शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १५:५९ |सिड्नीको समय: १३:५९ |काठमाडौंको समय: ०९:४४

अन्तरीक्ष मिशनमा अष्ट्रेलियाको ऐतिहासिक फड्को, चन्द्रमामा अक्सीजन खोज्न नासालाई सघाउने

एएनजेड खबरअक्टोबर १७, २०२१
This image has an empty alt attribute; its file name is SPace-1024x576.jpg


सिडनी । चन्द्रमामा अक्सीजन भेटिए कस्तो होला ? पक्कै पनि पृथ्वीको अक्सीजनका आधारमा त्यहाँ पहिला जीवनको अस्तीत्व रहेको मात्र हैन, आगामी दिनसमेत सम्भव तुल्याउने ढोका खुल्नसक्छ ।


यस्तै मिसनमा जुटने भएका छन्, अष्ट्रेलिया र अमेरिका । चन्द्रमामा अक्सीजन पत्ता लगाउने अष्ट्रेलियाले नेश्नल एरोनोटिक्स एण्ड स्पेश एडमिनिस्ट्रेसन (नासा) लाई सहयोग गर्ने भएको छ । यसका लागि अष्ट्रेलिया २० केजी तौलको एउटा रोभर निर्माण गर्न सहमत भएको छ, जसलाई आगामी सन् २०२६ को प्रारम्भमा चन्द्रमामा पठाइनेछ ।


अष्ट्रेलियाको सहयोगमा पठाइने रोभरले चन्द्रमामा अक्साइडयुक्त माटो संकलन गर्नेछ र त्यो माटोबाट अक्सीजन तत्व निकाल्न एक अलग्गै उपकरणको प्रयोग गर्नेछ । नासाका प्रशासक बिल नेल्सनका अनुुसार अस्ट्रेलियाको अन्तरीक्ष एजेन्सीसँग भएको सम्झौताले अन्तरीक्षसम्बन्धी खोजमा दुबै मुलुकविचको सम्बन्धलाई बलियो बनाउनेछ ।


अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनका अनुसार अष्ट्रेलिया सरकारले जुुलाई, २०१८ पछि सिभिल स्पेश क्षेत्रमा ७०० मिलियन डलर बढी लगानी गरेको छ । चन्द्रमामा रोभर पठाउने नयाँ योजनाबाट उद्योगहरुमा थप रोजगारी सिर्जना हुनेछ ।
‘चन्द्रमासँग जोडिएको यो मिशन भविश्यका लागि अवसर र रोजगारी सिर्जना गर्ने एक रोमांचक उपाय हो, अष्ट्रेलियाका नागरिकले यसबाट उठाउनसक्ने लाभको सुनिश्चितता सरकारले गर्नेछ ।’, प्रधानमन्त्री मोरिसनले भने ।


प्रधानमन्त्री मोरिसनले चन्द्र रोभर अष्ट्रेलियाका लागि वैश्वीक अन्तरीक्ष क्षेत्रमा सफल हुने एक अविश्वसनिय अवसर भएको बताउँदै भने, ‘यो खासमा धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने र बढदो अन्तरीक्ष अर्थव्यवस्थाको एक हिस्सा बन्ने सरकारको भिजनको एक केन्द्र पनि हो ।’
प्रधानमन्त्री मोरिसनले सन् २०३० सम्म अष्ट्रेलियाको अन्तरीक्ष क्षमतालाई तिन गुना बढाउन चाहेको बताउँदै अर्थव्यवस्थामा १२ बिलियन डलर जोडन चाहेको र २० हजार नयाँ उच्च दक्षतामा आधारित रोजगारी सिर्जना गर्न चाहेको स्पष्ट गरे । उनले भने, ‘अष्ट्रेलियाका नागरिक र उद्योगका लागि हामी अधिक अवसर प्रदान गर्नेछौं ।’


विज्ञान तथा प्रविधि मन्त्री मेलिसा प्राइसले यो मिशन अष्ट्रेलियाका लागि एक ऐतिहासिक उपलब्धी भएको बताइन् ।
‘रोबोटिक्स टेक्नोलोजीका मामिलामा हाम्रो विश्ेषज्ञता छ । यसका साथै नासा यो प्रोजेक्टमा चन्द्रमा लागि हामीसँग साझेदारी गर्न चाहन्छ, जसबाट चन्द्रमासँग हाम्रो पनि इतिहास जोडिनेछ ।’


मन्त्री प्राइसले यो मिशनबाट अष्ट्रेलियाका बैज्ञानिक अग्रपँक्ति र केन्द्र दुबै ठाउँमा खडा हुने बताउँदै भने, ‘हाम्रो ५० मिलियन डलरको समर्थनबाट अष्ट्रेलियाका उद्यमी र अनुसन्धानकर्तालाई नासाको चन्द्रमा तथा अन्य मिसनमा योगदान गर्ने अवसर मिल्नेछ ।’

तपाइँको प्रतिक्रिया