शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १८:४० |सिड्नीको समय: १६:४० |काठमाडौंको समय: १२:२५

भारतमा किसान आन्दोलनमा हिंशात्मक भिडन्त, ८ जनाको मृत्यु, प्रियंका गान्धी पक्राउ

एएनजेड खबरअक्टोबर ४, २०२१


This image has an empty alt attribute; its file name is priyanka-gandhi.jpg

किसान आन्दोलनमा सहभागी हुन गइरहेकी भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार बिहान उत्तरप्रदेश, सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महासचिव गान्धी उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन गइरहेकी थिइन् ।


भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । लखिमपुरमा जारी किसान आन्दोलनका क्रममा केही किसान मारिएका छन् । बिबिसीका अनुसार प्रदर्शनका क्रममा ८ किसान मारिएका छन् ।
भारतीय केन्द्रीय राज्यमन्त्री आशिष मिश्रका छोराले धर्नामा बसिरहेका किसानमाथि कार कुदाएपछि चार जनाको मृत्यु भएको छ । हिंशा भडकिएपछि थप चार जनासहित आठ जनाको मृत्यु भएको हो ।


हिंशा भडकिएकै क्षेत्रमा जान खोज्दा महासचिव गान्धीलाई प्रहरीले रोकेको हो । आफुलाई मृतकका परिवार भेटन नदिएको भन्दै गान्धीले आक्रोश व्यक्त गरेकी छिन् । प्रहरीले विधि मिच्दै अपहरण शैलीमा पक्राउ गरेको उनको आरोप छ ।


हिरासतमा लिने क्रममा अभद्र व्यवहार र हातपातसमेत गरिएको भन्दै गान्धीले प्रहरीकै सामुन्ने ‘तिमीहरुलाई अपहरण र हत्याको नियत राखेकोमा मुद्दा लाग्नसक्ने’समेत भनेकी थिइन् ।


तपाइँको प्रतिक्रिया