शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:२२ |सिड्नीको समय: २०:२२ |काठमाडौंको समय: १६:०७

अष्ट्रेलियाको सिमा खुल्दै, नेपाली विद्यार्थी आउन पाउलान् त ?

प्रकाश हुमागाँई/सिड्नीअक्टोबर २, २०२१
This image has an empty alt attribute; its file name is thumb.jpg


कोभिड–१९ को महामारीले थलिएको अष्ट्रेलियाले आगामी नोभेम्वरदेखि अन्तराष्ट्रिय आवागमनमा सहजता ल्याउने भएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले भ्याक्सिनको दुबै डोज लगाउनेहरुको संख्या ८० प्रतिशत पुगे लगत्तै अष्ट्रेलिया आगमनमा सहजता ल्याउने घोषणा गरेका छन् ।
कोभिडका कारण गत बर्षको मार्च महिनादेखि बन्द अष्ट्रेलियाको सिमा खोलिए लगत्तै देश बाहिर रहेका करिव ४५ हजार अष्ट्रेलियनहरुलाई स्वदेश फर्किन सहज हुनेछ ।

त्यस्तै सरकारले यही डिसेम्बरबाट विदेशी विद्यार्थी आगमनको ढोका खोल्दैछ । ७० देखि ८० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाइसकेपछि विदेशी विद्यार्थीलाई फिर्ता ल्याउने योजना अष्ट्रेलिया सरकारको छ ।

यो योजनाले अष्ट्रेलियाको भिसा लिएर बसेका धेरै नेपाली विद्यार्थीमा आशाको संचार त गरेको छ, तर नेपाली विद्यार्थी पहिलो चरणमा प्राथमिकतामा पर्छन् या पर्दैनन्, त्यो चाहिँ निश्चित छैन ।

अष्ट्रेलियाले अन्र्तराष्ट्रिय विद्यार्थीबाट करिब ४० अर्ब डलर बराबरको व्यवसाय गर्दै आएको छ । यति मात्र हैन, अन्र्तराष्ट्रिय विद्यार्थीबाट विभिन्न क्षेत्रमा जनशक्तिसमेत र्र्पूिर्त हुँदै आएको छ ।

विदेशी विद्यार्थी सबैभन्दा बढी भित्र्याउने राज्य न्यू साउथवेल्स हो, जहाँ अष्ट्रेलियाका कूल विदेशी विद्यार्थीमध्ये ३८ प्रतिशत छन् । अन्र्तराष्ट्रिय शिक्षा क्षेत्रले राज्यको अर्थतन्त्रमा १४ दशमलव ६ बिलियन डलरको योगदान गरिरहेको छ ।

विद्यार्थी फिर्ता ल्याउँदा आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने राज्यका ट्रेजरर डोमिनिक पेरोट्सको विश्वास पनि छ । विदेशी विद्यार्थीमध्ये ९५ हजार पूर्ण कालिक जनशक्ति हुन् ।

अष्ट्रेलिया आउन चाहने विद्यार्थी स्वदेशमै रोकिंदा अष्ट्रेलियाको अर्थतन्त्र र जनशक्ति आपूर्तीमा प्रभाव परिरहेको छ । यो अवस्थाको अन्त्यका लागि विभिन्न देशमा अड्किएका अन्र्तराष्ट्रिय विद्यार्थीलाई फिर्ता ल्याउन न्यू साउथ वेल्स राज्यको योजनालाई संघीय सरकारले मान्यता दिने भएको छ । यही डिसेम्बरबाट विद्यार्थी फिर्ताको कार्यक्रम सुरु गरिनेछ ।

डेपुटी प्रिमियर जोन बारालारोले २४ सेप्टेम्बरमा विज्ञप्ति जारीगर्र्दै पहिलो चरण अनुसार फिर्ता आएका विद्यार्थीलाई सिडनीको रेडफर्नस्थित आवासमा १४ दिने क्वारेन्टाइनमा राखिने जनाए । पाइलट कार्यक्रमका विभिन्न चरणमा ५७ विद्यार्थी फिर्ता ल्याउने योजना छ ।

राज्यको शैक्षिक निकाय स्टडी एनएसडब्ल्यूका अनुसार डिसेम्बरको पहिलो सातादेखि हरेक साता २ सय ५० विद्यार्थी अष्ट्रेलिया आउन पाउनेछन् । अष्ट्रेलियाको भिसा लागेर स्वदेशमै पर्खिरहेका दशौं हजार विद्यार्थी यसबाट लाभाविन्त हुनेछन् ।

योजनाले अघि सारेका सर्त र प्राथमिकता हेर्दा नेपाली विद्यार्थीले पहिलो चरणमै पालो आउने सम्भावना तत्काल नदेखिने विश्लेषक डाक्टर भरतराज पौडेलले बताए । कम्तीमा ७० प्रतिशत जनताले कोरोना विरुद्धको खोप लगाइसकेपछि मात्र अन्र्तराष्ट्रिय विद्यार्थीका लागि सीमा खोल्ने योजना ल्याइए पनि अष्ट्रेलियाले मान्यता दिएको खोपको दुबै मात्रा लगाएका विद्यार्थीलाई प्राथमिकता दिइने बताइएको छ ।

अस्ट्रेलियाले अहिले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका र मोड्रेर्नालाई मात्र मान्यता दिँदै आएको भएपनि चिनियाँ भ्याक्सिन सिनोभ्याक्स र भारतीय खोप कोभिसिल्डलाई पनि मान्यता दिने क्रममा रहेको प्रधानमन्त्री मोरिसनले सार्वजनिक गरिसकेका छन् । अष्ट्रेलिया आउन चाहने विद्यार्थीले यी भ्याक्सीन मध्ये एक लगाएको हुनुपर्नेछ ।

हाललाई सिंगापुर, हङकङ, मलेसिया, जापान र थाइल्यान्डका विद्यार्थी मात्र आउन पाउने यहाँका संचार माध्यमले जनाएका छन् । स्थानीय समाचार संस्था ‘एबीसी’का अनुसार विद्याबारिधि गरिरहेका, अध्ययन पूरा गर्न लागेका तथा मेडिसिन र स्वास्थ्य विषय पढिरहेकाले प्राथमिकता पाउनेछन् ।

त्यसो त अष्ट्रेलियाले विदेशी विद्यार्थी भित्रयाउनेमध्ये नेपाल तेश्रो ठूलो मुलुक हो । यसको ख्याल गर्दै नेपाली विद्यार्थीलाई अष्ट्रेलिया सरकारले प्राथमिकतामा राख्ने आशा पनि जिवितै छ । तर, खोपका शर्त र प्राथकिता तोकिएका विद्यार्थीको कसीमा नेपाली विद्यार्थीले प्रवेश मौका पाउलान् या नपाउलान्, त्यो चाहिँ निश्चित छैन ।










तपाइँको प्रतिक्रिया