मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १४:०६ |सिड्नीको समय: १२:०६ |काठमाडौंको समय: ०७:५१

उज्वेकिस्तानलाई पराजित गरेपछि नेपालको फाइनल यात्रा पक्का

एएनजेड खबरडिसेम्बर २६, २०२१

नेपाली महिला भलिबल टिम बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार उज्वेकिस्तानलाई हराएपछि नेपालले उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको हो । उज्‍वेकिस्तानमाथि जित दर्ता गरेसँगै नेपालले ११ अंक जोडेकाे छ । र प्रारम्भिक चरणको आफ्नो अन्तिम खेल अगावै नेपाल फाइनलमा पुगेकाे हाे ।

ढाकामा भएको खलमा नेपालले उज्वेकिस्तानविरुद्धको तीनै सेट जित्यो । पहिलो सेटमा २५–२० को नतिजा निकालेको नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–२३, २५–१४ को अन्तरले जित्यो । यो प्रतियोगिता राउन्ड रोबिनमा खेलिँदैछ । यस्तोमा नेपालले चार खेल खेलिसकेको छ । अब राउन्ड रोबिनको अन्तिम खेलमा नेपालले किर्गिजस्तानको सामना गर्दैछ ।


नेपालले आफ्ना अघिल्ला खेलहरुमा श्रीलंका, माल्दिभ्स र आयोजक बंगलादेशलाई पराजित गरेको थियो । महिला टिम फाइनलमा पुगे पनि पुरुष टिमको प्रदर्शन भने तुलनात्मक रुपमा कमजोर देखिएको छ । नेपाली पुरुष टिम पहिलो खेलमा घरेलु टिम बंगलादेशसँग हारेको थियो । दोस्रो खेलमा उज्वेकिस्तानलाई हराएको नेपाल तेस्रो खेलमा श्रीलंकासँग पराजित भयो । अब आफ्नो चौथो खेलमा नेपाल माल्दिभ्ससँग भिडिरहेको छ ।

तपाइँको प्रतिक्रिया