शुक्रबार, वैशाख २१, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०२:१७ |सिड्नीको समय: ००:१७ |काठमाडौंको समय: २०:०२

अष्ट्रेलियाको नागरिकता वा पिआर हुनेका अभिभावकलाई यात्राको अनुुमति दिने प्रधानमन्त्रीको घोषणा

एएनजेड खबरअक्टोबर १६, २०२१
This image has an empty alt attribute; its file name is scott-morrison.webp


पिआर भएका र नागरिकता लिएका अष्ट्रेलियालीहरुका अभिभावकले अब यात्राको अनुमति पाउने भएका छन् ।


अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियाका स्थायी बासिन्दा र पिआर भएकाहरुका अभिभावकलाई नजिकका सँगी सम्बन्धीको मान्यता दिइएको बताएका छन् ।


अब ति अभिभावकले कोरोनाविरुद्ध खोपको दुुवै मात्रा लगाएका नागरिकको संख्या असी प्रतिशत नाघेका क्षेत्रहरुमा यात्रा गर्न पाउने प्रधानमन्त्री मोरिसनले घोषणा गरे ।
अन्र्तराष्ट्रिय यात्रुलाई भित्रयाउने न्यूू साउथवेल्स राज्यको निर्णयको औचीत्य पुुष्टी गर्दै उनले भने, ‘यो राष्ट्रिय योजनाको विपरीत छैन ।’


‘आगामी नोभेम्बर एकदेखि खोपका दुुबै मात्रा लगाएका अन्र्तराष्ट्रिय यात्रुलाई आगमनका क्रममा क्वारेन्टाइनमा बस्नुपर्ने छैन’, मोरिसनले भने ।
यो योजना लागू गर्न अन्य राज्यमा खोप लगाएका नागरिकको संख्या पर्याप्त नभएका बेला न्यू साउथवेल्सको निर्णय हतारमा नगरिएको पनि उनले स्पष्ट पारे ।


मोरिसनका अनुसार पिआर र नागरिकता भएकाहरु अष्ट्रेलियाबाहिर जान पनि पाउनेछन् ।
अन्तर्राष्ट्रिय यात्रुको स्वागत गर्ने र क्वारेन्टाइन खुकुलो पार्ने मामिलामा न्यूू साउथवेल्स पहिलो राज्य बन्न पुुगेको छ ।


तपाइँको प्रतिक्रिया