शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १५:३५ |सिड्नीको समय: १३:३५ |काठमाडौंको समय: ०९:२०

एनआरएनए अधिवेशन स्थगित, संस्थापन पक्षले बखेडा झिक्यो

एएनजेड खबरअक्टोबर ११, २०२१

गैर आवासिय नेपाली संघ (एनआरएन)को १० औं अन्र्तराष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।
संघको अन्र्तराष्ट्रिय कार्यकारी सचिवालयको आइतबार बसेको भर्चुअल बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेका हो ।


प्रतिनिधि चयनमा व्यापक धाँधली भएको उजुरी परेपछि नेपाल सरकारले संघलाई विधान विपरितका निर्णय सच्याएर मात्र निर्वाचन गर्न निर्देशन दिएको थियो ।
परराष्ट्र मन्त्रालयको सोही निर्देशनपछि प्रतिनिधि छनौटलाई विधिसम्मत ढँगले सम्पन्न गर्नैैपर्ने बाध्यता संस्थापन पक्षलाई छ ।
यही विवादका विच संघको अधिवेशन स्थगित भएको हो । अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा हुने तय भएको थियो ।


परराष्ट्रको निर्देशनमा संघले निर्वाचनअगावै पुरानो कार्य समितिले ६५ प्रतिशत प्रतिनिधि छनौट गर्ने प्रावधान र प्रचलीत ऐन विपरित विधान शँसोधन दुबैप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन भनेको थियो ।


संस्थापन पक्षले भने यसमा बखेडा झिकेको छ । परराष्ट्रको निर्देशन नमान्दै कानूनी परमार्शमा जाने धम्की संस्थापन पक्षले दिएको छ । विधिसम्मत प्रतिनिधि छनौट पनि नगर्ने र सरकारले स्पष्ट निर्देशन दिइसक्दा पनि कानूनी झमेला खडा गर्ने संस्थापन पक्षको रवैयाका कारण विवाद थप चर्किएको छ ।
अधिवेशनको नयाँ मिति अर्को साता बस्ने आइसीसीको वैठकले तय गर्नेछ ।

तपाइँको प्रतिक्रिया