शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १८:०० |सिड्नीको समय: १६:०० |काठमाडौंको समय: ११:४५

गायक नरेशको ‘दशैं आयो’मा पोखियो, प्रेमको मर्म (भिडियो)

एएनजेड खबरअक्टोबर ३, २०२१

सिडनी । विदेशमा रहे पनि स्वदेशको सम्झनाले बारम्बार पछ्याइरहन्छ । नेपालका चाडबाड, संस्कृति, परम्परा र संगीतको झझल्को आइरहन्छ ।गायक नरेश रेग्मीले पनि भुलेका छैनन्, आफ्नो देशलाई । जतिसुकै व्यस्तताबीच पनि छाडेका छैनन्, नेपाली गीत संगीतमा रमाउन ।

आठ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायक नरेशले बिछोडिएका प्रेमीहरु दशैंमा कसरी मिलनको आस गर्छन् र दशैंमा आफ्नो प्रिय मान्छेको अभाव कस्तो हुन्छ भन्ने भाव व्यक्त गर्दै नयाँ गीत श्रोतामाझ ल्याएका छन् ।

यूटयूबमा सार्वजनिक ‘दशैं आयो’ बोलकोे गीतमा गायक नरेश र गायिका देवी घर्तीको स्वर छ ।

शिव हमालको शब्द तथा संगीतमा सजिएको ‘दशैं आयो’ बोलको गीतमा दशैंको संघारमा पनि प्रेमी विदेशबाट नफर्किएपछि प्रेमिकामा उत्पन्न भाव व्यक्त गरिएको छ । उता, विदेशमा रहेका प्रेमी पनि कम्ता पिडित हुँदैनन् । प्रेमीले पनि आफ्नो एक्लोपनको उच्छवास गीतमा व्यक्त गरेका छन् ।

गीतको प्रारम्भमै मन्दिरनेर उभिएर प्रेमिका भन्छिन्, ‘हे भगवान् यसपालीको दशैंमा मेरो पुष्पसँग भेट गराइदेउ है ।’

प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको निर्देशनमा बनेको गीतको भिडियोमा नायक पुष्प खडका र तनुजा वलीको आकर्षक अभिनय छ । तनुजाको करीअरको यो नै पहिलो भिडियो हो ।

नरेशको सांगीतिक यात्राले पनि डेढ दशक नाघिसकेछ । यसबीचमा उनले एक दर्जन बढी गीत गाइसके । अष्ट्रेलियामा रहँदा पनि गीत संगीतलाई उनले छाडेनन् गायन यात्रालाई निरन्तरता दिइरहेकाछन् ।

तपाइँको प्रतिक्रिया