सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०६:४५ |सिड्नीको समय: ०४:४५ |काठमाडौंको समय: ००:३०

एडिलेडमा बिपीको मेलमिलाप नीतिको स्मरण, प्रजातान्त्रिक योद्धा देवकीको सम्मान

एएनजेड खबरअक्टोबर २२, २०२१
This image has an empty alt attribute; its file name is adelaide-3-1024x577.jpg


नेपाली कांग्रेसप्रति आस्थावान दक्षिण अष्ट्रेलियाका नेपालीहरुले एडिलेडमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्यतापूर्वक सम्पन्न गरेका छन् ।


जन सम्पर्क समिति साउथ अष्ट्रेलियाले दशैं, तिहार, छठ, ल्होसार र मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रजातान्त्रिक योद्धा एवं नेपाल महिला संघकी संस्थापक सदस्य देवकी शर्मा राजोपाध्यायको सम्मान कार्यक्रम पनि गरेका छन् ।
जन सम्पर्क समितिका सभापति प्रेम पाठकले राजोपाध्यायलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
अष्ट्रेलियामा रहेका नेपालीमाझ सम्मानीत हुन पाउँदा हर्ष प्रकट गर्दै देवकी शर्मा राजोपाध्यायले भनीन्, ‘विदेशी भूमिको व्यस्त जीवनमा पनि चियापान आयोजना गरेर जन नेता बिपी कोइरालाको स्मरण गरेकोमा आभार प्रकट गर्दछु ।’


संस्थाका सचिव अनुप सुवेदीले संचालन गरेको कार्यक्रममा गैर आवासिय नेपाली सँघ ओशियानियाका क्षेत्रिय उपसंयोजक नविन कँडेलले बिपीको विचारलाई व्यवहारमा उतार्नु हरेक लोकतन्त्रबादीको कर्तब्य भएको बताए ।


कार्यक्रममा जनसम्पर्क समितिका नेता रमेश जोशी, रबिन्द्र गौतम, रामबहादुर थापा, एनआरएनए आईसीसी सदस्य सुर्य आचार्य लगायतका बक्ताहरुले विपी कोईरालाको मेलमिलाप नितिलाई प्रवाशमा रहेका नेपालीहरुले अंगिकार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका थिए ।


कार्यक्रम संस्थाका सभापति प्रेम पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाइँको प्रतिक्रिया