शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:२२ |सिड्नीको समय: २०:२२ |काठमाडौंको समय: १६:०७

‘राजा हुन आएको’ भन्दै श्रीपेच चोर्न खोज्ने पक्राउ

एएनजेड खबरसेप्टेम्बर २४, २०२१
This image has an empty alt attribute; its file name is shreepech.jpg


काठमाडौ । राजतन्त्र समाप्तीपछि नारायणहीटी दरबार संग्राहलमा राखिएको राजाको श्रीपेच चोरीको प्रयास असफल भएको छ ।
शुक्रवार विहान एक युवकले संग्राहलयमा राखिएको श्रीपेच चोर्न खोजेका थिए । अवलोकनका लागि पुगेका पश्चिम रुकुम मुसिकोट–११ का २५ वर्षीय खिमबहादृर घर्तीले सिसाको वक्स फुटाएर श्रीपेच निकाल्न खोजेका थिए ।
चोरी हुन थालेको तत्काल सेनाले देखेपछि घर्तीलाई नियन्त्रणमा लिए ।
सिसा फुटाउँदा घर्तीको हातमा समेत चोट लागेको छ ।
घर्तीले ‘म राजा हुन आएको हुँ’ भन्दै श्रीपेच निकाल्न खोजेको महानगरिय प्रहरी बृत्त दरबारमार्गका प्रमुख रामेश्वर पौडेलले बताए ।
घर्तीको मानसीक स्वास्थ्य अवस्थाबारे जाँच भइरहेको छ ।


तपाइँको प्रतिक्रिया