शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १४:२९ |सिड्नीको समय: १२:२९ |काठमाडौंको समय: ०८:१४

बेलायतले नेपाललाई कोरोना ‘रातो सूची’बाट हटायो

एएनजेड खबरअक्टोबर ८, २०२१


This image has an empty alt attribute; its file name is img.jpg

काठमाडौं । बेलायतले नेपाललाई कोरोना संक्रमणको ‘रातो सूची’बाट हटाएको छ ।
कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायतले नेपाललाई हटाएको हो ।


अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रातो सूचीमै छन् ।


रातो सूचीबाट हटाइएको घोषणा असोज २५ गतेदेखि लागू हुने भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख छ । यसैगरी विश्वका ३७ देशमा लगाइएका कोभिड खोपलाई समेत बेलायतले मान्यता दिएको छ ।
ति देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न पर्दैन । चाहेमा कोरोना परीक्षण ‘डे टु प्याकेज’ भने प्रयोग गर्नसक्नेछन् ।

तपाइँको प्रतिक्रिया