मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १२:१७ |सिड्नीको समय: १०:१७ |काठमाडौंको समय: ०६:०२

क्राइम पेट्रोल नेपाल’ लिएर आउँदैछन्, दिपकराज गिरी

एएनजेड खबरसेप्टेम्बर ३०, २०२१

This image has an empty alt attribute; its file name is 243517315_1091177504753548_4347239603699831195_n.jpg


हास्य सिरियल ‘तितो सत्य’मार्फत टेलिभिजनमा ख्याती कमाएका कलाकार दिपकराज गिरी लामो अन्तरालपछि सानो पर्दामा ‘कमब्याक’ हुँदैछन् ।

कोरोना माहामारी र लकडाउनका कारण चलचित्र निर्माण अवरुद्ध भइरहेको बेला कलाकार गिरी ‘क्राइम पेट्रोल नेपाल’ नामक कार्यक्रम लिएर सानो पर्दामा देखिन लागेका हुन् ।
सामाजिक संजालमार्फत उनले यो जानकारी दिएका हुन् ।


दिपकले एक होस्टका रुपमा संचालन गर्ने ‘क्राइम पेट्रोल’ संचारकर्मी रवी लामीछानेको ‘ग्यालेक्सी फोरके’ टिभी च्यानलमा प्रशारण हुनेछ ।
भारतीय टिभी च्यानल ‘सोनी’मा प्रसारण हुँदै आएको अपराध र अनुसन्धानमा आधारित कार्यक्रम ‘क्राइम पेट्रोल’को अनुमतिमा ग्यालेक्सी फोरकेले नेपालमा पनि सोही ढाँचाको कार्यक्रम प्रशारण गर्न लागेको हो ।


अपराधका घटना र अनुसन्धान प्रकृयालाई नाटय रुपान्तरणमार्फत प्रस्तुत गरिने कार्यक्रममा गिरी कलाकार भने हुने छैनन् । केही फरक भूमिकामा देखिन आफुले क्राइम पेट्रोलको होस्ट गर्न लागेको उनले बताएका छन् ।

तपाइँको प्रतिक्रिया