शुक्रबार, वैशाख २१, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०२:२९ |सिड्नीको समय: ००:२९ |काठमाडौंको समय: २०:१४

अष्ट्रेलियासँग भारतले किन्यो २० लाख टन कोइला, चीनलाई झट्का

एएनजेड खबरअक्टोबर १०, २०२१
This image has an empty alt attribute; its file name is india-australia-china-flag-1024x683.jpg


सिडनी । विधुत संकट झेलीरहेको भारतले विधुत उत्पादनका लागि थर्मल प्लान्ट संचालन गर्न भारी मात्रामा अष्ट्रेलियन कोइला खरिद गरेको छ ।
अष्ट्रेलियाका मालवाहक जहाज कोइलाका ठूल ठूला खेप बोकेर चीनका बन्दरगाहमा कुरीरहेकै बेला भारतले अष्ट्रेलियाबाट कोइला खरिद गरेर ‘चीनलाई जोरदार झटका दिएको’ भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।


भारतले अष्ट्रेलियासँग २० लाख टन कोइला खरिद गरेको छ । भारतले सहुलीयत दलमा यी सारा कोइला खरिद गरेको हो । कोइलाले भरिएका अष्ट्रेलियाका ७० वटा जहाज चीनका १४ बन्दरगाहमा थिए । भारतले ति कोइला खरिद गरेर आफु अष्ट्रेलियाको साथमा रहेको सन्देश दिएको छ ।
कोइला अभावकै कारण चीनका कयौं शहरमा विधुत आपूर्तिमा कमी आएको छ । विधुत उत्पादन गर्ने थर्मल प्लान्ट कोइलाबाट संचालन हुने भएकाले कोइलाको अभावमा चीन मात्र नभइ यतिबेला भारत, युरोप, उत्तरी अमेरिकाका केही मुलुकसमेत विधुत सँकट झेलीरहेका छन् ।
कोइलाको एक प्रमुख निर्यातक मुलुक अष्ट्रेलिया हो ।

विगत केही वर्षदेखि चीनको अष्ट्रेलियासँग व्यापार सँघर्ष पनि चर्किरहेको छ । चीनले आफ्ना विधुत आयोजनाका लागि अष्ट्रेलियाबाट कोइला खरिद गर्दै आएको थियो । तर, चीनले केही समययता आष्ट्रेलियालाई सबक सिकाउने नाममा अष्ट्रेलियाबाट कोइला खरिद गर्न छाडेको थियो ।
यसको मारमा अहिले चीन स्वर्य परेको छ । एकातिर उसका थर्मल प्लान्टहरु बन्द भइरहेका छन् अर्कोतिर चीन आउने अष्ट्रेलियाको कोइला भारततिर डाइभर्ट भएको छ ।


अष्ट्रेलियाको विदेश व्यापार धेरै हदसम्म चीनमाथि निर्भर छ । कोइला मात्र हैन, बहुमुल्य खनिज, मेशीनरी सामान, अल्मुनियम, कम्प्युटर, कम्प्युटर, इनअग्र्यानिक रसायन र अंगूरको वाइन चीनमा अष्ट्रेलियाले नै निर्यात गर्दै आएको छ । अष्ट्रेलियाको कूल निर्यातको ३१ प्रतिशत हिस्सा चीनसँग छ । यही कारण अष्ट्रेलियाको अर्थव्यवस्था बलियो पनि छ ।


यसैको फाइदा उठाएर चीनले अष्ट्रेलियामाथि आफ्नो धाक जमाउँदै आएको थियो । यति हुँदाहुँदा पनि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्र्तराष्ट्रिय भू–रणनीतिक र भू–राजनीतिक द्वन्द्वमा चीनविरुद्ध मोर्चा खोलेका छन् ।
कोरोना महामारी चीनबाटै फैलिएको भन्ने विषयमा होस् या हिन्द प्रशान्त क्षेत्रमा चीनीया सैन्य वर्चस्वकै विरुद्ध किन नहोस्, अष्ट्रेलिया खुलेर अमेरिका, जापान, बेलायत र भारतकै मित्र समूहको कित्तामा उभिएको छ । हालै अष्ट्रेलियालाई परमाणु उर्जामा आधारित पनडुब्बी निर्माणका लागि अमेरिकाले सघाउने अकुस सम्झौता नै भएको छ, जुन हिन्द प्रशान्त क्षेत्रमा चीनीया हैकमविरुद्ध लक्षित छ ।


प्रधानमन्त्री मोरिसनले चीनबाट हुने व्यापार क्षति पूर्तिका लागि ‘इन्डीया र्फस्ट’को नीति लागू गर्दै अघि बढने बताएका छन् । अष्ट्रेलियाका विशेष दूत तथा पूर्व प्रधानमन्त्री टोनी एबोटले अष्ट्रेलियाले भारतसँग व्यापार सम्झौताको अवधारणा अघि सारेका थिए । कोइला उत्खननका क्षेत्रमा अष्ट्रेलियाले भारतलाई सघाउने दिशामा पनि पहल अघि बढेको छ । गत सेप्टेम्बरमा भएको भिडियो कन्फ्रेन्सका क्रममा दुबै देशविच पहिलो पटक कोइला र उत्खनन क्षेत्रबारे संयुक्त कार्य समूहको वैठक भएको थियो ।


चीनले अष्ट्रेलियाको कोइलामाथि एकतर्फी प्रतिबन्ध लगाएर उसलाई एकतर्फी झटका दिन खोजेको थियो, तर भारतले अष्ट्रेलियाको कोइला खरिद गरेर मित्रताको उदाहरण प्रस्तुत गरेको भारतीय मिडियाहरुमा कुटनीतिक ज्ञाताहरु विश्लेषण गरिरहेका छन् । यसबाट भारत र अष्ट्रेलियाविच व्यापारका नयाँ सम्भावनाको ढोको खुल्ने विश्वास व्यक्त गरिएको छ ।


चीनलाई अझ झटका दिन अष्ट्रेलिया र भारत यसै अक्टुबर महिनामा उर्जाकै विषयमा बार्ता गर्दैछन् । यसअतिरिक्त भारत र अष्ट्रेलिया भनेका जापानद्वारा सुरु गरिएको नयाँ व्यापार रणनीति ‘स्लाइ चेन रेजीलिएन्स इनिशियटिभ’का अंग पनि हुन् । यो नीति जापानले चीनलाई व्यापारिक र आर्थिक क्षेत्रमा किनारा लगाउनकै लागि बनाएको हो । यसको उद्देश्य हो, पूर्वी र दक्षिणी चीन सागरमा चीनको दबदबा अन्त्य गर्ने ।

तपाइँको प्रतिक्रिया