मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १८:१७ |सिड्नीको समय: १६:१७ |काठमाडौंको समय: १२:०२

शाक्यको अगुवाईमा गमगढी आगलागि पिडितलाई अस्ट्रेलियाका नेपालीको आर्थिक सहयोग

सहयोग गर्नेको नामावली सहित

एएनजेड खबरनोभेम्बर २६, २०२१
This image has an empty alt attribute; its file name is mugu-aaglagi_2xWbhv9Tfh-1024x614.jpg


मुगुको सदरमुकाम गमगढी बजारमा भएको भिषण आगलागी पिडितहरुलाई अस्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

जनसम्पर्क समिति न्यू साउथवेल्सका संयोजक एवं सामाजिक अभियन्ता इथान शाक्यको नेतृत्वमा सुरु भएको आर्थिक संकलन अभियानबाट उठेको ५ लाख २० हजार रुपैयाँमध्येबाट प्रत्येक परिवारलाई २० हजारका दरले बितरण गरिएको छ ।


भिषण आगलागीबाट गमगढीका करीब २१ घर जलेर खरानी भएका थिए । यो खबरबाट मर्माहत अष्ट्रेलियाको नेपाली समुदायले पिडितलाई राहत संकलन गरी नेपाल पठाएको हो ।

यसैगरी १२ अक्टोबरमा नेपालगंजबाट मुगु जाने क्रममा बस दुर्घटनामा परी मृत्यु भएका र घाइतेका परिवारलाई पनि राहतस्वरुप २ लाख रुपैयाँ प्रदान गरिएको संयोजक शाक्यले एएनजेड खवरलाई बताएका छन् । शाक्यका अनुसार निल सागर सेवा आश्रम, राराताल, मधुवनलाई पनि ४० हजार सहयोग प्रदान गरिएको छ ।


मुगु अति नै दुर्गम जिल्ला भएका कारण त्यहाँ जिन्सी राहत ढुवानी वितरण गर्न ढुवानीको समस्या हुने हुनाले प्रत्येक अग्नि पिडित परिवारलाई आर्थिक रुपमा सहयोग गरिएको पनि शाक्यले प्रष्ट पारे ।


गत शुक्रवार देखि आईतवारसम्म तिन दिनमै ५ हजार ५ सय ५१ अष्ट्रेलियन डलर संकलन भएको पनि शाक्यले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is thanu-1024x1024.jpg




तपाइँको प्रतिक्रिया