शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:२६ |सिड्नीको समय: १७:२६ |काठमाडौंको समय: १३:११

ग्रेटर सिड्नीमा प्रतिबन्ध थप खुकुलो हुँदै, दशैको मुखमा नेपालीलाई राहत

एएनजेड खबरअक्टोबर ७, २०२१
This image has an empty alt attribute; its file name is au-sydney-opera-house-0033-1.jpg

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यले आन्तरीक प्रतिबन्धमा चरणवद्ध खुकुलोपन ल्याउँदै जनजिवन सामान्य बनाउँदैछ ।

कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या ७० प्रतिशत वाट बढदै जाँदा खुकुलोपन पनि बढाउँदै लगिएको हो ।
न्यू साउथवेल्स राज्यका प्रिमियर डोमेनिक पेरोटेले राज्यलाई सामान्य बनाउने योजनामा परिवर्तन भएको बताएका छन् ।

बुधवार बसेको राज्यको मन्त्रीपरिषद वैठकको निर्णय अनुसार नागरिकले आगामी सोमवारदेखि घरमा १० जनासम्म पाहुना बोलाउन पाउनेछन् । यसअघि ५ जना पाहुना मात्र बोलाउन पाइन्थ्यो ।

यसैगरी घर बाहिर भेला हुन सक्नेहरुको संख्या २० बाट बढाएर ३० पु¥याइएको छ । यसमा १२ वर्ष मुनीका बालबालिकाको गणना हुनेछैन ।
घरबाहिर हुने विवाह र अन्त्यस्टी समारोहमा पनि १ सय जनासम्म सहभागी हुन पाउने नियम तय गरिएको छ ।

राज्य सरकारले आगामी सोमवारदेखि लागु हुने गरि ल्याएको यो परिवर्तित नियमले हिन्दुहरुको महान चाँड बडा दशै सिड्नीवासी नेपालीले पनि आफन्त, नातागोता र साथीभाई माझ मान्न सहज हुने भएको छ ।

यही अक्टोबर २५ देखि सुरक्षा अपनाएर विद्यार्थीहरु कक्षा कोठामा जान पाउनेछन् । यसैगरी भवनभित्रका पौडी पोखरी पनि खुल्नेछन् ।
यसैगरि भिक्टोरियाली सरकारले सीमामा कम कडाइ गर्ने निर्णय गरेका छ ।
सरकारले न्यू साउथवेल्स र एसीटीमा लकडाउन नभएका क्षेत्रलाई ‘रेड जोन’बाट ‘अरेन्ज जोन’मा परिणत गरेको छ । यसबाट ती राज्यमा फँसेका हजारौं भिक्टोरियालीले घर फर्कन आवेदन हाल्न सक्नेछन् ।

अक्टोबर ८ देखि राज्यका अपांगता भएका मानिसहरुले बिना बुकीङ सरकारी खोप केन्द्रहरुबाट खोप लगाउन सक्नेछन् । अशक्त मानिसका लागि १० वटा पप–अप तथा अस्थायी खोप केन्द्र पनि संचालनमा ल्याइदैछ ।

उता अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)मा हालसम्म ९६ प्रतिशत मानिसले खोपको पहिलो मात्रा लगाएका छन् । एसीटी राज्य विश्वमै सबैभन्दा बढी खोप लगाउने शहरको सूचीमा पहिलो हुने तरखरमा छ ।


तपाइँको प्रतिक्रिया