आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०१:१८ |सिड्नीको समय: २३:१८ |काठमाडौंको समय: १९:०३

सिड्नीमा छपक्कै सजियो छठ, भब्य मनाए पर्व (फोटो फिचर)

एएनजेड खबरनोभेम्बर १२, २०२१
This image has an empty alt attribute; its file name is 250844551_2344999572303235_7661338971402380825_n-768x1024.jpg


सिड्नी । बिगतमा नेपालको मधेशमा मात्र सिमित रहेको छठ पर्व अब भौगोलिक र राजनीतिक सिमा छिचोल्दै विश्वका कुना कन्दरामा पनि मनाउन थालिएको छ । यसै मेसोमा अस्ट्रेलियाको सिड्नीका नेपाली समुदायले पनि यस वर्ष छठ पर्व मनाए ।


छठको रौनकमा मधेशी मुलका मात्र हैन, पहाडी मुलका गुरुङ, खडका, तामाङ, पौडेललगायतका सबै नेपाली उत्तिकै रमाए । नेपालीको साझा मौलिक संस्कृतिकै रुपमा यसलाई सबैले अपनाएको देखियो ।

This image has an empty alt attribute; its file name is 252142815_200070305586172_9163619476361089187_n.jpg


चिप्पिङ नर्टनको एन्जलपार्कमा भेला भएका करीब तिन सय व्रतालुहरुले एक दिन बिराएर उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिए । ठकुवा, उखु, केरा, कसार, मिठाई आदिले भरिएको कलश सूर्यलाई अर्पण गरे ।


छठ समारोहको चाँजोपाँजो मिलाउने ‘एसोसियसन अफ तराई नेपाल इन अष्ट्रेलिया’ (एन्टा)का अनुसार आफ्नो मौलिक पर्व र संस्कृतिलाई बढावा दिन करीब तिन सय नेपाली सहभागि भएका थिए ।


‘यो उल्लेख्य संख्या हो, पहिला पहिला बिस तिस जना पनि हुँदैनथे, अचेल छठ मनाउनेहरुको संख्या हवात्तै बढेको छ’, एन्टा अध्यक्ष सुभास शाहले भने ।
न्यू साउथ वेल्सका लागि नेपाली महावाणिन्ज्य दूत दिपक खड्का, एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङ, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङ, तामाङ समाजका संस्थापक गणेश तामाङ, सामाजिक अभियन्ता विनोद पौडेल, दिपक भट्टराई, नेपाली कांग्रेस नेता सुजित सिंहलगायतले सहभागि भएर शुभकामना दिए ।

This image has an empty alt attribute; its file name is 252363538_1215016025653972_2607627739041715801_n.jpg


छठ पर्वमा सहभागि हुन पाउनु आफ्नो शौभाग्य रहेको बताउदै न्यू साउथ वेल्सका महाबाणिज्यदूत दिपक खड्काले सामाजिक सञ्जालमा लेखेका छन्,‘ धेरै पर्वहरुको बीचमा नेपालको सुन्दर संस्कृति मध्येको एक छठ पर्वमा उपस्थित हुन पाउनु मेरो लागि ठूलो सम्मान र सौभाग्य थियो । हामीले यहाँ अष्ट्रेलियामा पनि धेरै सुन्दर नेपाली संस्कृति र परम्पराको उत्सव हेर्ने अत्यन्तै सुअवसर पाएका छौं । विदेशमा बसेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवित राख्नुभएकोमा हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु । तपाईंको दयालु निमन्त्रणा र न्यानो आतिथ्यको लागि आयोजक सम्पूर्ण टोलीलाई धन्यवाद तथा छठ पर्वको शुभकामना’ I

This image has an empty alt attribute; its file name is 249760419_996011840956148_2648938746082180863_n.jpg


एन्टा उपाध्यक्ष एमडी जुम्मद्धिन हवारी, न्यू साउथ वेल्स राज्य संयोजक राकेश कुमार शाह, महासचिव कन्चन ठाकुर, कोषाध्यक्ष विकास कुमार झा, पव्लिक अफिसर अशोक यादव, सदस्यहरु विकाश कुमार सिंह, पंकज शाह, जितेन्द्र शाह, नविन यादवको भूमिका विशेष रह्यो ।


छठ खासगरी मधेशको विशेष पर्व हो । प्रकृति, समृद्धि र कृषि उत्पादन बढाउन सूर्य देवको पुजा गर्ने मूल दर्शन रहेको यो पर्वको महत्व अन्य धर्म र जातीमा पनि बढदै गएको छ । छठ मनाउँदा छालाको रोग निको हुने विश्वास छ ।


यसैगरी निसन्तानलाई पुत्र लाभ हुने, आर्थिक समृद्धि र सुख शान्ति हुने विश्वास छ । छठमा सूर्यलाई अर्पण गरिने ठकुवा, केरा र उखुलाई समृद्धि, आरोग्य र कृषि उत्पादन बृद्धिको प्रतिक मानिन्छ ।


तपाइँको प्रतिक्रिया