आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ११:१७ |सिड्नीको समय: ०९:१७ |काठमाडौंको समय: ०५:०२

अल्फा बिटाले ‘अष्ट्रेलिएन एजुकेशन फेयर’ गर्दै

एएनजेड खबरजनवरी ५, २०२२

काठमाडौं – शुक्रबार अल्फा बिटाले ‘अष्ट्रेलिएन एजुकेशन फेयर’ सञ्चालन गर्ने भएको छ । नयाँ बानेश्वर स्थित आफ्नै भवन अल्फा बिटा कम्प्लेक्सको चौथो तल्लामा आयोजना हुन लागेको यस अष्ट्रेलिएन एजुकेशन फेयरमा अष्ट्रेलियाका २० युनिभर्सिटी तथा कलेजको सहभागिता हुने अल्फा बिटाका सिइओ तथा प्रेसिडेन्ट द्विराज शर्माले जानकारी दिए ।  

साथै प्रमुख अथितिका रुपमा नेपालका लागि अष्ट्रेलियन राजदुत महामहिम फेलिसीटि वोल्क,सम्मानित अतिथिका रुपमा न्यू साउथ वेल्सकालागी नेपालका महावाणिज्य दूत दीपक कु्मार खडका, अस्ट्रेलियाका पूर्व नेपाली विद्यार्थी संघका अध्यक्ष राम हरी अर्याल लगायत S&S अकाउन्टिङ बीजनेस सर्भिसका सन्चालक तथा अल्फा बिटा ग्लोबल सिड्नीका निर्देशक गोबा कटुवालको पनि सहभागित हुनेछ ।   

लामो समयसम्म कोभिडका कारणले आफना अन्तराष्ट्रिय सिमाना बन्द गरेको अष्ट्रेलियाले गत डिसेम्बर १५ देखि कोभिड बिरुद्धको पु्रा डोज खोप लगाएका अन्तराष्ट्रिय विद्यार्थीका लागि आफना सिमान पुनः सुचारु गरेसँगै नेपाली विद्यार्थीहरुको अष्ट्रेलियाप्रतिको मोह झनै बढेको देखिन्छ । भर्खरै कक्षा १२ को नतिजा प्रकाशित भएको तथा विभिन्न संकायका ब्याचलरर्स लेभलका नतिजा पनि चाडै नै प्रकाशित हुने भएकाले विद्यार्थीहरुले आफनो कोर्स इन्ट्री क्राइटेरीया, स्कलरसिप जस्ता विषयमा कलेज तथा युनिभर्सिटीका आधिकारीक व्यक्तिहरु सँग परामर्श लिन पाउनु अत्यन्तै राम्रो हुने शर्मा बताउँछन् । 

नेपाली विद्यार्थीले सबैभन्दा बढि रुचाएका मध्येको एक गन्तव्यका रुपमा रहेको अष्ट्रेलियाका शहरहरु विश्वमै विकाशित तथा सुरक्षित मानिन्छन् । साथै, अष्ट्रेलियन युनिभर्सिटि तथा कलेजहरुले संसारभरिनै गुणष्तरता, नवीनता तथा समावेशितामा आफनो छुट्टै पहिचान बनाएका छन् । अन्तराष्ट्रिय आप्रबसिहरुलाई मनबाटै मित्रवत व्यबहार गर्नेे अष्ट्रेलियन जनताहरु माझ नेपाली विद्यार्थीहरुले पनि हालसम्म राम्रो छाप पार्न सकिरहेका छन् ।  

तपाइँको प्रतिक्रिया