आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १७:१६ |सिड्नीको समय: १५:१६ |काठमाडौंको समय: ११:०१

देउवा मन्त्रिपरिषद विस्तार, को को थपिए ?

एएनजेड खबरअक्टोबर ८, २०२१
This image has an empty alt attribute; its file name is shre-bahadur-deuba.jpg


काठमाडौं । करीब तिन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
सरकारमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी र जनता समाजबादी पार्टी सहभागी भएका छन् ।


मन्त्रीपरिषदमा थपिएकाहरुमा डा.मिनेन्द्र रिजाल रक्षा, रेणु यादव भौतिक पूर्वाधार, विरोध खतिवडा स्वास्थ्य, रामकुमारी झाँक्री सहरी विकास, देवेन्द्र पौडेल शिक्षा, दिलेन्द्रप्रसाद बडु कानून, प्रेमबहादुर आले पर्यटन, उमाकान्त चौधरी खानेपानी र महिन्द्र राय यादव कृषि मन्त्री बनेका छन् ।
यसैगरी उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामसहायप्रसाद यादव वन तथा वातावरण , कृष्णकुमार श्रेष्ठ श्रम तथा रोजगार र महेश्वरजंग गहतराज युवा तथा खेलकुदमन्त्री भएका छन् ।


‘प्रधान न्यायाधिशको सिफारिशका पात्र’ भन्दै मिडियामा विवादमा आएका गैरसांसद गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएको छ । भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री र बोधकुमारी यादव शिक्षा राज्यमन्त्री भएकी छिन् ।
कानूनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको छ ।


गठबन्धन दलहरुवीच लामो रस्साकस्सीपछि मन्त्रिपरिषदले पूर्णता पाएको हो । दलहरुवीच सहमतिपछि पनि दलभित्रकै किचलोका कारण विस्तारमा ढिलाइ भएको थियो ।

तपाइँको प्रतिक्रिया