सोमबार, वैशाख २४, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०२:०६ |सिड्नीको समय: ००:०६ |काठमाडौंको समय: १९:५१

एनआरएन अष्ट्रेलियाका अध्यक्षद्वारा नागरिकता मुद्दा अविलम्ब हल गर्न माग

एएनजेड खबरसेप्टेम्बर २७, २०२१

गैर आवासीय नेपाली सँघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले गैर आवासीय नेपालीको नागरिकताको मुद्दालाई अविलम्ब हल गर्नुपर्ने माग गरेका छन् ।
संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका कुल आचार्यलाई जुम वैठकमार्फत शुभकामना र समर्थन व्यक्त गर्ने क्रममा अध्यक्ष गुरुङले भने, ‘हामीले सन् २००३ देखि नै नागरिकताको विषय उठाउँदै आएका हौं । तर, नेपाल सरकारले हामीलाई अलमल्याइरहेको छ । धेरै ढिलो भयो, अब यो विषयको संबोधन हुनैपर्छ ।’
गैर आवासिय नेपाली सँघ राष्ट्र निर्माणको साझेदारी हुनुपर्ने र नेपालमा लगानी भित्रयाउन विशेष कार्ययोजना र दृढताका साथ नयाँ नेतृत्वले कदम चाल्नैपर्ने गुरुङले सल्लाह दिए ।
संघको निर्वाचनका क्रममा प्रतिनिधि छनौटमा अपनाइएको फर्मुलाबाट समस्या उब्जीएको बताउँदै उनले अहिलेसम्म आफुहरुलाई प्रतिनिधि नम्बर नदिइएको गुनासो पनि गरे ।
‘अष्ट्रेलियामा संघको सदस्य बन्न चाहनेहरु थुपैै्र छन्, तर अहिलेसम्म हामीलाई नै डेलिगेट नम्बर दिइएको छैन, यो समस्या तत्काल हल होस्’, उनले भने ।
अध्यक्षका प्रत्यासी कुल आचार्यप्रति समर्थन जनाउँदै उनले भने, ‘तपाइका एजेन्डा सबै उचित छन् । तपाइको उम्मेदवारीले हामी उत्साहीत भएका छौं । अष्ट्रेलियाका बासिन्दा, साथी र शुभचिन्तकका तर्फबाट तपाइलाई पूर्ण समर्थन छ ।’

तपाइँको प्रतिक्रिया