शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०१:२० |सिड्नीको समय: २३:२० |काठमाडौंको समय: १९:०५

अष्ट्रेलियाका पत्रकारले देउसी खेल्ने, इन्द्रेणीका कृष्ण कँडेलले भट्याउने

एएनजेड खबरअक्टोबर ३१, २०२१
This image has an empty alt attribute; its file name is 248337688_414187120091414_7557504651589109707_n-1024x1024.jpg


सिडनी । विभिन्न साँगितिक कार्यक्रममार्फत मर्कामा परेका मानिसलाई सहयोग अभियान चलाउँदै आएका चर्चित कार्यक्रम ‘इन्द्रेणी’ले अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुसँग पनि सहकार्य गर्ने भएको छ ।


इन्द्रेणीका अगुवा लोकप्रिय कलाकार कृष्ण कँडेलले परोपकारी अभियानका क्रममा कोरोनाबाट मर्कामा परेका विश्वभरीका पत्रकारको सहयोगार्थ आयोजना गरिने देउसी भैलो कार्यक्रममा अष्ट्रेलियन नेपलीज जर्नालिस्ट एशोसिएसन एन्जासँग हातेमालो गर्दैछ ।
अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसियसनले देउसी भैलीे कार्यक्रमको आयोजना गर्दैछन्, जसको आकर्षण ‘इन्द्रेणी’का कलाकार कृष्ण कँडेल र उनको टीम हुनेछन् ।


एन्जाले नोभेम्बर ५ मा सिडनी समय अनुसार ६ बजेदेखि ८ बजेसम्म जुममार्फत हुने देउसी भैलो कार्यक्रम आयोजना गर्न लागेको हो ।
‘कार्यक्रममा कृष्ण कँडेले भैलो भटयाउने छन् भने इन्द«ेणी टोलीले साँस्कृतिक प्रस्तुत दिनेछ’, एन्जाका महासचिव चिरञ्जिवी देवकोटाले एएनजेडखवरसंग भने, ‘नेपाली कला संस्कृतीलाई प्रवासमा निरन्तरता दिने उद्देश्यले आयोजना गरिने देउसी भैलो खेल्न हामी अष्ट्रेलियामा रहनुभएका सबै नेपालीलाई निम्तो दिन्छौं ।’


देउसीभैलो कार्यक्रम संयोजक एवं एन्जाका उपाध्यक्ष निरु त्रिपाठीका अनुसार अष्ट्रेलियाका नेपाली कलाकारको समेत सहभागिता रहने देउसी भैलो कार्यक्रमबाट संकलित दक्षिणा विश्वभरी छरिएर रहेका पत्रकारको बृत्तिविकास तथा सहयोगमा खर्च गरिनेछ, जो कोरोनाका कारण समस्यामा छन् ।





तपाइँको प्रतिक्रिया