आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १०:२७ |सिड्नीको समय: ०८:२७ |काठमाडौंको समय: ०४:१२

कांग्रेसको राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार तय

एएनजेड खबरजनवरी ४, २०२२

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगाएको छ । केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।
जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।
सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो । यही माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ।

तपाइँको प्रतिक्रिया