शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:१७ |सिड्नीको समय: १७:१७ |काठमाडौंको समय: १३:०२

एनआरएनए अष्ट्रेलिया अवार्ड घोषणा, शमसेर सिंह थापालाई नेश्नल एक्सलेन्स अवार्ड

एएनजेड खबरअक्टोबर ३, २०२१
This image has an empty alt attribute; its file name is veritcal-1-1024x756.jpg

गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए)ले विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । एनआरएनएको साधारण सभाको अवसर पारेर शनिबार अवार्ड घोषणा गरिएको एनआरएन अष्ट्रेलियाले जनाएको छ ।


यस वर्ष ‘एनआरएन अष्ट्रेलिया नेश्नल एक्सेलेन्स अवार्ड अधिवक्ता डाक्टर शमशेर सिंह थापालाई प्रदान गरिएको छ । त्यस्तै मिडिया पर्सन अवार्ड नेपाली टाइम्स अष्ट्रेलियाका सुजित सिग्देलले पाएका छन् ।


एनआरएनए अष्ट्रेलिया युथ एक्सीलेन्स अवार्ड अन्जना पन्त बराल र फ्रेण्डस् अफ नेपाल अवार्ड संयुक्त रुपमा ग्रेम केन्ट र काठमाडौं किड्सले पाएका छन् । विजनेस एक्सीलेन्स अवार्ड दिवस कार्कीले पाएका छन् । तीन जनालाई प्रदान गरिने स्टेट पर्सन अवार्ड हरिभक्त अधिकारी, आशिष सापकोटा र सुयाना श्रेष्ठलाई प्रदान गरिएको छ । वुमन एक्सीलेन्स अवार्ड दिपा राइलाई प्रदान गरिएको छ ।


स्टुडेण्ट अफ द इयर (उच्च माध्यमिक तह) विशिका घिमिरे, स्पोर्टस् पर्सन अफ द इयर (१८ वर्ष मुनी) इस्कोन ज्ञवाली र (१८ वर्षभन्दा माथी)को अवार्ड सञ्जिव खड्कालाई प्रदान गरिएको छ । नेपलिज कल्चरल एम्बास्डर अफ द इयरको अवार्ड मित्र गुरुङ्गले पाएका छन् भने कम्युनिटी सर्भिस अवार्ड निराजन गौलीलाई प्रदान गरिएको छ ।


एनआरएनए प्रेसिडेण्ड अवार्ड १० जनाले पाएका छन् I एनआरएनएका पूर्व अध्यक्ष एवं गत निर्वाचनमा प्रमुख आयुक्तको जिम्मेवारी सफलतापूर्वक बहन गरेका अग्रज एनआरएनए अभियन्ता सुरेन्द्र सिग्धेल प्रेसिडेन्सियल अवार्डवाट सम्मानित भएका छन् ।। प्रेसिडेन्ट अवार्ड पाउनेहरुमा डिइसएमटी (डा. भरतराज पौडेल, डा.रामकृष्ण निरौला, डा. राजु अधिकारी, डा.बन्दिता मैनाली भुषाल) , किरण अधिकारी, लक्ष्मण श्रेष्ठ, प्रेमजंग थापा, प्रेरणा मल्ल, रजिश अर्याल, रोसन शेर्पा, यति एफ्सी भिआइसी र युवराज कँडेललाई प्रदान गरिएको छ ।


कोरोना महामारीका बेला विशेष योगदान दिएबापत अष्ट्रेलियन नेपलिज कन्सल्टेन्टस एशोसिएसन (एका)लगायत पाँच जनालाई एआरएन प्रेसिडेन्टस् स्पेशल रिकग्नाइजेश अवार्ड प्रदान गरिएको छ । यो अवार्ड पाउनेहरुमा अस पाली एन्ड भीएफएम, इन्फीनाइट एबिलिटी, प्रेम गुरुङ र संजीता न्यौपाने बस्ताकोटी रहेका छन् ।


प्रत्येक दुई वर्षमा वितरण गरिने यो अवार्डका लागि विभिन्न १५ विधामा आवेदन माग गरिएको थियो । अवार्डलार्ई निष्पक्ष र सहि मूल्यांकन गर्न ३ महिलासहित १५ जनाको ‘टास्कफोर्स’ समेत गठन गरिएको थियो । डाक्टर, पत्रकार, युवा अभियन्ता, ब्यवसायी लगायतसँग सम्बन्धित ब्यक्ति सहभागी समितिको मूल्याँकनका आधारमा अवार्ड घोषणा गरिएको हो ।


विगतका वर्षहरुमा अवार्ड वितरणका क्रममा केही विवादहरु आएकाले यस वर्ष त्यस्तो नहोस् भन्नका लागि आफूहरु गम्भीर भएर इमान्दारीता साथ लाग्ने प्रतिबद्धता सबै १५ सदस्यले लिएका थिए ।


गत अगष्ट २९ देखि आवेदन लिन सुरु गरेको समितिले गत सेप्टेम्बर ७ तारिखभित्र अवार्डका लागि नेपाली समाजभित्रका जो कोहीले पनि योग्य व्यक्ति नाम सिफारिस गर्नसक्ने बताएको थियो । प्रेसिडेण्टल अवार्डबाहेक अन्य सबैमा सिफारिस दर्ता गराएका थिए ।

सिफारिसकर्ताले एनआरएनएले उपलब्ध गराएको तीन पाने फारममा योग्य व्यक्तिले नेपाली समाजमा पु¥याएको संक्षिप्त योगदान र परिचय भरेर बुझाएको र त्यसैको आधारमा मूल्यांकन गरेर निर्णय गरिएको मूल्यांकन समितिका उप संयोजक डाक्टर देवेन्द्र सापकोटाले एएनजेड खबरलाई बताए ।


तपाइँको प्रतिक्रिया