आइतबार, वैशाख १६, २०८१ |Sun Apr, 2024
अक्ल्याण्डको समय: ११:५५ |सिड्नीको समय: ०९:५५ |काठमाडौंको समय: ०५:४०

मनोज गजुरेलको हर्षमा मिनाको विस्मात किन ?

सीता पोखरेलअक्टोबर १६, २०२१
This image has an empty alt attribute; its file name is seeta-pokhrel.jpg



हास्य कलाकार मनोज गजुरेलले न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेपछि उनकी पूर्व पत्नी मिना ढकालले फेसबुकमा लेखिन्, ‘अर्काको बूढो र छोराछोरी देखिदेखि किन आउँनुप¥यो ?’


मिना ढकालको यो भनाई अहिले भाईरल भईरहेको छ । जोडी मनोजको बाधियो, खोजीभने उनकै पूर्ब पत्नी मिना ढकालको । मनोजले श्रीमती भित्रयाउँदा मिना खुशी छन् कि दुःखी ? उनका प्रतिक्रिया हेर्दा लाग्छ, मनोजले बिहे गर्दा मीना खुशी छैनन् । मनोजको खुशीयाली र मिनाको चिन्ताको बर्षात एकैपटक भईरहेको छ ।
एकैसाथ शुभकामना दिने शुभचिन्तकहरुले मिनाको पनि खोजी गरिरहेका छन् । मनोज एडजस्ट भए अब मिना के गर्छिन् ?
एक्लो मान्छेलाई साथ दिन कोही न कोही पक्कै आउँछन् । कसैलाई धेरैले साथ देलान् त कसैलाई थोरैले । यसबिचमा मनोजले घरपरिबारदेखि धेरैको माया र साथ पाए । मनोजको जीबनमा मञ्जु पोखरेल आईन् ।


यसमा बिरोध गरिहाल्नुपर्ने खासै कारण देखिदैंन । कानुनी रुपमै श्रीमानश्रीमतीको स्वत सम्बन्ध सकिएपछि नयाँ साथी बनाउँनु, रोज्नु र बिबाह गर्नु स्वभाविक नै हो । छोराछोरीप्रतिको दायित्वबोध एउटा पाटो भयो, अर्को श्रीमानश्रीमतीको ।
प्रेम गर्ने, विवाह गर्ने र साथी बनाउनु मानिसको नैसर्गिक हक हो र यो शाश्वत सत्य हो । यसबाट कोही अछुतो रहदैन । ढिलोचाडो सम्बन्धहरु फस्टाउँछन् । मन मिले लामो समय रहन्छन् नभए बिच बाटोमै रोकिन्छन् । र फेरि नयाँ सम्बन्ध गासिन्छन् । विवाह र विच्छेद स्वभाविक प्रक्रिया हो । बिबाह र सम्बन्ध बिच्छेद कसैका लागि अस्वभाबिक बाध्यताका परिणाम हुनसक्छन् । तर, यसैलाई ठूलो घटना र ईस्यु सम्झिएर कसैको जीवनमा धावा बोल्ने हक कसैलाई छैन । ्


‘परिबार मिलाउँन नसक्नेले के समाज मिलाउँछ ?’ भन्ने उदाहरण दिएर बोल्ने मान्छेको मुखमा बुझो लगाउँन खोजिन्छ । परिवारभित्र हारेर अनेक ठक्कर खाएर बिद्रोह गर्दै बाहिर निस्किएर संसार जित्नेहरु छन् । बाहिरी संसार जित्नेहरु पनि भित्री संसार अर्थात वैवाहिक जीबनमा फेल भएका छन् । पटक पटक हार खाएका उदाहरण छन् ।
यस्को मुख्य कारण बैबाहिक जीवन अर्थात परिबारभित्रको किचलोपन, अशान्ती, अन्याय, असमानता र विभेद नै हो । परिवारभित्रका कुरा बाहिर ल्याउँन हुदैन जे भएपनि सहनुपर्छ भन्ने धारणा बिकसित छ ।


विवाह लामो रेसको घोडा हो, यस्लाई टिकाउँन त्यति सजिलो हुदैन । झन् दोस्रो विवाहमा दुबैतिरका सन्तानको भविष्य पनि सँगै गासिएर आएको हुन्छ ।
कान्छी आमाले असाध्यै हेला गर्ने या कान्छी आमालाई पहिलोपट्टीका सन्तानले अंश ठग्नेजस्ता समस्या देखिन्छन् । दुवैतिरका सन्तानको ब्यवस्थापन कठिन र चुनौतीपूर्ण छ ।


पहिलो विवाह असफल भएकाको दोस्रो विवाह सफल हुन्छ नै भन्ने छैन । यो निकै चुनौतीपुर्ण छ । धेरैजसो दोस्रो विवाह हिंसा, दुर्व्यवहार र आर्थिक मामलामा गएर अड्किएको हुन्छ ।
पुरुषको तुलनामा महिलाको दोस्रो विवाह कमै हुने गरेका छन् । हास्यकलाकार हरिवंश आचार्यदेखि साहित्यकार कृष्ण धराबासीको सूचीमै एकल महिलालाई विवाह गर्नेमा मनोज गजुरेल पनि थपिएका छन् । (गजुरेलको ‘उस्तै परिवेश’को भन्ने भनाईअनुसार)


मनोज गजुरेल त सेट भईहाले, मिना ढकाल एक्लै भईन भनेर चिन्ता पनि व्यापक बढेर गएको छ । आफ्ना कुरा स्पष्ट रुपमा राख्नसक्ने मिनाको पनि जोडी बाँधियोस् भने धेरैको चाहना छ भन्ने सामाजिक सञ्जालमा गरिएका टिकाटिप्पणीबाट स्पष्ट हुन्छ ।
तर, श्रीमान बिरामी हुदा एकैछिन नछाडी बस्ने श्रीमती जब बिरामी हुन्छे तब श्रीमानले खासै वास्ता नगरेको अनि छोरीको आखाको आँसु नहेरी ज्वाईको मुहारमा हासो देख्न चाहने समाज छ । यस्तो बिभेदकारी समाजले डिभोर्सी महिलालाई खासै अपनाउँन नचाहेको र गलत टिका टिप्पणी गर्नेगरेको सुन्न र देख्न पाईन्छ ।


उहीँ आफ्नै घर भएकी जागिरे, अझ त्यसमा पनि सरकारी जागिरे या सुन्दरी भएमामात्रै दोस्रो विवाह हुने गरेका उदाहरण बढी छन् । अब महिलाको सम्पतिलाई हेरेर गरिएको दोस्रो विवाह कति दिन टिक्ला? उदाहरणका लागि काठमाडौमा घर भएकी डिभोर्सी महिलालाई एक वर चाहियो भनेर विज्ञापन नै हेरे पुग्छ । एकल महिलाको कि रुप हेरिन्छ कि धन । महिलाको धन हेरेर गरिएको विवाहह कति टिक्ला ?

This image has an empty alt attribute; its file name is manoj-gajurel-1-1024x683.jpg


भन्नलाई महिलाको चरित्र भगवानले नी जान्दैनन् भनिन्छ । तर, यो समाजका पुरुषका विभिन्न खालका रुप अर्थात चरित्र देख्न र सुन्न पाईन्छ । कोही दिनहु जाडरक्सी खाएर बेलुका सधै झगडा गर्ने कोही काम नगरी श्रीमतीको कमाई खाने । कोही आमा र बहिनीका कुरा सुनेर श्रीमती कुट्ने, कोही श्रीमतीको अफरमा आमा र दिदीलाई थर्काउँने । कोही श्रीमतीलाई खटाईखटाई व्यवहार गर्ने, खानलाउँने प्रबन्ध नमिलाउँने, सधै जाड खानैपर्ने, रक्सी जुवातास, सुरासुन्दरी मोहले सम्पति सिध्याउँने । कोही आफू नकमाएर बाउँले कमाएको सम्पतिमा मोज गर्ने ।


कोही श्रीमती परम सुन्दरी हुदाहुदै बाहिर केटी फेर्दै हिड्ने, बाहिर अर्की श्रीमती राख्ने, कोही झुठोमात्रै बोलेर फसाउँने । कोही गाजा खाने, कोही श्रीमती कुट्ने । कोही सौता ल्याएर दुःख दिने, छोराछोरी हुर्काउँन घरको काम सघाउँनै नचाहने । यी र यस्ता विभिन्न खाले पुरुषको चरित्र हुन्छ । ईमान जमान नैतिकता गुमाएर विभिन्न खालका चरित्र बोकेका र चरित्रको ख्याल नगर्ने माथीकाजस्ता ढोंगीसँग दोस्रो बिहे गरेर सुख कसरी हुने होर ! उहीँ ढोका फेरियो कर्म फेरिदैन भनेजस्तै हो ।
देख्नलाई महिलालाई दोष देखाईन्छ, एकोहोरो पेलिन्छ । तर, जे गर्दा पनि हुन्छ भन्ने मानसिकता बिकास भएका खराब चरित्रका पुरुषका कारण घर घरमा कसै न कसैले पिडीत हुनुु परेको छ । श्रीमती, आमा, दिदीबहिनी, फूपू, काकी, हजुरआमा उदाहरणमा आफ्नै बाउँले पनि हेपाहा व्यवहार गरिरहेका हुन्छन् । त्यसैले बिबाह गर्दैमा जोडी देख्दैमा मात्रैपनि कोही खुशी छ भनेर सोच्नु कहिलेकाही भ्रम मात्र हो ।


मेरो एक साथीले श्रीमानले सौता भित्रयाएपछि डिभोर्स गरिन् । छोरीछोरा पालेर बसेको अवस्थामा उनको एक पुरुषसँग मायाप्रेम बसेर विवाह भयो । ती पुरुषको पनि श्रीमतीसँग डिभोर्स भएको रहेछ । दुई बच्चा आमाले नै हेरेको । आफुजस्तै कहानी मिलेर विवाह भयो । सुरुका दिनमा निकै खुशी तिनले आफे जग्गा बेचेर केटोलाई कम्पनीमा लगानी गरिदिइन् । आफ्नै घरमा राखेर गाडी, मोटरसाईकल सब किनिदिईन् । दिनैपिच्छे पार्टी ।
विस्तारै कम्पनी डुब्यो, गाडी बिग्रिन थाल्यो । सबै खिया पर्दै गएर अन्त्यमा ककबाडीमा बेच्नुुप¥यो । करोडौ लगानी सब बालुवामा पानी । अहिले केटा पनि साथमा छैन । उ आफ्नै घरतिर लाग्यो । उनको कहानी फेरि उस्तै, पहिलो र दोस्रो लोग्ने दुबैबाट धोखा भयो, करोडको सम्पति पनि सक्कियो । अदालतमा पहिलाको छोरीले मुद्दा दिएपछि अहिले आमाले मुद्दा खेपिरहनुपरेको छ । झन तनाव थपियो छोरा छोरीसँग सम्बन्धपनि चिसियो, आमाले सम्पति सकेकोभनेर ।


यो त एउटा उदाहरण मात्रै हो दोस्रो विवाहबाट धोखा भएका उदाहरण कयौ छन् । ‘कसौटी जिन्दगी’की नायिका स्वेता तिवारीका दुबै विवाह असफल भएर दुबैपटीका दुई बच्चा लिएर अहिले उनी एक्लो जीवन बिताईरहेकी छन् । टेलि सिरीयलको मात्र हैन, वास्तविक जीवनकै कथाहरु हुन्, यी ।
विवाह नै समस्याको समाधान होईन रहेछ । दोस्रो विवाह गर्न हतार नगरौ, फुर्सदमा पछुताउनुुपर्छ । विवाहको सट्टा ‘लिभिङटुगेदर’को सम्बन्ध उत्तम । या ईन्गेजमेन्ट गरेर चार पाँच बर्ष सबैकुरा बुझेर मात्रै बिबाह गर्दा राम्रो । नभए साथी बन्दा झनै उत्तम । जिन्दगी एक्लै काट्न मुश्किल हुने भएकाले साथी त चाहिन्छ । परिवारको लालसामा आफ्नो जीबनमा हदभन्दा ज्यादा सहमती पनि ठिक होईन । त्यसैले सार्बजनिकरुपमा शुभकार्य गर्न हतार नगरौ । आजको शुभको हर्ष भोली अशुभको विस्मात पनि हुनसक्छ ।


मनोज गजुरेललाई बैबाहिक जीवनको शुभकामना, आफुजस्तै महिला विवाह गरेकोमा ।
मिना ढकाललाई पनि एक्लो जीवनको शुभकामना ।।
यतिखेर सबैको सहानुभुती मिना ढकालप्रती छ ।
ईस्यु धेरै बन्छन् । निजी जीवनका कुरा भनेरमात्रै सार्वजनिक हुदैनन् । परिबारभित्रै पीडा सहेर नबसौ । असल र राम्रो पुरुषलाई भनेको हैन उहीँ भाडबालाहरुलाई मात्रै ।

तपाइँको प्रतिक्रिया