संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत वलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गरेको बताए ।


निर्मल भट्टराईले सञ्चालन गरेको सो अन्तकृया कार्यक्रममा साउथ अष्ट्रेलियाका अवैतानिक बाणिज्यदूत दिपक धमला, पत्रकारहरुको संस्था एन्जाका महासचिव चिरन्जीवी देवकोटा, एनआरएनए ओसेनिया क्षेत्रिय महिला संयोजक जानकी पौडेल, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष अशोक बस्नेत, महासचिव राजु अधिकारी,सचिव सन्ध्या शाह, एनआरएनए अभियन्ताहरु रञ्जु थापा, डिला खरेल, नेपाली कांग्रेसका युवा नेता अशोक सुवेदी, विश्लेषक डा भरतराज पौडेल, कृष्ण हमाल, दिपेश सिंखडा, लेखराज पोखरेल, पिटर गिब्स, दिक्पालदेव पंगेनी, निरु त्रिपाठी, महता चापागाँई,सन्तोष मल्ल, शम्भु कँडेल लगायतका बक्ताले संविधान दिवशको अवसरमा शुभकामना मन्तब्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया