आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०९:४१ |सिड्नीको समय: ०७:४१ |काठमाडौंको समय: ०३:२६

गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त

एएनजेड खबरजनवरी ६, २०२२

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

विभागको अहिलेका प्रमुख गणेश अधिकारी बिहीबारबाट अवकाशमा जाँदैछन् । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधिका कारण अधिकारीले अवकाश पाएका हुन् । 

तपाइँको प्रतिक्रिया