आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १८:३८ |सिड्नीको समय: १६:३८ |काठमाडौंको समय: १२:२३

हल खुल्दा दर्शक हैन, चलचित्रकै कमी

एएनजेड खबरअक्टोबर १०, २०२१
This image has an empty alt attribute; its file name is cinema-hall-14.jpg



काठमाडौं । लकडाउनका कारण नेपालमा बन्द रहेका हलहरु शुक्रवारबाट खुलेका छन् । पहिलो दिन नै हलमा दर्शकको उल्लेख्य संख्या देखेर व्यवसायी र चलचित्र क्षेत्र प्रशन्न छ ।


सरकारले कुल क्षमतामध्ये पचास प्रतिशत मात्र टिकट बेच्न अनुमति दिएको छ । मल्टीप्लेक्स हलहरुमा पहिलो दिन दर्शकको अकुपेन्सी ३० प्रतिशत देखिएको छ, जुन उत्साहजनक हो ।
यतिबेला काठमाडौंका हलहरुमा ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ चलीरहेका छन् । क्यूएफएक्सले सिभिल मलस्थित सेन्ट्रल सिनेमा, भक्तपुर भाटभटेनी र लबिम मलमा यी दुबै चलचित्र प्रदर्शनमा ल्याएकोमा दर्शकको भीड बढदैछ । शनिवार दर्शकको संख्या झन बढेको छ ।
कमलपोखरीस्थित बिग मुभीज र पोखराको मिडटाउन मल्टिप्लेक्समा दर्शक अकुपेन्सी रेट ४० नाघ्दैछ ।


‘पहिलो दिनबाटै हामी उत्साहीत छौं । अब चलचित्र उद्योग पुरानै फर्ममा आउने विश्वास बढेको छ’, क्यूएफएक्सका सिइओ रोशन अडिगाले भने, ‘पुराना दिन फर्किनेछन् ।’
काठमाडौंको अवस्था हेरेर क्यूएफएक्सले यही कार्तिकबाट उपत्यकाबाहिरका हलहरुमा चलचित्र ‘सूर्यवंशी’सँगै प्रदर्शन थाल्नेछ ।
यसैगरी चलचित्र संघले असोज २६ फूलपातीमा नेपाली चलचित्र ‘डाँडाको बरपिपल’ प्रदर्शनमा ल्याउँदैछ । असोज २८ मा चलचित्र ‘नो टाइम टु डाइ’ प्रदर्शन हुँदैछ ।
कोरोना संक्रमणमा कमी आएपछि सरकारले चलचित्र हल खोल्न अनुमति दिएको हो । हल खुले पनि यसविचमा चलचित्र निर्माण नभएकाले हलहरुलाई चलचित्रको भने खाँचो देखिन्छ ।


लकडाउनका कारण पाइपलाइनमा भएका धेरै चलचित्रको निर्माण रोकियो । बनिसकेका केही चलचित्र पनि यूटयूबमा सार्वजनिक भए ।
‘छक्का पन्जा–४’ बनाउने तरखर गरिरहेका दिपाश्री निरौला र दिपकराज गिरी पनि रोकिए । अन्य चलचित्र निर्माता पनि चलचित्र निर्माणबाट अर्कै व्यवसायमा लागे । कहाँसम्म भने उपत्यकाका हलहरु घाटामा गएपछि हल भएको स्थानलाई अर्कै व्यवसायमा उपयोग गर्न थाले ।
हल खुलेको छ, दर्शक पनि हलमा चलचित्र हेर्न आतुर छन् । तर, बलिउड र नेपालमा चलचित्र निर्माण नभएकाले हलमा चलचित्रकै कमी देखिन्छ ।


यसविचमा बनेका चलचित्र पनि नेटफ्लीक्स र अन्य माध्यममा रिलिज भए । दर्शकले इन्टरनेटमा हेरिसकेका चलचित्र हलमा लगाउँदा त्यसले अपेक्षित व्यापार गर्न नसक्ने भएकाले हल खुलेसँगै अब चलचित्रकर्मीहरु चलचित्र निर्माणमा युद्धस्तरमा लाग्नुको विकल्प छैन ।



तपाइँको प्रतिक्रिया