मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: २३:५९ |सिड्नीको समय: २१:५९ |काठमाडौंको समय: १७:४४

अष्ट्रेलियाको सीमा खुल्ने घोषणासंगै कन्सल्टेन्सीहरुमा बढ्यो विद्यार्थीको चहलपहल !

कन्सल्टेन्सीहरु कार्यक्रम ल्याउँदै

एएनजेड खबरनोभेम्बर २६, २०२१
This image has an empty alt attribute; its file name is 260580525_4773518326003913_1116883340395769851_n-1.jpg


अस्ट्रेलियाको सीमा खुल्ने घोषणासँगै नेपालका विभिन्न शहरमा रहेका शैक्षिक परामर्श केन्द्रमा विद्यार्थीको आवतजावत र चहलपहल बढेकोे छ । काठमाडौं, चितवन र बुटवलदेखि बिराटनगरसम्मका कन्सल्टेन्सीहरुमा शैक्षिक परामर्शदाताहरुको शक्रियता पनि पछिल्ला केही दिनमा ह्वात्तै बढेको छ ।


अस्ट्रेलिया सरकारले अन्र्तराष्ट्रिय यात्रुका लागि यही डिसेम्बरबाट सिमाना खोल्ने घोषणा गरेकोप्रति नेपालमा खुसीयाली प्रकट गरिएको छ । खासगरी अस्ट्रेलियामा विद्यार्थी पठाउँदै आएका संघ संस्थाहरुले यसको स्वागत गरेका छन् ।


लामो समयदेखि सुस्ताएका र लगभग बन्द हुने स्थितिमै पुगिसकेका कतिपय कन्सल्टेन्सी सञ्चालकहरुले अष्ट्रेलियन सरकारको पछिल्लो निर्णयले पुर्नजिवन दिएको प्रतिकृया व्यक्त गरेका छन् भने केहि कन्सल्टेन्सीहरुले अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थी र अष्ट्रेलियाका कलेज सञ्चालक÷ प्रतिनिधिहरुसँग ‘वान अन वान’ सेसन कार्यक्रम नै अगाडी सारिसकेका छन् ।


नयाँ बानेश्वरमा रहेको शुभगृह इन्स्टिच्यूट एण्ड कन्सल्टेन्सीले अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेमिनार नै आयोजना गर्दैछ । हालै मात्र नेपाल पुगेकी सिड्नी सिटी अफ म्यानेजमेन्ट कलेजकी सञ्चालक एवं सामाजिक अभियन्ता रञ्जु थापासंग अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले साक्षात्कार गर्ने अवसर पाउनेछन् ।

उनीहरुलाई अष्ट्रेलियाका विविध विषयमा जानकारी मिल्ने शुभगृहका सञ्चालक एवं शैक्षिक परामर्शदाता सुवेन्द्र थापाले एएनजेड खवरलाई बताए । ‘आगामी डिसेम्वर १ मा आयोजना गरिने ‘सो वान टु वान सेसन’का क्रममा अष्ट्रेलियाको शैक्षिक प्रणाली, रोजगारको अवस्था र पढाईपछि पाईने सुविधावारे विधार्थीलाई जानकारी मिल्नेछ’, थापाले भने ।


उता बागवजारमा रहेको आईडीबी नेपाल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक इश्वर घिमिरेले अष्ट्रेलियन सरकारले अन्तराष्ट्रिय बिद्यार्थीहरुका लागि ढोका खोलेसंगै आफ्नो व्यस्तता पनि बढेको बताएका छन् । केही दिनदेखि अष्ट्रेलियामा अध्ययन गर्न चाहनेहरुले नियमित सम्पर्क गरिरहेको बताउदै सञ्चालक घिमिरेले भने,‘हामी हतारिएर विद्यार्थीका डकुमेन्ट जम्मा गर्न भन्दा पनि उचित परामर्श दिने अभियानमा छौं ।’

This image has an empty alt attribute; its file name is ishwor.jpg
आइडिवी नेपालका शैक्षिक परामर्शदाता इश्वर घिमिरे


त्यसो त शैक्षिक परामर्शदाताहरुको समुह नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले अष्ट्रेलियन सरकारको घोषणाले विभिन्न भिसा अन्तर्गत यात्रा गर्न चाहने यात्रु खासगरि नेपाली विद्यार्थीलाई प्रवेशका लागि ढोका खुलेकोमा खुसी ब्यक्त गरेको जनाएको छ ।


‘अष्ट्रेलीया सरकारले डिसेम्बर १ बाट विदेशी विद्यार्थीलगायत अन्य वर्गका यात्रुलाई आवागमन खुल्ला गर्ने निर्णय गरेको खवरले नेपाली विद्यार्थी र अभिभावक सामु देखा परेको अन्यौल अवस्थाको अन्त्य भएको छ । अब अष्ट्रेलीया जाने विद्यार्थीले नियमित प्रकृयाबाट विगतमा झैं यात्रा गर्न सक्नेछन्’, इक्यानले भनेको छ, ‘यो घोषणाका लागि ईक्यान नेपालस्थित अष्ट्रेलियन दुतावासमार्फत अष्ट्रेलिया सरकारलाई बिशेष धन्यवाद दिन चाहन्छ’, इक्यानको विज्ञप्तिमा भनिएको छ ।

This image has an empty alt attribute; its file name is austaralia-chalapal-1024x768.jpg


इक्यानका अध्यक्ष प्रकाश पाण्डेले नेपालका लागि अष्ट्रेलियन राजदुत फेसीलिटी भोल्कले यसबारे इक्यानलाई आधिकारिक रुपमा जानकारी दिएको बताएका छन् ।
इक्यानले राजदूत भोल्कले आफुहरुलाई स्पष्ट पारेका बुँदा यसप्रकार भएको जनाएको छ,
१) डिसेम्बर १ देखि पूर्ण रूपमा खोप लगाइएका योग्य भिसा धारकहरू अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा धारकहरूसहित यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया जान सक्नेछन । यो व्यवस्था अन्तर्गत अष्ट्रेलिया प्रवेश गर्न चाहने यात्रुले अष्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशनद्वारा स्वीकृत वा मान्यता प्राप्त भ्याक्सिनको सम्पूर्ण डोज लिएर पूर्ण रूपमा खोप लगाएको हुनु पर्नेछ ।

यसमा १२ वर्ष मुनिका बालबालिका र अन्य स्वास्थ्यको कारणले खोप लगाउन नपर्ने यात्रुहरुको लागि भने पूर्ण रूपमा खोप लगाइएका यात्रुहरू सरहकै मान्यता रहने छ । १२ देखी १७ वर्ष उमेरका खोप नलगाइएका नाबालिगहरूलाई पूर्ण खोप लगाएको वयस्कसँग यात्रा गर्न अनुमति दिने ब्यबस्था गरिएको छ । यसकालागी प्रवेश गर्न चाहेको राज्य वा क्षेत्रविशेषलाई भने ध्यान दिनुपर्ने छ ।


२) यात्रा गर्न चाहने व्यक्तीको भिसा उप वर्ग अन्तर्गत योग्यता पुगेको मान्यताप्राप्त भिसा हुनुपर्नेछ ।


३) यात्रुहरुले खोप स्थितिको प्रमाण पेस गर्नुपर्ने छ ।


४) यात्रुहरुले अनिबार्य रुपमा प्रस्थान गरेको ३ दिन भित्र गरिएको नेगेटिभ कोभिड–१९ पोलिमरेज चेन रियाक्सन परीक्षण प्रस्तुत गर्नुपर्नेछ । (चिकित्सा छुट लागू नभएसम्म)


५) अष्ट्रेलियामा क्वारेन्टाइन आवश्यकताहरू राज्य र क्षेत्र सरकारहरूद्वारा निर्धारण गरिने ब्यबस्था गरिएको छ ।


६) हाललाई अष्ट्रेलिया फर्कने यात्रुहरूले क्वारेन्टाइन नबसी न्यू साउथवेल्स, भिक्टोरिया र एसीटीमा मात्र प्रवेश गर्न र यात्रा गर्न सक्ने ब्यबस्था गरिएको छ ।


७) अष्ट्रेलियाको एक राज्य वा क्षेत्रबाट अर्को राज्य वा क्षेत्रमा यात्रा गर्न चाहने व्यक्तिहरूलाई क्वारेन्टाइन अवधिबाट प्रवेश दिन चाहने वा प्रवेश गर्न अनुमति नदिने व्यवस्था सम्बन्धित राज्य वा क्षेत्रको अधिनमा रहने छ ।


८ ) यात्रुहरूले आफूले यात्रा गर्न चाहेको अष्ट्रेलियाको कुनै पनि राज्य वा क्षेत्रमा क्वारेन्टाइनको व्यवस्थाबारे ब्यक्ति स्वयम्सचेत हुनुपर्नेछ । यि माथिका व्यवस्था अष्ट्रेलिया जान चाहने कुनै पनि यात्रु तथा विद्यार्थीको हकमा लागु हुनेछ ।


इक्यानले सम्वन्धित विद्यार्थी तथा अभिभावक एवम सवै सदस्य संस्थाहरुलाई अनावश्यक दवाव तथा आर्थिक भार नपर्ने गरि भिएचएफ अपोइन्टमेन्ट तथा हवाई टिकट व्यवस्थापनको कार्यमा सहजीकरण गर्न तथा कुनै खास समस्या उत्पन्न भएमा तत्काल इक्यान केन्द्रिय कार्यलयलाई सुचना गर्न समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया